धनगढी- सुदूरपश्चिममा आज (आइतबार) भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले खाता खोलेको छ। कन्चनपुरस्थित बेलौरीको रामपुर बहुमुखी क्याम्पसबाट अखिल क्रान्तिकारीले खाता खोलेको हो।
त्यहाँ स्ववियु चुनावमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल ने विजयी भएको छ। आइतबार सम्पन्न स्ववियु चुनावको मतदानमा १५ मत
ल्याउँदै प्यानलसहित अखिलकी सरस्वती तिरुवा सभापतिमा विजयी भएकी भएकी हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघका उमेदवार धनिराम चौधरीले ५ मत ल्याएका छ्न्। यस्तै नेकपा एमाले निकट अनेरास्वियुकी बिमला रेग्मीले ४ मत ल्याइन्।
बिहान १० बजेबाट सुरु भएको मतदान अपरान्ह १२ बजे सकिएको थियो। उक्त क्याम्पसमा ३१ जना विद्यार्थी मतदाता थिए, जसमा २५ मत खसेको थियो। खसेकोमध्ये एक मत बदर भएको बताइएको छ।