काठमाडौं – गोठाटारमा गोली हानेर हत्या भएको प्रकरणमा वीरगञ्जमा पक्राउ परेका दुई जना लाल मोहम्मद हत्याका लागि हतियार व्यवस्थापन गर्नेहरु भएको खुलासा भएकाे छ । उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले वीरगञ्जबाट २ पुरुष र एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये दुई पुरुष सुटरलाई हतियार व्यवस्थापनमा संलग्न भएको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् । उनीहरुलाई भारतीय नागरिकले हतियार दिएका थिए । वीरगञ्जमा हतियार बुझेका उनीहरुले काठमाडौंमा सुटरलाई बुझाएका थिए ।
हरिवन–२, सर्लाहीका मोहम्मदको ३ असोजको साँझ गोठाटारमा गोली हानेर हत्या भएको थियो । कुनै समय जाली भारतीय नोट कारोबारमा जोडिएका मोहम्मद हत्या अभियोगमा १० वर्ष कैद सजाय भोगेर छुटेका हुन् । पछिल्लो समय उनले गोठाटारमा एभेन्जर इन्टरप्राइज नामक गार्मेन्ट फ्याक्ट्री चलाएका थिए ।
Facebook Comments Box