महेन्द्रनगर – डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा आज भव्य जात्रा लागेको छ ।
हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राती र दोस्रो दिन दिउँसो उग्रतारा मन्दिरमा जात्रा लाग्ने गर्दछ । उग्रतारा क्षेत्र विकास समितिका अनुसार खनमडा, छचोडा, दुमडा र जिलोडामा भण्डार रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आई दिउसेडी मेला सुरु भएको हो ।
उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् ।
Facebook Comments Box