Author: Nisha Shrestha

काठमाडौँ – नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दरौँदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । पक्राउपर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २८ वर्षका लीलामान कुमाल, २६ वर्षका सरोज कुमाल, राहुल कुमाल र रचिन कुमाल रहेको उनले बताए । सिरानचोक गाउँपालिका–७ मा पर्ने ओडारेस्थित दरौँदी नदीमा राति १ः३० बजे ब्याट्रीमार्फत करेन्ट प्रवाह गरी माछा मार्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेकाको साथबाट करेन्ट प्रवाह…

Read More

काठमाडौँ – भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरू सम्पर्कमा आएका र उनीहरूले रु पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन् । कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि बुधबार काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उक्त ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरी परिसरमा…

Read More

काठमाडौँ – आज सुनको मूल्य नेपाली बजारमा घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेको छ । पाँच सय रुपैयाँले घटेर आज तोलामा १ लाख ९ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ७५० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो बुधबार पनि चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।

Read More

काठमाडौँ – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले स्थापनाको १० औं वर्ष पूरा गरेको उपलक्ष्यमा यही बैशाख ११ गते भव्यताका साथ वार्षिकोत्सव मनाउन लागेको हो । उक्त अवसरमा केन्द्रले मानव अंग प्रत्यारोपण, मृत्युपछिको अंगदान तथा मस्तिष्क मृत्युबाट हुने अंगदानसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत रहेको केन्द्रले स्थापनाको एक दशकमा अंगदान र प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण उपलब्धि हात पारेको छ । यो अवधिमा १०४६ जनाको मृगौला र १० जनाको कलेजो प्रत्यारोपण गरिसकेको केन्द्रले जनाएको छ । केन्द्रमा भएका ९९ प्रतिशत प्रत्यारोपण सफल भएका छन् । यो अवधिमा केन्द्रले अंगदान तथा प्रत्यारोपणसम्बन्धी कानून निर्माण एवं परिमार्जनमा…

Read More

बैतडी – पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले सिमानाकामा कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि हुने क्रम दुई सातायता बढ्दै गइरहेको बताए । कञ्चनपुरको गड्डाचौकी नाका, कैलालीको त्रिनगर र खक्रौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट फर्किनेको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको उनले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा पीसीआर विधिमा तीन…

Read More

काठमाडौं – नेपाल समाजवादी मोर्चा, ईन्टरनेशनल ईन्टेलिजेन्स ब्यूरो (आईआईबी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको ड्राइभर शम्भु थापाको घटना प्रकरणबारे प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । गत वैशाख ४ गते भरतपुर महानगरपालिका ११ मा रहेको लामिछानेको तीन तले घरबाट खसेर गम्भीर घाइते भएका थापाको घटना प्रकरणबारे छानबिन गरेर आईआईबीले प्रतिवेदन सार्वजनिक गरेको हो । थापालाई हत्या गर्ने योजनाका साथ मदिरा पार्टीको आयोजना गरेर सुनियोजित तरिकाले खसालिएको प्रतिवेदनको निष्कर्ष छ । घटनाको भोलिपल्ट चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका लामिछानेलाई चुनावी कार्यक्रममा लैजाने तालिका हुँदाहुँदै राति २ बजेसम्म मदिरा सेवन गर्नुले प्रश्न उब्जाएको प्रतिवेदनमा उल्लेख…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणको निम्तो आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत भारत भ्रमणका लागी प्रधानमन्त्री प्रचण्डलाई निम्तो पठाएका हुन् । जुन निम्तो प्रधानमन्त्रीले प्राप्त गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्र मन्त्री एनपी साउदले पनि सक्रियता बढाइसकेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार तयारी पूरा नभएसम्म भ्रमणको मिति भने सार्वजनिक गर्न नमिल्ने जनाइएको छ । वैशाख २८ देखि जेठ ४ गतेको बीचमा प्रधानमन्त्रीको भ्रमण हुन सक्ने सचिवालयले जनाएको छ ।

Read More

काठमाडौँ– प्रतिनिधिसभाको विशेष समयमा बोल्ने सांसदहरुले जनजीविकाका सवालमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद प्रेम सुवालले राष्ट्रिय परिचयपत्र निर्माण गर्दा भएको भ्रष्टाचारका विषयमा अख्तियार पनि मौन बसेको आरोप लगाए । सांसद डा अमरेशकुमार सिंहले नागरिकता विधेयक पारित नहुँदा धेरै नेपाली नागरिकता पाउनबाट वञ्चित हुनु परेको बताउँदै तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद अनिता देवीले १७ प्रतिशत जनसङ्ख्या अझै पनि गरिबीको रेखामुनि रहेकामा सबैभन्दा बढी दलित समुदाय बढी प्रभावित भएको बताइन् । सांसद योगन्द्र मण्डलले छ महिनाभित्र नागरिकताको समस्या समाधान गर्छु भनेर प्रधानमन्त्रीले बोलेको तर कहिले समाधान हुन्छ भनी प्रश्न गरे । सांसद दिलेन्द्रप्रसाद बडूले एक दैनिक पत्रिकाले…

Read More

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले ऊर्जा क्षेत्र राष्ट्रको आम्दानी बढाउने महत्वपूर्ण स्रोत भएको बताएका छन्। बुधबार काठमाडौँमा ऊर्जा सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उनले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको पनि योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । ‘सन् ९० को दशकभन्दा अगाडि एक-दुई मेगावाट बराबर मात्रै विद्युत् उत्पादन हुन्थ्यो । निजी क्षेत्र विद्युत् उत्पादनमा संलग्न भएपछि राष्ट्रिय प्रसारणमा विद्युत् थपिँदै गएको छ । यसबाट हाम्रो माग पूरा गरेर निर्यातसम्मको अवस्थामा पुगेका छौँ’, अर्थमन्त्री डा महतले भने । ऊर्जा क्षेत्रमा राम्रो सम्भावना देखेरै निजी क्षेत्रका लगानीकर्ता आकर्षित भएको उल्लेख गर्दै उनले अहिले नेपाल यो क्षेत्रमा आत्मनिर्भर भएर विदेशमा निर्यातसमेत थाल्नु खुसीको कुरा…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली बन्द गर्न आग्रह गरेकी छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली भएको भन्दै यसलाई बन्द गर्न आग्रह गरेकी हुन्। उनले मंगलवार बस्ने भनिएको सभाको बैठक मन्त्रिपरिषद् बैठकका लागि भन्दै स्थगन भएकोप्रति असन्तुष्टि जनाइन् । उनले जनप्रतिनिधिको समयको केही मूल्य नहुने हो भनी प्रश्नसमेत गरिन् । उनले संसद् र मन्त्रिपरिषद् दुई निकायबीच समन्वय गर्न नसक्नेले धेरै मन्त्रालयका बीचमा समन्वय गर्ने खालको काम कसरी गरिएला? भनेर प्रश्न गरिन्। सांसद श्रेष्ठले सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याइने गरिएको बताइन् ।

Read More