Author: Nisha Shrestha

काठमाडौँ – समानुपातिकतर्फ बन्दसूचीमा दलहरूले पठाएको ‘डमी’ उम्मेदवारलाई निर्वाचन आयोगले स्वीकार नगर्ने भएको छ। आइतबार र सोमबार आयोगमा पेश भएका बन्दसूचीमा कुनै संशोधन भए आयोगले एक साताको समय दिएको छ। निर्वाचन आयोगको तालिकाअनुसार दलहरूले असोज १० गतेदेखि असोज १६ गतेसम्म समानुपातिक बन्द सूचीमा संशोधनको समय पाउने छन्। यतिबेला संशोधनको बहानामा नयाँ नाम पठाउन आयोगले निषेध गर्ने भएको हो। समानुपातिक प्रणालीबाट हुनसक्ने सम्भावित आर्थिक चलखेल रोक्न भन्दै आयोगले नयाँ नाम स्वीकार नगर्ने स्पष्ट पारेको हो। ‘स्वच्छ निर्वाचनका निम्ति आयोग प्रतिवद्ध छ। निर्वाचनको विकृति रोक्न आयोगले कानुनबमोजिम आफ्नो काम गर्छ’, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने,‘संशोधनका नाममा सूचीमा व्यापक हेरेफेर स्वीकार्य हुँदैन।…

Read More

काठमाडौं – नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ। सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो। आइतबार सुन प्रतितोला तीन सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ…

Read More

काठमाडौँ – छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेश जसले जितेपछि साफको नयाँ च्याम्पियन बन्दै इतिहास रच्नेछन् । बंगलादेशले प्राविधिक रुपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । नेपाललाई घरेलु मैदान र दर्शकको राम्रो साथ छ । प्रतियोगितामा फाइनल यात्रा तय गर्दा दुवै टोलीको दुई समानता छ । दुवैले यसअघि ५ पटक च्याम्पियन बनेको भारतलाई हराइसकेका छन् । खनी दुवैले अहिलेसम्म गोल खाएका छैनन् । भारतको दबदबालाई तोडिसकेका दुवै टोली अब फाइनल जितेर ट्रफी उचाल्ने…

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रूत र आर्थिक रुपान्तरण रहेको बताएका छन् । सोमबार टुँडिखेलमा संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताए । प्रधानमन्त्री देउवाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रुपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्ने र संविधानलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरै । प्रधानमन्त्री देउवाले सम्पूर्ण नेपाली जनताको आत्मसम्मान, समृद्धि र एकता नै अबको एकमात्र सरकारको लक्ष्य रहेको बताए । संविधान दिवसको अवसरमा प्रधानमन्त्री देउवाले विकास र समृद्धिको महायज्ञमा जुट्न सबै राजनीतिक…

Read More

काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधान जारी भएको सात वर्षसम्म पनि जनताले द्रूत आर्थिक विकास, सामाजिक न्याय र सुशासनको पूर्ण अनुभूति गर्न नपाएको बताएका छन् । संविधान दिवस-२०७९ को अवसरमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष तिमिल्सिनाले संविधान जारीपछि राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले द्रूत आर्थिक विकास, सामाजिक न्याय र सुशासनको पूर्ण अनुभूति गर्न नपाएको बताएका हुन् । ‘संविधान जारी भएको सात वर्षको यस अवधिमा राजनीतिक परिवर्तन संस्थागत भएपनि जनताले द्रुत आर्थिक विकास, सामाजिक न्याय र सुशासनको पूर्ण अनुभूति गर्न पाएका छैनन्‚’ उनले भनेका छन्‚ ‘संविधानले परिकल्पना गरेका विषयहरूलाई कार्यान्वयन गर्न सकेमा मात्र संघीयता र गणतन्त्र बलियो हुने…

