Author: Nisha Shrestha

काठमाडौँ – गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । नवौँ राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन असोज २८ गते शुक्रबार राष्ट्रपति भण्डारीले गर्ने जानकारी दिएको हो । नवौँ राष्ट्रिय खेलकुदको समापन कात्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने समितिले जनाएको छ । उद्घाटन र समापन समारोह पोखरास्थित पोखरा रङ्गशालामा हुने तालिका छ । त्यस्तै खेलाडी, व्यवस्थापक, प्रशिक्षकलाई कोटा अनुसार खेल पोसाकलगायतका सुविधा उपलब्ध गराइएको बताइएको छ । कार्यक्रममा राखेपका सदस्य सदस्य सचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रतियोगितापछि क्लोज…

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक अहिले ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । सम्भवतः आज राती १२ बजेबाट निर्वाचन आचारसंहिता लाग्ने भएकोले पनि केही महत्त्वपूर्ण निर्णय हुन सक्ने प्रशासन बालुवाटार स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ । आजको बैठक सञ्चालन गर्ने सौभाग्य पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव दिनेश भट्टराईले नै पाउने भएका छन् । मुख्यसचिव शंकरदास वैरागी अस्वस्थ भई अस्पताल भर्ना भएसँगै निमित्त मुख्यसचिवका रूपमा भट्टराईले चलाउने भएका हुन् ।

Read More

काठमाडौं – देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ । २०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी भेटिएका छन् । हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ । नेपालमा २०६१ सालमा पहिलो पटक डेंगुको बिरामी देखिएका थिए । त्यसपछि वर्षेनी डेंगुका बिरामी नेपालमा देखिएका छन् । मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेश प्रदेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा २ हजार ८८७, कर्णालीमा २३१ र सुदुरपश्चिम प्रदेशमा ८०४ जनामा डेंगु देखिएको छ ।

Read More

काठमाडौँ – हेल्थ असिस्टेन्ट सङ्घ नेपालले स्थानीय तहको आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ । मंगलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै हेल्थ असिस्टेन्ट सङ्घ नेपालले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो । २०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको सङ्घको भनाई छ । लोकसेवा आयोगमार्फत सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरूमाथि मानमर्दन तथा अत्याचार भएको भन्दै सो निर्णय सच्याउन माग गरिएको छ । मन्त्री खापुङलाई ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट सङ्घ नेपालका…

Read More

काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर चार गते हुने निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा प्रस्ताव गरेको छ । आयोगले निर्वाचन क्षेत्र अनुसार फरकफरक खर्च सीमा प्रस्ताव गरेको हो । आयोगले प्रतिनिधि सभातर्फ पाँच वटा समूह बनाएर अधिकतम खर्च सीमा प्रस्ताव गरेको हो । आयोगले निर्वाचनका लागि उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने भएको छ । आयोगले प्रदेश र प्रतिनिधिसभातर्फ ८/८ लाखसम्म खर्च सीमा बढाउने प्रस्ताव गरेको छ । आयोगको प्रस्ताव अनुसार यसपटक प्रदेशसभातर्फ १८ लाख र प्रतिनिधिसभातर्फ उम्मेदवार बन्नेले अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् । यसअघि उम्मेदवारहरूले प्रदेशसभामा अधिकतम १५ लाख र प्रतिनिधिसभामा २५…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।डेङ्गी रोगबाट संक्रमित भएर ललितपुरको किष्ट अस्पतालमा उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आफू मंगलबार अस्पताल पुगेको उनले जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन्,’उहाँको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको सुन्दा खुसी लाग्यो । आदरणीय जोशी ज्यूको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।’ जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि अस्पतालमै पुगेका थिए ।

Read More

काठमाडौँ – सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की नियुक्त भएका छन् । ६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाने भएकोले उनलाई मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको हो । कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले आजैदेखि सम्हाल्नेछन् । अवकाशप्राप्त कामु प्रधानन्यायाधीश दीपक कार्की असोज २५ गतेदेखि अनिवार्य अवकाशमा जादैछन्, त्यसअघि उनी तीर्थाटनका लागि आज भारत जादैछन् । कार्कीलाई भूपू प्रधानन्यायाधीशसरहको सेवा सुविधा दिने गरी नीतिगत निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग दर्ता भएसँगै कामु प्रधानन्यायाधीशको जिम्मेवारी दीपक कार्कीले पाएका थिए । अब हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्न भने लामो समय कुर्नुपर्ने देखिन्छ ।

