Author: Nisha Shrestha

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले अहिलेको अवस्थालाई मात्रै सोचेर नियमावली परिमार्जन गर्नु कति बुद्धिमानी होला ? भन्ने प्रश्न गरेकी छिन्। आइतबार ट्विटरमा भिडियो राख्दै उनले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समिति २०७९ को प्रतिवेदन’मा परेका केही संशोधन प्रस्तावले निम्त्याएको बहसमा आफ्नो धारणा राख्दै सत्ता समीकरणको जोड घटाउ चलिरहने तथा सत्तापक्ष र प्रतिपक्ष परिवर्तन भइरहनुपर्ने बताएकी छिन्। नियमावलीमा संशोधन राख्दै सत्ता पक्षका सांसदहरूले सभामुखले नियमावली अनुसार गर्ने काममा कार्य व्यवस्था परामर्श समितिको निर्णयबाट मात्रै गर्नुपर्ने प्रस्ताव राखेका छन्। त्यसो गर्दा सभामुखलाई सत्ता पक्षको नियन्त्रणमा पुर्‍याउने भन्दै बहस भइरहेको छ। सांसद श्रेष्ठले संसद् सभामुखको तजबिजमा चल्ने कुरा मन नपरेर वा…

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले मन्त्रालय हेरफेर गर्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा रहेको सरकारको मन्त्रालयहरूमा मन्त्री हेरफेर गर्दै छन् । हाल भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रहेका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन्, भने अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीलाई ऊर्जा र सहरी विकासमध्ये एकमा पठाउने तयारी गरिएको छ । यस्तै संस्कृति, पर्यटन एवम् नागरिक उड्ड्यनमन्त्री सुदन किराती र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा भने सोही मन्त्रालयमा रहने भएका छन् । सरकारको नेतृत्व समालिरहेको माओवादी केन्द्रले सरकारको प्रवक्ता आफैँ हुनुपर्ने निष्कर्ष निकालेको छ । सञ्चार मन्त्री स्वतः सरकारको प्रवक्ता हुन्छ…

Read More

धनगढी – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अहिले पनि देशलाई प्रतिगमनतर्फ लैजाने प्रयास भैरहेको बताएका छन्। आइतबार जसपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले अहिले लोकतन्त्र, गणतन्त्र र संघीयताविरुद्ध केही पार्टी र मान्छेहरु सल्बलाको भन्दै देशलाई फेरि प्रतिगमनतर्फ लैजाने प्रयास भैरहेको बताएका हुन्। यस्तै उनले विगतका विभिन्न आन्दोलन, विद्रोह, जन आन्दोलन, थारु आन्दोलन, मधेश जनविद्रोहबाट प्राप्त मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्नुपर्ने पनि बताए। त्यसका लागि उनले अहिले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार संघीय कानुनको अभावले कार्यान्वयन हुन नसकेको र त्यो कार्यान्वयन गर्न सरकारले लाग्नुपर्ने जनाए। संघीयताविरुद्ध आवज उठिरहेको बेला अब सरकारले आवश्यक कानुन बनाएर प्रदेश सरकारलाई…

Read More

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादव बारास्थित गृह जिल्ला भ्रमणमा पुगेका छन् । उपराष्ट्रपति भएपछि यादव पहिलो पटक आज गृह जिल्ला पुगेका हुन् । यादवको स्वागतको लागि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, निवर्तमान संघीय सांसद रामबाबु प्रसाद यादव, प्रदेश सभा सदस्यहरू, पालिका प्रमुखहरू, स्थानीय प्रहरी प्रशासन प्रमुखहरू, जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरू र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूको सिमरा विमानस्थलमा पुगेका थिए । २ दिने गृह जिल्लाको भ्रमणका क्रममा उपराष्ट्रपति यादवले आज बाराको चर्चित धार्मिक स्थलहरू गढीमाई मन्दिर, सिम्रौनगढ स्थित कंकाली मन्दिर दर्शन गर्ने छन् ।

Read More

काठमाडौँ – नवनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो प्राथमिकता भएको बताएका छन् । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा कुँवरले भने, ‘प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म किञ्चित पनि डगमगाउने छैन,’ ‘प्रहरी कस्तो छ भन्ने कुरा लुकाउनुपर्ने आवश्यकता छैन, यी पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने पक्षमा म छैन । प्रहरीमा सुधार आवश्यक छ,’ उनले भने, ‘अब त्यसको लागि दिन गरेर बस्ने छुट छैन ।’ कसैले मार्ग बिराएको भए तिनीहरूलाई सुधार्नुको विकल्प आफूमा नभएको पनि उनले बताए । अपराधको रोकथाम, अनुसन्धानका साथै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग…

Read More

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घले गत साताको शुक्रबारको तुलनामा १० रुपैयाँले मूल्य बढेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम छ ।

Read More

काठमाडौँ – सगरमाथा जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यस कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्टाएको छ । यसमध्ये १० प्रतिशत ४ लाख ३६ हजार ८ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरूको लागि ५ प्रतिशत अर्थात् २ लाख १८ हजार ४०० कित्ता सेयर र कर्मचारीहरूका लागि ३ प्रतिशत १ लाख ३१ हजार ४० कित्ता सेयर सुरक्षित गरेको छ । बाँकी ३५…

Read More

काठमाडौँ – नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यो सरकारले समृद्धि दिन नसक्ने दाबी गरेका छन् । सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको अवस्थामा समृद्धि अपेक्षा गर्न नसक्ने बताएका हुन् । अहिले सत्ता गठबन्धनको तमासा जनताले हेरिरहेको उनले बताए । ‘हामी सुन्दैछौं ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ । जनताले गठबन्धनको तमासा हेरिरहेका छन् ,’ पौडेलले भने । सरकार बिस्तार गर्न नपाउँदै प्रधानमन्त्री समस्यामा परेका पौडेलको धारणा छ । पौडेलले अहिले निर्माण भएको गठबन्धनको सरकारमा विदेशी हस्तक्षेप भएको दाबी गरेका छन् ।

Read More

बाजुरा – बाजुरामा विद्यालयको पर्खाल भत्किदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कक्षा २ माअध्ययनरत ७ वर्षीय बालक कपिल विक रहेका छन् । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहीबार परिक्षा दिएर घर फर्किने बेला पर्खाल भत्किएर घाईते भएका विककोधनगढी लैजाने क्रममा मार्तडी जिल्ला अस्पताल पुग्न नपाउँदै बाउली खोला नजिकै बाटोमा नै मृत्यु भएको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारका आकाक्षी उमेशलाल श्रेष्ठले सरकारले निजीक्षेत्रको सम्मान नगरेसम्म देश आर्थिक रुपमा सबल हुन नसक्ने बताए । ‘अहिले तीन वटै तहको सरकार चलाउन निजी क्षेत्रको ठूलो सहयोग छ तर निजी क्षेत्रलाई कुनै सम्मान गरिँदैन,’ सुदूर पश्चिम प्रदेश उद्योग वाणिज्य महासंघको छैठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले भने, ‘सम्मान भन्नाले हामीलाई राज्यले फुलमाला लगाईराख्न पर्दैन तर काम गर्ने वातावरण त बनाईदिन पर्यो नि ।’ उदाहरणका लागि एउटा कम्पनी दर्ता गर्न करिव ३ दर्जन सरकारी निकायमा पुगेर हात जोड्दै हिड्नुपर्ने अवस्था रहेको उनको भनाई थियो । ‘हामीले आन्दोलनमार्फत विभिन्न राजनीतिक…

Read More