काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादव बारास्थित गृह जिल्ला भ्रमणमा पुगेका छन् ।
उपराष्ट्रपति भएपछि यादव पहिलो पटक आज गृह जिल्ला पुगेका हुन् ।
यादवको स्वागतको लागि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, निवर्तमान संघीय सांसद रामबाबु प्रसाद यादव, प्रदेश सभा सदस्यहरू, पालिका प्रमुखहरू, स्थानीय प्रहरी प्रशासन प्रमुखहरू, जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरू र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूको सिमरा विमानस्थलमा पुगेका थिए ।
२ दिने गृह जिल्लाको भ्रमणका क्रममा उपराष्ट्रपति यादवले आज बाराको चर्चित धार्मिक स्थलहरू गढीमाई मन्दिर, सिम्रौनगढ स्थित कंकाली मन्दिर दर्शन गर्ने छन् ।
Facebook Comments Box