Author: Nisha Shrestha

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको पहिलो बैठकमा नरम रूपमा प्रस्तुत भएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिँदै सुरुमा लोकतान्त्रिक व्यवस्थाको स्थापना, पुनर्स्थापना र संरक्षणका लागि जीवन आउती दिने सहिदहरूप्रति श्रद्धाञ्जली दिए। साथै उनले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिए। सत्तापक्षको कुनै पनि आलोचना नगरेका उनले मंसिर ४ गतेको निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। लिखित भाषण गरेका उनले भने, ‘माननीय पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री नियुक्त हुनु भएको छ। उहाँको नेतृत्वमा नयाँ मन्त्रिपरिषद्को गठन भएको छ। म नवनियुक्त प्रधानमन्त्री माननीय प्रचण्डजीलाई हार्दिक बधाई दिन चाहन्छु। उहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त…

Read More

विराटनगर – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । तर, हिजो मात्रै कार्कीलाई समर्थन गरेको माओवादी केन्द्रले भने मुख्यमन्त्रीको सपथ ग्रहण वहिष्कार गरेको छ । माओवादी संसदीय दलको केही बेरअघि सम्पन्न बैठकले सरकारमा नजाने निर्णय गरेको हो । माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ समारोहमा समेत माओवादी केन्द्र सहभागी नभएको बताए । उनले पाँच वर्षभित्र आलोपालोको निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताउँदै…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना मान्छे छुटाउन कुनै पनि किसिमको दबाब नदिन अनुरोध गरेका छन्। सोमबार पहिलो पटक संसद् बैठकलाई सम्बोधन गर्दै लामिछानेले सांसदहरूलाई आफ्ना मान्छे छुटाउन कुनै पनि किसिमको दबाब नदिन अनुरोध गरेका हुन्। ‘छातीमा हात राखेर भन्न चाहन्छु– म र मसँग सम्बद्ध दलबाट अनियमितता हुनेछैन। भएको खण्डमा निर्मम कारबाही गर्ने वाचा गर्न चाहन्छु,’ उनले भने।

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिनछिनमा सरकार परिवर्तन होस् भन्ने आफ्नो चाहना नभएको बताएका छन् । मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायित्वको आवश्यकता रहेको बताए । समाजवादको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै सम्वृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए । भ्रष्ट्राचार नै मुलुकको सबैभन्दा ठूलो समस्या भएको नेपालले बताए ।

Read More

काठमाडौं – प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले आफूहरु सबै जनताको निरन्तर निगरानीमा रहेकाले उनीहरुको जीवनमा सार्थक परिवर्तन ल्याउन लागिपर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले समस्या केलाएर बस्ने छुट नभएको भन्दै समाधानको सूत्र खोज्नुपर्नेमा जोड दिनुभयो ।

Read More

काठमाडौं — प्रतिनिधिसभा बैठकमा सभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्नका लागि विभिन्न दलबाट ७ सांसद मनोनीत भएका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले उनीहरूलाई नियुक्त गरेको जानकारी गराएका हुन् । नियुक्त भएका सांसदहरूमा ईश्वरी न्यौपाने, चन्दा कार्की, देवराज घिमिरे, प्रतीक्षा तिवारी मुखिया, बुद्धिमान तामाङ, रामकृष्ण यादव र सुशीला श्रीपालि ठकुरी रहेका छन् ।

Read More

काठमाडाैं – गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज सुरु भएको छ । दिउँसो १ बजे बैठक सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य जबराले सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । साथै उनले प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको व्यहोरा पढेर सुनाए । प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा (एमाले) का ७९, नेकपा (माओवादी केन्द्र) का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी)…

Read More

काठमाडौं — राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधिसभासँगै राष्ट्रियसभाकोसमेत पहिलो बैठक दिउँसो १ बजे सुरु भएको हो । पहिलो बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को बैठक आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए । यस्तै तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराएका थिए ।

Read More

काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक सङ्घका अनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ । यससँगै धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँमा झरेको छ । काठमाडौँबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुपैयाँ भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ कायम भएको छ । काठमाडौँबाट भद्रपुरका लागि ६०० रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई ४८५, जनकपुरका लागि २६०,…

Read More

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्। उनको शपथ आज दिउँसोका लागि राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने छन् । एमाले, राप्रपा र माओवादी केन्द्रबाट १/१ जना मन्त्री नियुक्त गर्ने सम्भावना छ। ६० जना सांसदको समर्थनसहित आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सोही दिन मुख्यमन्त्री नियुक्त गरेका थिए।

Read More