Author: Nisha Shrestha

काठमाडौँ – भोजपुरको हतुवागढी गाउँपालिका-५ मा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु भएको छ। उनकी आमा घाइते भएकी छिन्। स्थानीय शान्तकुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उनका छोरा पाँच वर्षीय आयुष राईको मृत्यु भएको हो। आगलागीमा परी शान्तकुमारकी श्रीमती र छोरा घाइते भएका थिए। उपचारका लागि नोबेल हस्पिटल विराटनगर लैजाने क्रममा बाटोमै बालकको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता राईले जानकारी दिइन्। घाइतेको उपचार नोबेल हस्पिटलमैभइरहेको छ। आगलागीका कारण घरमा आंशिक क्षति पुगेको उपाध्यक्ष राईले बताइन्।

Read More

काठमाडौँ – नेपाली कांगेसका नेता प्रकाशमान सिंहले पार्टी र उम्मेदवारको त्याग र इतिहासलाई हेरेर मत दिन आग्रह गरेका छन्। लौहपुरुष गणेशमान सिंहको १०८ औँ जन्मजयन्तिका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले भविष्यलाई हेरेर मतदान गर्नुपर्ने बताएका हुन्। उनले भने,‘मतदान भनेको भविष्यको भलाईको लागि हो। पार्टी र उम्मेदवारको त्याग र इतिहासलाई हेरेर मताधिकार प्रयोग गर्नुहोला।’ कार्यक्रममा सिंहले गणेशमानको त्याग र योगदानलाई सबैले मनन गर्नुपर्ने बताए। उनले गणेशमानले मुलुकमा प्रजातन्त्र प्रापितका लागि ६० वर्षको सक्रिय राजनीतिमा तीन दशक जेलजीवन र निर्वासनमा बिताएको स्मरण गरे। गणेशमानको योगदानलाई स्मरण गर्दै सिंहले भने,‘६० वर्षको सक्रिय राजनीतिमा तीन दशक देशको भविष्यका लागि जेलजीवन र निर्वाशनमा बिताउनुभएको थियो।’…

Read More

काठमाडौँ – निर्वाचनमा जनताको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थासम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले तयार गरेको घोषणापत्रमा मूलभूतरुपमा राष्ट्र, राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्र, रोजगारी, पूर्वाधार निर्माण, नागरिकता, धर्म संस्कृतिसँग जोडिएका विषयवस्तुलाई नै समेटेका छन् । सोही क्रममा नेपालका लागि नेपाली पार्टी भ्रष्टाचारको अन्त्य, पृथ्वीपथ र नेपालवादको मुद्दालाई प्रखररुपमा उठाउँदै मत माग्न जनताको घरदैलोमा पुगेको छ । निर्वाचन चिह्न शङ्ख रहेको उक्त पार्टीले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा तथा समानुपातिकतर्फ एक सय…

Read More

महेन्द्रनगर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको बताउनुभयो । आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेकोसमेत ठोकुवा गर्नुभयो । पहिलो पटक संविधान बनाउन सहमत गराउन र दोस्रो पटक वाम एकताको प्रस्तावसहित ओलीलाई प्रधानमन्त्री बनाएको अध्यक्ष प्रचण्डको भनाइ थियो । भूमि फिर्ताका विषयमा उहाँले नक्सा मात्रै बनाएर नहुने भन्दै भारतसित कूटनीतिक तवरबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । “चुनाव आएपछि ओलीले राष्ट्रवादको कुरा गर्दै गोहीका आँसु चुहाउँछन्”, उहाँले भन्नुभयो, “प्रतिगमनलाई हराउन गठबन्धन बनाएका हौँ ।” सत्ता गठबन्धनबाट दार्चुलामा प्रतिनिधिसभा सदस्यको…

Read More

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताउनुभएको छ । आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाउनुभयो । “कांग्रेस, माओवादी केन्द्रलगायतका सबै दल मिलेर एक आवाजमा संसद्बाट पास भएको हो”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन् ।” उहाँले केही दिनअघि ओली दार्चुला पुगेर गफ लगाएर फर्किएको आरोपसमेत लगाउनुभयो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको…

