काठमाडौँ – दसैँअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ । त्यसपछि आइतबार, असोज १६ गते भने दसैँको बिदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट बिदा पाउने छन् ।
दसैँमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।
Facebook Comments Box