Author: Nisha Shrestha

काठमाडौँ – नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै दर्ता भएका रिट निवेदनमाथि दसैँपछि मात्रै सुनुवाइ हुने देखिएको छ । रिटमाथि शुक्रबार सुनुवाइ हुन सकेन । गोलाप्रथाबाट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा तोकिएको मुद्दा ३२औँ नम्बरमा परेको थियो । तर, समयाभावले पालो नआएका कारण आइतबार पेसीमा चढ्ने गरी पाँचवटै रिटलाई शुक्रबार हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले समय अभावले सुनुवाइ आइतबारलाई सारेको बताए । संघीय संसद्का दुवै सदनबाट दोस्रोपटक पारित भएर आएको विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध अधिवक्ता सागर बराल, अधिवक्ता सुनीलरञ्जन सिंह, अधिवक्ता सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालय शीतलनिवासलाई विपक्षी बनाई मुद्दा दायर गरेका…

Read More

बझाङ – बझाङको खप्तडछान्ना–५ कि किष्णा जोशी गत शुक्रबार ओरालु (सैन्डाँडा) मेलाका लागि अघिल्लै दिन खप्तड जानुभयो । खप्तड जाँदा उहाँलाई लेक लाग्न सुरू भयो । कागती र केही खाजा बोक्नुभएकी उहाँलाई हिँड्न सहज त भयो तर रिँगटा लाग्ने भने ठीक भएन । गाउँमा आफन्तसँग फोनमा कुरा गरेर आफ्नो समस्या सुनाएपछि नेपाली सेनाको व्यारेकबाट उहाँलाई औषधि ल्याइयो र बिरामी निको भयो । बाजुरा काँडाका श्यामलाल रोकायाले पनि खप्तड जाँदा त्यही समस्या भोग्नुभयो । दहपाटनबाट हिँड्नै नसक्ने भएका रोकाया खप्तड व्यारेक पुगेपछि भने सेना उपलब्ध गराएको औषधिले निकै राहत गरेको सुनाउनुभयो । आधा घण्टा ब्यारेकमा आराम गरेपछि भने रोकाया त्रिवेणी पुगेर…

Read More

डोटी – सुदूरपश्चिम प्रदेश स्तरीय खप्तड-शैलेश्वरी गोल्ड कप २०७९ फुटबल प्रतियोगिता आजदेखि डोटीमा सुरु भएको छ । हिन्दुहरूको महान् चाड वडा दसैँ तथा दीपावलीको अवसर पारेर भैरव प्रसाद गण डोटी, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा खेल सञ्चालन भइरहेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए । गोल्ड कप प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख तथा ट्रफि र द्वितीय हुने टिमलाई नगद ५० हजार तथा ट्रफि पुरस्कार रहेको समेत प्रमुख सेनानी कार्कीले बताए । प्रतियोगिताको एक कार्यक्रमका बिच दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिं खड्काले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा डोटीका…

Read More

सर्खेत – दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपछि उपभोक्ताले राहत महसुस गरेका छन्। बजारमा भन्दा सस्तो मूल्यमा खाद्य सामग्री पाउन थालेपछि त्यस्ता पसलमा उपभोक्ताको भीड लाग्न थालेको छ। सरकारी स्वामित्वको कम्पनीले बिक्री गर्ने खाद्यवस्तु सस्तो र गुणस्तरीय हुनाका साथै अनलाइन ढुवानीको सुविधा हुँदा उपभोक्ताको आकर्षण यसतर्फ बढेको हो। कम्पनीको वीरेन्द्रनगर–६ स्थित प्रादेशिक गोदाम परिसरमा सुपथ मूल्य पसल सञ्चालित छ। शुक्रबार सुपथ मूल्य पसलमा भेटिएका वीरेन्द्रनगर–३ का रामबहादुर शाहीले बजारभन्दा सस्तोमा पाइने हुँदा आफ्नो टोलका सबै चामल लिन आएको बताए। उनले भने, ‘एक बोरा चामलमै रु सात सय सस्तो पर्नु…