Read More

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरू पार्टीको निकै विरोधका बाबजुद पनि आफूहरूले वृद्ध भत्ता सुरुवात गरेको स्मरण गरेका छन् । काठमाडौँको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले तत्कालीन समयमा विभिन्न दलका कयौँ विरोध र अवरोध सामना गर्दै नेकपा एमालेले वृद्ध-वृद्धालाई भत्ता दिन सुरुवात गरेको बताए । ज्येष्ठ नागरिकको हक हितका लागि आवाज उठाउने पहिलो पार्टी नेकपा एमाले भएको उनले बताए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिन सुरु गर्दा विरोध भएको स्मरण गर्दै पोखरेलले भन्नुभयो, ‘अन्य दलका कयौँ विरोध र अवरोधलाई छल्दै ज्येष्ठ नागरिकलाई…

Read More

एजेन्सी – युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने युक्रेनी पक्षले जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मङ्गलबार पनि पुनः दोहोर्‍याएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोलियाकले सो कुराको जानकारी दिएको युक्रेनी मिडियाले जनाएका छन् । इटालीको एक दैनिक पत्रिका ला रिपब्लिकालाई दिएको अन्तर्वार्तामा उनले सो कुरा उल्लेख गरेका हुन् । उनले युक्रेन रुससँग वार्तामा बस्नका लागि पनि उसका सबै सेनाको फिर्ती पहिलो सर्त रहेको जनाएका छन् । हाल रुसले युक्रेनमा एक प्रकारको युद्धविराम जस्तो गरेको र त्यो युद्धविरामको अवस्था उसले आफ्नो शक्ति थप सञ्चय गर्ने काममा पनि दुरुपयोग गर्न सक्ने भन्दै सल्लाहकार…

Read More

महेन्द्रनगर – डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा आज भव्य जात्रा लागेको छ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राती र दोस्रो दिन दिउँसो उग्रतारा मन्दिरमा जात्रा लाग्ने गर्दछ । उग्रतारा क्षेत्र विकास समितिका अनुसार खनमडा, छचोडा, दुमडा र जिलोडामा भण्डार रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आई दिउसेडी मेला सुरु भएको हो । उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् ।

Read More

काठमाडौँ – आचारसंहिता सबैलाई समान रुपमा लागु हुन्छले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो । सबैसँगको सहकार्य र समन्वयबाट निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोग कटिबद्ध भएर लागेको आयुक्त तुलाधारको भनाई थियो । तुलाधारले आचारसंहिता पालनाले मात्र विश्वसनीय निर्वाचन सम्पन्न हुने भएकाले आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्नुभयो । “आचारसंहिताले स्वअनुशासनमा बस्न प्रेरित गर्छ, यो नैतिक बन्धन हो,” तुलाधारले भन्नुभयो, “आचारसंहिता सबैलाई समान रुपमा…

Read More

काठमाडौँ – संघीय शहरी विकास मन्त्री मेटमणि चौधरीलाई आवश्यक कारबाही गर्न मधेसी आयोगले निर्वाचन आयोगलाई पत्राचार गरेको छ । मन्त्री चौधरीले कार्तिक २१ गतेको एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेसी समुदाय विवेकहीन र चेतना नभएको समुदाय रहेको जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेपछि मधेसी नागरिक समाज र संचारमाध्यमहरुले मधेसी आयोगमा उजुरी दर्ता गराएको छ । सो उजुरी दर्ता भएपछी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा मधेसी आयोगले निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्री चौधरीलाई आवश्यक कारबाही गर्न अनुरोध गरेको छ । अध्यक्ष डा. दत्तले मधेसी समुदायलाई लक्षित गरी यस्ता विभेदपूर्ण भाषण दिनु प्रति खेद व्यक्त गर्दै यस्ता अभिव्यक्तिहरु प्रति आयोग सचेत रहेको…

Read More