Author: Nisha Shrestha

काठमाडौं – मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो सोमबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा खरिद–बिक्री भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला दश…

Read More

एजेन्सी – बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । दुर्घटनामा अझै केही वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्रीले भरिएको उक्त डुंगा बोडा सहरनजिकै कारोटोआ नदीको तटमा डुंगा अचानक डुबेर डुबेको थियो । अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ । डुंगामा झन्डै १०० जना यात्रु रहेका थिए । क्षममताभन्दा बढी यात्रुका कारण सो डुंगा दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

Read More

रुपन्देही – विभिन्‍न कार्यक्रम गरी मंगलबार ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । साेही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चाैधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् । क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएकाे हाे ।

Read More

काठमाडौं – सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । गोलाप्रथाबाट बाँडफाँट भएको सेयरमा लक्की नम्बर ४ रहेको छ । ४ नम्बरलाई नै आधार बनाएर बाँडफाँट गरिएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको हो। जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्दथे । सिडिएसका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ३…

Read More

काठमाडौँ – शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका सीता चौधरीलाई घर लिपपोत गर्ने निकै हतारो छ । नदी तलाउबाट ल्याइएको माटोले घर लिपपोत गर्नमा उनी व्यस्त छिन् । दसैँका लागि घर चिटिक्क पार्नका लागि लिपपोतमा लागेको उनले बताइन् । ‘देवी–देवता राख्ने ‘डिहुरार’ देखि पूरै घर लिपपोत गर्नमा लागेको छु’, उनले भनिन्, ‘अरु कार्यका लागि फुर्सद नै छैन, दशैँ आँगनमा आइपुगे छ, घर लिपपोत नगरे पाहुनाले खिसी गर्ने डर छ, त्यही भएर घर लिपपोत गर्न थालेका छौँ ।’ परम्परागतरूपमा थारू समुदायमा अरु बेला घर लिपपोत नगरे पनि दशैँका लागि अनिवार्यरूपमा नयाँ माटोले घर लिपपोत गर्नैपर्ने चलन विद्यमान छ ।’जमरा राख्ने कोठादेखि पूरै घर लिपपोत…

Read More

मङ्गलबारे- इलाममा करोडौँ खर्च गरेर निर्माण गरिएको शीत भण्डार (कोल्डस्टोर) प्रयोग नहुँदा किसान तथा व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन् । दश वर्षअघि निर्माण भएको शीत भण्डार प्रयोगविहीन हुँदा यहाँका किसानले उब्जनी गर्ने बित्तिकै सस्तो मूल्यमा फलफूल तथा तरकारी बेच्नुपर्ने किसानलाई बाध्यता रहेको छ । इलाम कृषि उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जिल्लामा उत्पादित भएका तरकारी र फलफूल भण्डारण गर्ने हो भने बाहिरबाट यस्ता वस्तु ल्याउनु नपर्ने व्यवसायी बताउँछन् । इलाम नगरपालिका र भारतीय दूतावासको सहयोगमा इलाम –९ स्थित सेरामा १० वर्षअघि निर्माण भएको…

Read More

महेन्द्रनगर – मनास्लुको हिमपहिरोमा परी घाइते भएका ९ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । ६ जना घाइतेहरुलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर कपनस्थित करुणा अस्पतालमा ल्याइएको छ । अन्यको अवस्था सामान्य भएकाले उनीहरु आफैं फर्किने बताएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख केदार खनालले जानकारी दिए । मनास्लुको तेस्रो बेस क्याम्पबाट चौथो बेसक्याम्पमा जाने क्रममा सोमबार दिउँसो हिउँ पहिरो खस्दा १२ जना घाइते भएका थिए। चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरको पहिरोमा उनीहरु परेका थिए । हिमपहिरोमा परेर अनुप राईको मृत्यु भएको थियो । पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाका अनुसार गम्भीर घाइते दुईजनासहित ६ जनालाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको…

Read More

बनेपा – ‘पञ्चकन्या झरना’ पछिल्लो समयमा धेरैको रोजाइको थलो बनेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ खारखोलास्थित मनमोहक सो झरनामा हरियाली, शान्त र रमणीय वातावरणमा बसेर पानी छ्याप्दै मनोरञ्जन लिन सकिन्छ । पनौती–मल्पी-रोशी भूमेडाँडा हुँदै सो स्थानमा पुग्न सकिन्छ । मान्छेको आवागमन बढ्दै गएपछि करिब डेढ वर्ष अगाडि वडाले झरना जाने सिँढी निर्माण गर्नुका साथै बार र रेलिङ हालेर बाटो सहज बनाएको थियो । घनाजङ्गलका छेउमा रहेको झरना पुग्नका लागि खोलाको बाटो हुँदै जानुपरेका कारण निकै रमाइलो र मनमोहक भएको स्थानीय बासिन्दा सन्तबहादुर तामाङले सुनाए । ‘हरेक दिनजसो यहाँ घुम्न आउने गरे पनि प्रायःजसो बिदाका दिनमा पाइला टेक्ने ठाउँ हुँदैन’, उनले…

Read More

इस्लामाबाद- पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले वरिष्ठ राजनीतिज्ञ मरियम नवाजलाई आफूविरुद्ध ‘साम्प्रदायिकता र धार्मिक घृणा’को प्रचार गरेको र ‘धार्मिक कट्टरपन्थी’मार्फत उनको हत्या गर्ने षड्यन्त्र रचेको आरोप लगाए। मरियम पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी हुन् । ‘धार्मिक कट्टरपन्थीमार्फत मेरो हत्या गर्न मरियम नवाज र उनका सहयोगीहरूले मेरो विरुद्ध साम्प्रदायिकता र धार्मिक घृणाको प्रचार गरेका छन्’, खानले भने । आफूलाई मृत्युसँग डर नभएको उनले बताए । गत शनिबार लाहोरबाट करिब ४० किलोमिटर टाढा रहिम यार खानको एक र्‍यालीमा पनि पीटीआईका अध्यक्षसमेत रहेका खानले आफ्नो हत्याको षडयन्त्र भएको दाबी गरेका थिए । ‘चार जनाले मलाई मार्ने ’बन्द ढोका’ पछाडि निर्णय गरेका थिए’, उनले भने ।…

Read More

काठमाडौँ- गोरखामा कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको छ। हरमटारीस्थित कालिमाटीमा रहेको बैंकको एटिएम कक्ष गए राति तोडफोड भएको थियो। जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले एटिएम मेसिन तोडफोड गरे पनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भइरहेको बताए। आज बिहान सुरक्षागार्डले एटिएम मेसिन तोडफोड भएकोबारे प्रहरीलाई खबर गरेका थिए।

Read More