Author: Nisha Shrestha

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले संसदीय समिति नबन्दा गम्भीर प्रकृतिका विधेयकहरूमाथि दफावार छलफल हुन नपाएको बताएका छन् । आइतबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको सैद्धान्तिक छलफलका क्रममा उनले ‘जनताले बाघ बनाएर संसदमा पठाए पनि विधेयकहरूमाथि दफाबार छलफल गर्न नपाउँदा आफूहरू दाँत झिकेको बाघजस्तो’ भएको टिप्पणी गरे । “गम्भीर प्रकृतिका विधेयकहरू आएका छन् । तर, ती विधेयकहरू समितिमा पठाएका सांसदहरूले दफाबार छलफल गर्न नपाउँदा दाँत निकाल्दिएको जस्तो भएको छ,” उनले भने । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि समितिमा छलफल नभएको भन्दै उनले गुनासो गरे । उनले संसद् र संसदीय…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनका लागि दिएको सूचनाको जानकारी सभामुख देवराज घिमिरेले संसदमा जानकारी गराएका छन् । यसअघि नै सचिवालयमा सोमबार विश्वासको मत लिने प्रस्तावसहित प्रधानमन्त्रीका तर्फबाट पत्र पठाइएको थियो । त्यसको जानकारी दिँदै सभामुख घिमिरेले सोही प्रयोजनका लागि सोमबार दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिएका छन् ।

Read More

धनगढी- सुदूरपश्चिममा आज (आइतबार) भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले खाता खोलेको छ। कन्चनपुरस्थित बेलौरीको रामपुर बहुमुखी क्याम्पसबाट अखिल क्रान्तिकारीले खाता खोलेको हो। त्यहाँ स्ववियु चुनावमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल ने विजयी भएको छ। आइतबार सम्पन्न स्ववियु चुनावको मतदानमा १५ मतल्याउँदै प्यानलसहित अखिलकी सरस्वती तिरुवा सभापतिमा विजयी भएकी भएकी हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघका उमेदवार धनिराम चौधरीले ५ मत ल्याएका छ्न्। यस्तै नेकपा एमाले निकट अनेरास्वियुकी बिमला रेग्मीले ४ मत ल्याइन्। बिहान १० बजेबाट सुरु भएको मतदान अपरान्ह १२ बजे सकिएको थियो। उक्त क्याम्पसमा ३१ जना…

Read More

महेन्द्रनगर – डोटी बहुमुखी क्याम्पसमा मतदान स्थगित भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थीले मतपेटिका फुटाएपछि अहिले मतदान स्थगित भएको हो । फर्जी मत दिएको आरोप पछि यहाँ विवाद सुरु भएको थियो । त्यसपछि भित्र सुरक्षित स्थलमा राखिएको मतपेटिका फुटाइएको हो । अहिले पनि विवाद जारी छ ।

Read More

काठमाडौँ – नेकपा एमालेले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्‌मा प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने भन्दै रुलिङ माग गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले विरोध गर्दै प्रधानमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङ माग गरेका हुन्। नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने र प्रधानमन्त्री संसदमा भएको बेलामा अन्य मन्त्रीलाई किन लगाइयो? भन्ने औचित्य पुष्टि गर्न माग गरे। उनले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न दिनु संसदको गरिमालाई अवहेलना गर्नु रहेको दाबी गरे। उनले सरकारले संसदमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ नदिएको…

Read More

काठमाडौँ- राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यबाट पद परित्याग गरेको संसदलाई जानकारी गराइएको छ । प्रतिनिधिसभाको जारी बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य पदबाट राजनीनामा दिएको जानकारी गराएका हुन् । उनले तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य पद रिक्त भएको जानकारी गराएका हुन् ।

Read More

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ एक करोड ५० लाख रुपैयाँको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो । क्याप्टेन वेद उप्रेतीले नयाँ पर्यटकीय गन्तव्यका रूपमा म्युजियम सञ्चालनमा आएको उल्लेख गर्दै म्युजियममा सुदूरपश्चिमका प्रमुख पर्यटकीयस्थलको फोटो राखिने जानकारी दिए । नौ वर्षअघि धनगढीमा खुलेको म्युजियम जमिन अभावका कारण महेन्द्रनगरमा स्थापना गरिएको हो । “कस्मिक एयरको फोकर १०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट म्युजियम बनाइएको हो ।” उनले भने “यसमा एकै पटक एक सय जनाले अवलोकन गर्न सक्ने र विमानको ककपिट तथा उडानका विषयमा पनि जानकारी लिन सक्नेछन् ।” ‘क्याप्टेन उप्रेती ट्रष्ट’ले महेन्द्रनगरमा…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ । केही विद्यार्थी संगठनले विद्यार्थी भर्नाको विषयलाई लिएर निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेको हो । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस, बडीमालिका क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसको निर्वाचन स्थगित भएको विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठकले जानकारी दिए । “पाँच वटा क्याम्पसमा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको छ”, उनले भने, “अन्य आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया जारी छ ।” उनले निर्वाचनका लागि छलफलमार्फत सहमति खोज्ने प्रयास भइरहेको बताए । विश्वविद्यालयको…

Read More

काठमाडौँ- नेपाल मजदुर किसान पार्टी नेमकिपाका सांसद प्रेम सुवालले सभामुख देवराज घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले एमाले, कांग्रेस र माओवादीले जत्तिकै चित्रबहादुर केसी, प्रभु साह र प्रेम सुवालले बोल्न भाग खोजेको भन्ने सभामुख घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । ‘सभामुखको एउटा न्युज आएको छ । एमाले, कांग्रेस, माओवादीजत्तिकै चित्रबहादुर केसी, प्रभु साह र प्रेम सुवालले बोल्नलाई भाग खोज्यो रे, सभामुख महोदय त्यसरी यहाँबाट व्यक्त नभएको हुनुहुपर्छ । मैले पनि त्यो भ्वाइस सुनेको हो । यहाँको होइन होला सभामुख महोदयको । त्यो हुनुहुँदैन यस्तो अभिव्यक्ति,’ सुवालले भने, ‘बोल्नुपर्छ संसदमा । कति लाख खर्च हुन्छ आजको…

Read More

काठमाडौँ- राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’ लाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ । आइतबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मुल्याङ्कन विधेयक २०७८’ लाई विचार गरियोस भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । सो विधेयलाई नेमकिपा सांसद प्रेम सुवाल बाहेक बहुमत सांसदले स्वीकृत गरेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव राख्नका लागि सभामुख घिमिरेले ७२ घण्टाको समय दिएका छन् । गत फागुन १२ गते प्रतिनिधिसभाको बैठकमा गणपुरक संख्या नपुग्दा यो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्न सकिएको थिएन ।

Read More