Read More

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा मालाखेती अस्पताल छ । प्रदेशको स्थायी राजधानी गोदवरीमै उक्त स्थानमा रहेको अस्पतालको एरियाभित्र मोबाइल फोनको नेटवर्कले काम नै गर्दैन । अस्पताल परिसरभित्र नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यहाँका कर्मचारी समस्यामा परेको गुनासो गर्दछन् । अस्पतालभित्र मोबाइलमा नेटवर्क नआउँदा कर्मचारीको फोन नलाग्ने भएकाले फोन गर्नुपरेमा बाहिर जानुपर्ने बाध्याता छ । अस्पतालका कार्यालय प्रमुख डा अम्रेश कोइरालाले भने अस्पतालको भवनभित्र छिर्ने बित्तिकै मोबाइल फोनमा टावर जाने गरेको बताउनुहुन्छ । अन्य कर्मचारीको गुनसो छ, ‘जरुरी कामले कसैले फोन गर्दा पनि सम्पर्क हुन सकेन भन्छ’, फोन गर्न पनि अस्पताल भवन बाहिर जानुपर्ने बाध्यता छ । अस्पतालमा मोबाइल फोनको नेटवर्क नआउँदा…

Read More

कैलाली – कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक भत्केका घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र बचेका अन्नपात र लत्ताकपडा सुकाउन थालेका छन् । भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए । चार हजार परिवार एक सातापछि घर फर्किएका छन् भने अझै तीन हजार बढी परिवार फर्कने वातावरण बनेको छैन । बाढीपछि पानी सुक्दै जाँदा नागरिक घर फर्कन थालेका हुन् । घर फर्कदा अधिकांश पीडितको रुवाबासी चल्ने गरेको छ । भजनीका ध्वजबहादुर विश्वकर्माको परिवार एक साता…

Read More

एजेन्सी – दक्षिण अमेरिकी देश चिलीमा पनि शनिबार बिहान भूकम्पको झट्का महसुस भएको छ । नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प बिहान करिब साढे चार बजे आएको हो । भूकम्पको केन्द्र धर्तीबाट करिब १० किलोमिटर मुनी थियो । भूकम्पको केन्द्र राजधानी सेन्टियागोको दक्षिण–दक्षिण पूर्वमा करिब ९७९ किलोमिटर टाढा थियो ।

Read More

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त भएको बताएका छन् । निर्णयले किसान र व्यवसायीलाई धरासायी बनाउने भन्दै थापाले निर्णय तत्काल फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । थापाले भनेका छन् ‘नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त छ। किसान र व्यवसायलाई धरासायी पार्ने यो जनविरोधी निर्णय तत्काल फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँछु ।’

Read More

हुम्ला – कर्णाली प्रदेश सरकारको आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध हुम्ला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले विरोध प्रदर्शन गरेको छ। कर्णाली प्रदेश सरकारले गत भदौ १९ गते स्वास्थ्य सेवा कार्यालयसँग पुनः मर्ज गर्ने निर्णय गरेपछि कर्णाली प्रदेशका १० वटै जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाबाट असोज ७ गते विरोध प्रदर्शन निकालिएको हो। यसअघि २०७६/७७ मा स्वास्थ्य सेवा कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्र मर्ज भएका थिए। तर, आयुर्वेद स्वास्थ्य संस्थाका कर्मचारीले स्वास्थ्य सेवा कार्यालयसँग मर्ज भएको चित्त बुझ्दो नठानेपछि उच्च अदालतमा रिट दायर भएको थियो। उक्त रिट दायरपछि उच्च अदालतले कुनै पनि संस्थाहरु आ-आफ्नो क्षेत्राधिकारबाट चल्न पाउने स्वतन्त्र अधिकार छ र उनिहरु छुट्टा…

Read More

झापा – जिल्लाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी एक घाइते भएका छन्। मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार राति ११ : २५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०१४ र प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुवै चालकको मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परी सख्त घाइते भएका प्र १–०१–०१४ प ३३५० नम्बरको मोरसाइकल चालक कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र प्र १–०१–०१४ प २६७८ नम्बरका मोटरसाइकल चालक अर्जुनधारा–४ का ४५ वर्षीय विष्णु थापाको…

Read More