Author: Nisha Shrestha

चितवन – डेङ्गुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका-७ की ४० वर्षीया महिलाको डेङ्गुका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका-१ का २७ वर्षीय पुरुषको डेङ्गुका कारण मृत्यु भएको थियो । जिल्लामा हालसम्म ७ सय ४३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये चार सय ५९ चितवनका छन् । बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय…

Read More

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को ४१ औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन् । क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधवार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरूप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए । आईकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अङ्क विश्वव्यापी मापदण्डभन्दा बढी रहेको बताउँदै मन्त्री श्रेष्ठले नेपाली आकाश सुरक्षित रहेको बताए । उड्डयन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिबद्धता रहेको मन्त्री श्रेष्ठले बताए । नेपालको भू-धरातललाई दृष्टिगत गर्दा हवाई यातायातको विकल्प नभएको…

Read More

काठमाडौँ – आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि न्यायोचित ढङ्गले टिकट वितरण हुनुपर्ने भन्दै नेपाली काँग्रेसमा सङ्घर्ष गरिरहेका नेताहरूले बुधबार नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग छलफल गरेका छन् । दिउँसो सानेपास्थित काँग्रेस मुख्यालयमा धर्ना दिएर फर्किएका नेताहरूले अपराह्न नेता कोइराला र महामन्त्री थापालाई भेटेर पार्टीभित्र समान अवसर र न्यायोचित रूपमा टिकट वितरणका लागि सशक्त अडानसहित भूमिका निभाउन आग्रह गरेका हुन् । नेता कोइराला तथा महामन्त्री थापा र सह महामन्त्री बद्री पाण्डेले नेताहरू गुरुराज घिमिरे, जगदिश्वरनरसिंह केसी, भूपेन्द्र जङ्ग शाहीसहित सङ्घर्षमा रहेका नेताहरूसँग अलग–अलग छलफल गरेका थिए । यस क्रममा नेता कोइरालाले पार्टीभित्र समान रूपमा अवसरको वितरण गर्ने…

Read More

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सडकमा पहिरो खसेका कारण चतारा बराह सडकखण्ड अवरुद्ध भएको छ । पहिलो बिहीबार विहान खसेको प्रहरीले जनाएको छ । पहिरो हटाउन पहल भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Read More

काठमाडौँ – प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहीबार भोलि दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेगरी बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो । उहाँले बैठकका एजेण्डा प्राप्त नभएपनि प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल हुने बताउनुभयो । नेकपा एमालेले असोज १६ भित्र प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने बताउँदै आएको छ । उम्मेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उम्मेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् । निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनको समय निर्धारण गरेको छ ।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार एक हजार २८४ पीसीआर परीक्षणमा ३१ जना र एक हजार ५३४ एन्टिजेन परीक्षणमा ०७ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार १२२ जना रहेको छ ।

Read More

काठमाडौं – फिल्म ‘मिलन’को नयाँ गीत ‘तिम्रो इसारा काफी छ’ सार्वजनिक गरिएको छ । आगामी तिहारको अवसरमा १८ कात्तिकबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘मिलन’को सार्वजनिक गीतमा प्रबिशा अधिकारी र कौशलराज खड्काको स्वर रहेको छ । रोमान्टिक गीतमा राजु सेन्चुरीको शब्द तथा संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापालाई फिचर्ड गरिएको छ । साथै, फिल्मको टिमले टिकटक प्रयोगकर्ताका लागि नयाँ अफर ल्याएको छ । सार्वजनिक उक्त गीतमा टिकटक बनाउने तथा गीतको क्लिप अपलोड गर्नेहरुका लागि नगदसहितको पुरस्कार पाउन सक्ने योजना ल्याएको हो । सार्वजनिक गरिएको गीतको क्लिप काटेर आफ्नै टिकटकमा…

Read More

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा जसले गरे पनि नेकपा (एमाले)ले समर्थन गर्ने बताए। काठमाडौं वडा नम्बर ३ स्थित रानीदेवी समूहले आज लाजिम्पाटमा आयोजना गरेको बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा नेकपा (एमाले) उभिने बताउनुभयो । ‘राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ । राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ । राम्रा काम जोसुकैले गरुन, त्यसलाई हाम्रा काम बनाउनुपर्छ । सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो,’ पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले भन्नुभयो– ‘अहिले विभिन्न साथीहरु विभिन्न रुपले प्रकट हुनुभएको छ । तर, दलीय प्रणालीमा…

Read More

काठमाडौं – राप्रपाका निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले अब पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रले देशमा नयाँ सिराबाट राजनीति गर्ने विश्वास व्यक्त गरेका छन् । अबको निर्वाचन देशको भाग्य निर्धारण गर्ने मौका भएकाले सदुपयोग गर्न उनले सर्वसाधारणलाई आग्रह पनि गरे । उनले भने, ‘हामीहरु अरु पार्टी जस्तै बनेर जानु हुँदैन हामीले देशका लागि प्रष्ट भिजन दिन सक्नु पर्छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी तथा रवीन्द्र मिश्र समूहबीच एकता घोषणा कार्यक्रममा उनले सो कुरा बताए । पन्चेश्वर, पश्चित सेती र अरुण जस्ता वृहत आयोजनालाई अब मुलुकले जोड दिनु पर्ने बताए । मुलुक विकासको छायामा होइन मूल ज्योति मै रहनु पर्ने बताए…

Read More

काठमाडौं – विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। सोमबार साँझ अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा बुझाएका उनी आज राप्रपामा प्रवेश गरेका हुन्। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एकता घोषणापत्रमा हस्ताक्षर गरे। यससँगै मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधर र राप्रपाबीच औपचारिक एकता भएको छ। घोषणापत्रमा ४ बुँदा उल्लेख गरिएको छ। स्रोतका अनुसार मिश्र काठमाडौँ- १ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेको समेत बताइएको छ।

Read More