Author: Nisha Shrestha

काठमाडौँ – नेपाली काँग्रेसभित्र न्यायोचित टिकट बाँडफाँटका लागि दबाब बढाउने भन्दै भोलि आफू पक्षीय नेता कार्यकर्ता सहितको भेला आयोजना गर्ने भएको छ । समान न्याय र समानताका लागि खबरदारी भेलाका नाममा देशभरका आफू पक्षीय कार्यकर्ताको भेला आयोजना गर्ने भएको हो । आज बिहान स्वयम्भूमा बसेको शेखर पक्षीय केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितको भेलाले भोलि देशभरका नेता कार्यकर्ता सम्मिलित भेला गर्ने निर्णय गरेको छ । स्थान भने अझै तय भई नसकेको एक नेताले बताए । अहिले पार्टीभित्र टिकट बाँडफाँटको छलफल चलिरहेका बेला आफू पक्षीय नेताहरूलाई टिकट दिलाउन शेखर पक्षले निरन्तर दबाब दिइरहेको छ । यो भेलालाई पनि…

Read More

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी पुरुषोत्तम थापालाई दिइएको छ । यसअघि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्का रहेको थिए । उनको विन्ध्यवासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु काज सरुवा भएपछि वरिष्ठ उपरीक्षक थापालाई उक्त जिम्मेवारी दिएको हो ।

Read More

विराटनगर – मोरङ प्रहरीले चाडपर्व विशेष सुरक्षा रणनीति अपनाएको जनाएको छ । बडादसैँ, दीपावली तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी सुरक्षा रणनीति लागु गरिएको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, धनजनको सुरक्षा, उपभोक्ताको अधिकार, आ–आफ्नो गन्तव्यमा जाने यात्रुको सुरक्षा तथा चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी हुनसक्ने उच्छृङ्खल क्रियाकलापलाई निस्तेज पार्न रणनीति बनाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनले रणनीतिअनुसार राजमार्ग र सहायक मार्गमा हुन सक्ने अवाञ्छित कार्यलगायत विभिन्न आपराधिक गतिविधि नियन्त्रण, सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान, बैंक तथा वित्तीय सङ्घसंस्था, सुनचाँदी पसल आदिको भरपर्दो एवं विश्वसनीय सुरक्षा व्यवस्था…

Read More

काठमाडौँ – निर्वाचन आयोगले बजेट रकमान्तरबारे अर्थ मन्त्रालयसँग विवरण माग गरेको छ । कुन कुन मन्त्रालय र निकायहरूमा के कति रकम रकमान्तर गरिएको हो भन्नेबारे आयोगले मन्त्रालयसँग विवरण मागेको हो । आयोगले मन्त्रालयलाई यसबारे २४ घण्टाभित्र जानकारी उपलब्ध गराउन निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वार्षिक बजेट तथा कार्यक्रम भन्दा पृथक् तरिकाबाट नयाँ योजना तथा कार्यक्रमहरू सञ्चालन भएको पाइएको भन्दै आयोगले चासो दिएको हो । यस्तो कार्यबाट निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगको भनाइ छ । ‘निर्वाचनको मिति तोकी निर्वाचन कार्यक्रमहरू कार्यान्वयन…

Read More

भक्तपुर – भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.१ लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार गाडीले किचेर १७ महिनाको बालकको मृत्यु भएको छ । खेल्दाखेल्दै पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नं. को निशान गाडीमुनि छिरिरहेको अवस्थामा गाडी अगाडि बढाउँदा किचेर बालकको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपाँलिका वडा नं. ५ घर भइ हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठका छोरा १७ महिनाको सलिन श्रेष्ठको मृत्यु भएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । घटनापछि गम्भीर घाइते भइ उपचारको लागि समिट अस्पताल लोकन्थली लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी चालक सिन्धुपाल्चोक मेलम्ची-३…

Read More

काठमाडाैं – नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका वडा नं १४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि –९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनारलाई बिहीबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घरमा रङ लगाउने व्यक्तिबाट सुनका गहना चोरी भएको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । उक्त चोरीका गहना किन्ने सुनारलाई समेत पक्राउ गरिएको प्रवक्ता मैनालीले बताउनुभयो । पक्राउ परेकासँग प्रहरीले सुनका झुम्का दुई थान,…

Read More

जनकपुरधाम – नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो । बिहीबार भर्चुअल मार्फत बसेको जसपा मधेश प्रदेश कमिटी बैठकले शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको मुख्य सचिव दिनेश यादवले जानकारी दिए । उनका अनुसार असोज ८ गते प्रदेशका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमको सन्दर्भमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायीसँग र सञ्चारकर्मीसँग अन्तरक्रिया गरिने छ । असोज ११ गते जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारी विरुद्ध प्रदर्शन गर्दै उनको पुतला जलाउने, १३ गते…

Read More

काठमाडौं – आज नेपाली बजारमा सुनको भाउ बढेको छ। आज सुन प्रतितोला एक हजार रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ८ सय र तेजावी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौँ – कलाकार बुद्धि तामाङ शुक्रबार वैवाहिक बन्धनमा बाधिँदै छन् । तामाङले आज मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार मागी विवाह गर्न लागेकाे उनकाे पारिवारिक स्राेतले जनाएकाे छ । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको विवाहमा दुवै पक्षका परिवारका सदस्यहरू उपस्थित हुनेछन् । स्राेतका बुद्धिसँग विवाह गर्न लागेकी युवती स्नातक अध्ययनरत छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गरेका बुद्धि ‘हैट’ उपनामले चर्चित छन् । साथै, उनको नयाँ चलचित्र ‘दुई नम्बरी’ असोज २१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Read More

काठमाडौँ – विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तयार भएको छ। बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्रसँग भएको छलफलबारे जानकारी गराएका थिए । एक पदाधिकारीका अनुसार मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिएर पार्टीमा ल्याउनुपर्ने अध्यक्ष लिङ्देनको प्रस्ताव थियो । उपाध्यक्ष बुद्धिमान तामाङले भने मिश्रलाई पार्टीमा ल्याउन आफू बाधक भएको भनेर प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए । आफू बाधक नभएको बताएका उनले पार्टीमा २०/३० वर्षदेखि काम गर्दै आएका नेता कार्यकर्तालाई मानमर्दन गर्न नहुने बताए । उपाध्यक्षद्वय ध्रुवबहादुर प्रधान र रोशन कार्कीले पनि पार्टीमा भएका नेताहरुको पनि मानमर्दन गर्न नहुने…

Read More