झापा – विगत एक वर्षदेखि अपाङ्गता भएका व्यक्तिहरूको पहुँचयुक्त निर्वाचन प्रणाली र राजनैतिक सहभागिताको क्षेत्रमा काम गर्दै आएको नेत्रहीन यूवा संघ नेपालले यस वर्ष पनि २५ जना सहभागीहरूलाई मतदाता शिक्षा एवं राजनैतिक सहभागिता विषयमा दुई दिने जिल्ला स्तरीय प्रशिक्षक तालिम सञ्चालन गरेको छ।
उक्त तालिमको अध्यक्षता नेत्रहीन यूवा संघ नेपाल झापा शाखाका अध्यक्ष दिलकुमार राजवंशीले, प्रमूख अतिथीको रूपमा डाइनामिक पब्लिक लाइब्रेरीका अघ्यक्ष भेषराज न्यौपानेले गर्नु भएको थियो।
कार्यक्रममा सहजिकरण गरिरहनु भएका प्रशिक्षक मिना गिरी र देवी प्रसाद चापागाईँले काठमाण्डौबाट तालिम लिएर झापा जिल्ला भरीका सबै स्थानीय तह समेट्ने गरी जम्मा २५ जनालाई तालिम दिएका हुन्। २५ जना सहभागीहरूले एक जना बराबर १२ जना गरी झापा भरीका ३०० घरधूरी र अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको घरैमा गएर मतदान प्रक्रिया तथा मतदाता शिक्षा प्रदान गर्ने छन। त्यस्तै गरी झापा जिल्ला भरीमा तीन पटक नमुना मतदान गर्ने र निर्वाचनको दिन मतदान स्थल अपाङ्गता मैत्री भएको वा नभएको अनुगमन गर्नका लागि १० जना अपाङ्गता भएका व्यक्तिहरू परिवेक्षकका रूपमा काम गर्ने कुरा जिल्लाकी फिल्ड अफिसर मुना भट्टराईले बताएकी छिन्।
साथै कार्यक्रम अनुगमन गर्नका लागी नेत्रहीन युवा संघ नेपालकी केन्द्रीय सदस्य, नेत्रहीन यूवा संघ नेपाल झापा शाखाका उपाध्यक्ष रोशन थापा र सचिव होमनाथ राजवंशीको पनि उपस्थिति भएको थियो ।