Author: Nisha Shrestha

काठमाडौं – आफ्नै छोरा २० वर्षीय बिबेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका-११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका बिबेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका-११ ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

चितवन – चितवनको रत्ननगर नगरपालिका २ मा आज मोटरसाइकल र कार ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार १ जनाको मृत्यु भएको छ । टाँडीबाट सुब्बाचोक तर्फ जादै गरेको ना ४८ प ४५८४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा १७ च ७७७७ नम्बरको कार आज बिहान १० बजे आपसमा ठोक्किएका थिए दुर्घटनामा मोटरसाइकमा पछाडी सवार सोही नगरपालिका–१४ की ४० वर्षीया सुमित्रा गुरुङ गम्भीर घाइते भएकी थिईन् । घाइते भएकी उनको नँया मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कार सहित चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ – साझाका ३७ विद्युतीय बस नेपालकोलागि चीनबाट गुडेका छन्। साझाले टेन्डर मार्फत खरिद गरेका बस तातोपानी नाका हुँदै भित्रन थालेका हुन् । परिक्षणको रुपमा नेपाल भित्रिएका साझाका ३ वटा विद्युतीय बस काठमाडौंमा सञ्चालन रहेका छन्। टेन्डर मार्फत खरिद गरेका ४० मध्ये बाँकी ३७ साझा यातायातले न्यान्जिङ्ग सहरबाट विद्युतीय बस भित्र्याउन थालेको छ। गत असार २३ गतेबाट साझाले सुरुवाती परीक्षणको रुपमा ३ बस सञ्चालन गरेको थियो । ब्याट्रीबाट चल्ने बस प्रविधि नयाँ भएकोले साझा यातायातले तीन चरणमा विद्युतिय सवारी भित्र्याउने योजना बनाएको छ। पहिलो चरणमा अन्तराष्ट्रिय बोलपत्र आव्हान गरि ८.५ मिटर लम्बाइको ४० बस खरिद गरिएका छन्। जुन चिनको नानजिङ्ग…

Read More

काठमाडौं – गोठाटारमा गोली हानेर हत्या भएको प्रकरणमा वीरगञ्जमा पक्राउ परेका दुई जना लाल मोहम्मद हत्याका लागि हतियार व्यवस्थापन गर्नेहरु भएको खुलासा भएकाे छ । उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले वीरगञ्जबाट २ पुरुष र एक महिलालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई पुरुष सुटरलाई हतियार व्यवस्थापनमा संलग्न भएको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् । उनीहरुलाई भारतीय नागरिकले हतियार दिएका थिए । वीरगञ्जमा हतियार बुझेका उनीहरुले काठमाडौंमा सुटरलाई बुझाएका थिए । हरिवन–२, सर्लाहीका मोहम्मदको ३ असोजको साँझ गोठाटारमा गोली हानेर हत्या भएको थियो । कुनै समय जाली भारतीय नोट कारोबारमा जोडिएका मोहम्मद हत्या अभियोगमा १० वर्ष कैद सजाय भोगेर छुटेका…

Read More

महोत्तरी – नेपाल कम्युनिष्ट पार्टी ( बहुमत)ले देशलाइ सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेकाे छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हाे । यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको चुनाब अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको थियो । महोत्तरीको बर्दिबासमा भएको ब्युरोस्तरीय प्रशिक्षण भेलाका प्रमुख अथिति चित्रबहादुर आलेले ४ मंसिरको निर्वाचन जनता ठग्न र झुक्याउन गरिएको व्यवस्थाकाे निरन्तरता रहेकाे आराेप लगाए । केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका आलेले कम्युनिष्ट भनेको आफूहरुमात्र भएको दाबी गर्दै प्रचण्डहरू कांग्रेसको शरणमा विलय भएको जिकिर गरे । धर्मेन्द्र वास्तोला…

Read More

काठमाडौँ – नेपाली बजारमा आज शुक्रबार २ सय रुपैयाँले सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १२ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप दुई सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँ पुगेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै बढ्दै ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं – प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गालञ्जोर गाउँपालिका-४ का ५५ वर्षीय यमबहादुर कामी र फिक्कल गाउँपालिका-४ का २८ वर्षीय रत्नबहादुर मगर छन्। गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो खटिएको सिआइबीको टोलीले साढे दुई केजी सालकको खपटासहित उनीहरूलाई काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं – नेपाललाई पर्यटकमैत्री तथा सुरक्षित पर्यटकीय गन्तव्य स्थल बनाउने अभियानमा उल्लेखनीय योगदान पुर्‍याए बापत पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपलाई उच्च प्रशंसा र सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको छ । ४३ औं विश्‍व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यता तथा पर्यटन विभागका प्रमुख होम प्रसाद लुईटेल र पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मीको उपस्थितिमा मंगलबार नेपाल पर्यटन बोर्डको हल भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो ।

Read More

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी १० वर्षमात्र सक्रिय राजनीति गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको चावहिलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका थापाले सो कुरा बताएका हुन् । अबको १० वर्षमा आफू ५५ वर्षको हुने र त्यसपछि सक्रिय राजनीतिबाट बिदा लिएर आराम गर्ने बताए । ‘मसँग जम्मा १० वर्ष छ, सक्रिय राजनीति गर्ने १० वर्ष हो । त्यसपछि सक्रिय राजनीति गर्दिनँ’ महामन्त्री थापाले भने, ‘दुईवटा राम्रो काम गर्न सके पुग्छ । सबै कार्यकर्तालाई निराश पार्दिनँ । ५५ वर्षसम्म मात्र सक्रिय राजनीति गर्छु । म निराश बनाउदिनँ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिले पार्टीभित्र…

Read More

झापा – विगत एक वर्षदेखि अपाङ्गता भएका व्यक्तिहरूको पहुँचयुक्त निर्वाचन प्रणाली र राजनैतिक सहभागिताको क्षेत्रमा काम गर्दै आएको नेत्रहीन यूवा संघ नेपालले यस वर्ष पनि २५ जना सहभागीहरूलाई मतदाता शिक्षा एवं राजनैतिक सहभागिता विषयमा दुई दिने जिल्ला स्तरीय प्रशिक्षक तालिम सञ्चालन गरेको छ। उक्त तालिमको अध्यक्षता नेत्रहीन यूवा संघ नेपाल झापा शाखाका अध्यक्ष दिलकुमार राजवंशीले, प्रमूख अतिथीको रूपमा डाइनामिक पब्लिक लाइब्रेरीका अघ्यक्ष भेषराज न्यौपानेले गर्नु भएको थियो। कार्यक्रममा सहजिकरण गरिरहनु भएका प्रशिक्षक मिना गिरी र देवी प्रसाद चापागाईँले काठमाण्डौबाट तालिम लिएर झापा जिल्ला भरीका सबै स्थानीय तह समेट्ने गरी जम्मा २५ जनालाई तालिम दिएका हुन्। २५ जना सहभागीहरूले एक जना…

Read More