Read More

धनगढी – कञ्चनपुरमा सडेको अवस्थामा तीन जनाको शव भेटिएको छ । दुई वटा शव कंकाल भइसकेको अवस्थामा भेटिएको हो भने एउटा शव महिलाको रहेको भनेर पहिचान गरिएको छ । लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेशराज मल्लले जानकारी दिए । आइतबार साँझ तीन जनाको शव भेटिएको बताउँदै सडेको अवस्थामा भएकाले पहिचान गर्न समस्या भएको उनले बताए । ‘दुई वटा शव कंकाल भइसकेको अवस्थामा भेटिएका छन्’ प्रहरी निरीक्षक मल्लले भने, ‘अर्को चुरा र लुगाको आधारमा महिलाको भए पनि पहिचान गर्न सकिएको…

Read More

ललितपुर – पछिल्ला केहीदिनदेखि टुकुचा खोला उत्खननमा लागिरहेको काठमाडौं महानगरपालिकालाई अल्पकालीन आदेश आएको छ । महानगरले जयनेपाल हलदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म भूमिगत रुपमा बगेको टुकुचा उत्खनन गर्ने कार्यका सुरु गर्दै खोला मिचेर बनाइएका संरचना हटाउने जनाउँदै आएपछि केही व्यक्तिहरूले रिट दायर गरेपछि उच्च अदालत पाटनले तत्कालका लागि उक्त क्षेत्रमा पर्ने भवनहरू नभत्काउने अल्पकालिन आदेश दिएको हो । महानगरको टुकुचा खोला उत्खनन् अभियानमा खोला मिचि बनाइएको संरचना भत्काउने निर्णयविरुद्ध उच्च अदालतमा रिट परेपछि उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड…

Read More

काठमाडौं – १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अघि बढाएको हो। भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन बितिसकेको छ। अदालतले भदौ २३ गते नै उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। तर लामिछाने अझै सम्पर्कमा छैनन्। सोही कारण जिल्ला प्रहरी परिसर काठमाडौंले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेविरूद्ध भदौ ५ गते काठमाडौंको एक होटलमा…

Read More

काठमाडौँ – निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रत्यक्षतर्फ नै एक तिहाइ महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले दलहरूलाई पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन गर्दा एक तिहाइ महिला सुनिश्चित गर्न निर्देशन दिने निर्णय गरेको हो । शनिबार आयोगले सबै राजनीतिक दलहरूलाई पत्राचार समेत गरिसकेको छ । संविधानले संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने दलले कम्तीमा एक तिहाइ महिला सदस्यको संख्या सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । तर, त्यो संख्या प्रत्यक्षतर्फबाट गर्नुपर्ने भन्ने अनिवार्य छैन । जसकारण राजनीतिक दलहरूले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाउने र समानुपातिकतर्फबाट मात्रै महिलालाई प्रतिनिधित्व गराउने गर्दै आएका थिए । महिला नेताहरूले यसपटकको निर्वाचनमा…

Read More

काठमाडौं – नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता र सघीयतालाई संस्थागत गर्ने विषयमा संविधान जारी भएको आठ वर्षमा ठूलो उपलब्धि हासिल भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणापछि भएको निर्वाचनबाट गठित सदनले विभिन्न राजनीतिक उथलपुथलका घटनाकाबीच संविधान अनुकूल बनाउन पर्ने सबै कानुनतर्जुमा गर्दै पूरा अवधि चल्नुलाई पनि उपलब्धिकारुपमा हेरिएको छ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई भन्नुहुन्छ, “यसबीचमा देखिएका केही अस्थिरता र व्यवधानलाई चिर्दै संसद् कानुन निर्माण गर्दै अघि बढ्न सफल हुनुलाई महत्वपूर्ण उपलब्धिकारुपमा लिन सकिन्छ ।” उहाँले संविधानका सात वर्षमा भएका अभ्यास र स्थानीय तहको निर्वाचन परिणामलाई दृष्टिगत…

Read More