Author: Nisha Shrestha

काठमाडौँ – नेकपा एमालेका पदाधिकारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिमार्फत पार्टीमा बसेका नेताहरूको नाम आउने बित्तिकै उनीहरूको बारेमा थप छलफल गर्नुपर्ने धारणा राखेका छन् । एमालेको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलले २०७८ असार २७ गते १० बुँदे सहमति गरेका थिए । त्यसअघि वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोज्दा २८ जना सांसद प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका थिए । तीमध्ये १२ जना नेता १० बुँदे सहमति गरेर एमालेमै रहे भने बाँकीले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे । १० बुँदे समझदारी गरेर एमालेमा बसेका नेताहरू ४ मंसिरमा हुने निर्वाचनका लागि आआफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवार…

Read More

काठमाडौँ – ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सुरु भएको छ । ताप्लेजुङ पर्यटन महत्सवको अवरमा हिमालयन गाइड्सले पाथीभरा म्याराथन प्रतियोगिताको आयोजना गरेको हो । पुरुष म्याराथनतर्फ एक सय ३५ धावक र हाफ म्याराथन महिलातर्फ २४ धावक सहभागी छन् । धावकले सदरमुकाम फुङलिङको वीरेन्द्र चोकबाट तोक्मेडाँडा, सुकेटार, देउराली, काफ्लेपार्टी, माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिर परिक्रमा गरी त्यही मार्ग भएर तोक्मेडाँडा आइपुग्नुपर्ने छ । हाफ महिला म्याराथनतर्फ पनि यही मार्गको काफ्लेपाटी पुगेर फर्किनुपर्ने म्याराथन सञ्चालन समितिका संयोजक यिगेन्द्र गुरुङले बताए । खुलातर्फ प्रथम पुरस्कार रु एक लाख ५१ हजार, द्वितीयलाई रु एक लाख ११ हजार र तृतीयलाई रु ५१ हजार तथा महिलातर्फ प्रहिलोलाई…

Read More

काठमाडौं- फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ जनाएको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहले विहिबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो विज्ञप्ती प्रकाशन गरेका छन् । बालेन्द्र साहले जारी गरेको विज्ञप्ती:फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ । सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ । यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो । यो कायम छ । यसैगरी सहरी…

Read More

काठमाडौं- यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमतिपत्र(लाइसेन्स) लिन मात्र ७० प्रतिशत ल्यएपछि ट्राइल पास हुने व्यवस्था गरिएको छ । मोटरसाइकल,स्कुटर,कार,जिपका चालक अनुमतिपत्र लिने परीक्षार्थीले लिखितमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्यएपछि पास हुने व्यवस्था गरिएको हो । गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र प्राप्त गर्न ट्रायल परीक्षा दिने व्यक्तिहरूको लर्को थियो । ट्रायलमा कति फेल त कति पास भइरहेको थियो । तर, कार्यालयले ७० प्रतिशत ट्राइलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि पहिलेको तुलनामा पासको हुनेको संख्यामा धेरै वृद्धि भएको यातायात व्यवस्था कार्यालय लाहान प्रमुख कुशेश्वर साहले बताए । ७० प्रतिशत ट्राइलको नयाँ परीक्षा प्रणाली लागू…

Read More

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले चाडबाडको समयमा शान्ति सुरक्षा, आवतजावत र महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी तीन वटै तहका सरकारलाई उक्त आग्रह गरेको हो । ‘सामान्य अवस्थामा भन्दा चाडबाडका समयमा सवारी साधनहरु पर्याप्त नचल्दा सर्वसाधारणलाई आवतजावतमा कठिनाई उत्पन्न भएको, यात्रुहरु तोकिएभन्दा बढी भाडा तिरी यात्रा गर्न बाध्य भएको, सवारी साधनहरुमा क्षमताभन्दा बढी यात्रुहरु राख्दा सवारीसाधनहरु दुर्घटनामा परी सर्वसाधारणहरुको ज्यानै समेत जाने गरेको तथा महँगी नियन्त्रण हुन नसक्दा उपभोक्ताहरु महँगीको मारमा परेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । चाडवाडका समयमा हुन सक्ने शान्तिसुरक्षा र अमनचयन खल्बल्याउने अवाञ्छित क्रियाकलाप रोक्नका लागि…

Read More

काठमाडौं – आज बिहीबार बजारमा सुनको मूल्य एकै दिन १२ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १२ सय रुपैयाँले बढ्दै ९२ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौँ – उत्तरी मेक्सिकोमा बन्दुकधारीहरूले बुधवार ६ जना प्रहरी अधिकारीको गोली हानेर हत्या गरेका छन् । क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा तालिम भइरहेका बेला पाँच प्रहरी अधिकारीको गोली हानेर हत्या भएको हो । जाकाटेकास राज्यमा बन्दुकधारीले आक्रमण लगत्तै घटनास्थलमा पुगेका थप दुई कानून प्रवर्तन अधिकारीहरूलाई पनि गोली हानेका थिए । तिमध्ये एक जनाको मृत्यु भएको छ । आक्रमणमा लागुऔषध तस्करको संलग्नता रहेको अनुमान गरिएको छ । गत जनवरीमा जाकाटेकास राज्यको राजधानीमा गभर्नरको दरबारको अगाडि छोडिएको खेलकुद उपयोगिता गाडीमा १० शव फेला परेका थिए । यसैबीच, पछिल्लो घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Read More

काठमाडौं – आज प्रि ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेर १८३६.८४ को विन्दुमा आइपुगेको छ । ८५ हजार ८४४ रुपैयाँको सेयर कारोबार भएको छ । २८० कित्ताको खरिदबिक्री भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ ।

Read More

काठमाडौँ – दसैँअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ । त्यसपछि आइतबार, असोज १६ गते भने दसैँको बिदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट बिदा पाउने छन् । दसैँमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।

Read More

काठमाडौं– चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालमा विभिन्न देशबाट ५११ केजी सुन भित्रिएको छ। उक्त सुन नेपाल खरिद गर्नको लागि नेपालबाट साढे अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ। भन्सार विभागका अनुसार गत साउन र भदौ महिनामा उक्त सुन नेपाल भित्रिएको हो। सो समयमा ३ अर्ब ६५ करोड तीन लाख ६३ हजार रुपैयाँको सुन नेपालले आयात गरेको विभागले जनाएको छ। बितेका दुई महिनामा नेपालमा स्वीट्जरल्याण्ड, टर्की र युनाइटेड अरब इमिरेट्स (युएई)बाट सुन आएको छ। विभागका अनुसार साउन र भदौ महिनामा स्वीट्जरल्याण्डबाट ७० करोड ९९ लाख ६६ हजार रुपैयाँको सुन नेपाल आएको छ। यस्तै, टर्कीबाट १ अर्ब ८ करोड २…

Read More