Read More

बझाङ– भर्खरै गौण्या भेट भयो, बौला झल्का रेलकोइ पनि बिरानु छैन, हाम्रा टुँडिखेल बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङ्गीले छिमेकी जिल्ला बाजुराका देउडियालाई यसरी डेउडा गाएर स्वागत गर्दछन् । बझाङ र बाजुराका देउडियाबीच सैन्डाँडामा भेट हुँदा हालखवरदेखि पारिवारिक, इष्टमित्रसम्म देउडाबाटै गर्ने गरिन्थ्यो । देउडा सुरू भएपछि वरिपरि झुम्मिनेहरू पनि हजारौँको सङ्ख्यामा हुन्थे । पाटादेवलको चौरदेखि खापरमाडौँसम्मै दर्जनौँ ठाउँमा यसरी नै देउडा चल्थ्यो । बझाङ्गी देउडियाले सुरूआत गरेपछि बाजुरेली देउडियाले यसरी डेउडाकै माध्यमबाट फर्काउँथे । पिलाली तिरखुलो हाली, पेल्दा पेल्दै भयाहौसिया दाजुका खेल, खेल्दाखेल्दै भया दुई पक्षबीच सुरुमा भेट हँदा स्वागतका यस्तै हरफपछि निरन्तर रातभर देउडामै सुख, दुःख, रहनसहनदेखि पारिवारिक कुराकानी, बिहेबारीको कुराकानीसमेत देउडामै हुन्थे । खप्तडछान्ना गाउँपालिका-५ का देउडा गायक डबल पाध्यायले भने, ‘सैन्डाँडा र दशहराको देउडाले देउडियालाई मात्रै होइन, दुई जिल्लालाई नै प्रेममा बाँध्यो । रहनसहन, संस्कार र व्यवहारलाई समेत देउडामार्फत् साटिन्थ्यो ।’ वर्षको एक पटक मात्रै भेट हुने मेलामा देउडिया दोस्रो वर्षको पर्खाइमा हुने गरेको उनी सम्झन्छन्…

Read More

विराटनगर – मोरङको लेटाङ नगरपालिका– ९ मा शारीरिक रूपमा अपांगता भएकी युवतीमाथि बलात्कार भएको छ । लेटाङ नगरपालिका–९ की १९ वर्षीया युवतीमाथि बलात्कार भएको हो । बलात्कार आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । राईले आफ्नो खेतमा बनाएको टहरोमा शनिबार राति किशोरीलाई लगेर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरेको प्रहरीले बताएको छ । पीडित किशोरीका दुवै खुट्टा चल्दैनन् । हिँडडुल गर्न नसक्ने किशोरीलाई बोकेर टहरोमा लगेर करणी गरेको देखिएको प्रहरीले बताएको छ । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ – अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो बुधबार नेपाल आउँदै छिन्। अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमण हुन लागेको जनाएको हो। उनले अमेरिकी सरकारको तर्फबाट विश्वव्यापी सार्वजनिक मामिला हेर्दै आएकी छन्। नेपालमा रहँदा मन्त्री ट्रुडोले सरकारी अधिकारी, नागरिक समाज, विदेशी मिडिया आउटलेटहरू, प्रेस, पत्रकार र कूटनीतिज्ञसँग भेट गर्नेछन्। उनले अल्पसंख्यक समुदायका अगुवा, अमेरिका गएर फर्किएका ‘आल्मोनाई’हरुसँग समेत अन्तरक्रिया गर्ने बताइएको छ। ट्रुडोले काठमाडौँमा रहँदा मिथ्या समाचार र सञ्चारमाध्यमको भूमिका विषायक अन्तर्क्रिया कार्यक्रममा समेत सहभागी हुने छिन्। उनले नेपालसँगै उज्बेकिस्तान, युएई र काजकिस्तानको समेत भ्रमण गर्ने छिन्। उनी १२ दिनको भ्रमणमा निस्किएकी हुन्। भ्रमणका क्रममा उनले…

Read More