Author: Nisha Shrestha

चितवन – आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अति संवेदनशीलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशील स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्त्वका साथ लिइएको उनको भनाइ छ । ‘सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशील छन्’, उनले भने, ‘राजनीतिक दल, नागरिक समाज तथा जनताको समेत चासो बढ्ने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारीमा प्रशासन छ ।’ निर्वाचनमा नेपाली सेना परिचालनका लागि…

Read More

महेन्द्रनगर – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी आइपुगेका छन् । उनी बुद्ध एयरको जहाजमार्फत धनगढी आइपुगेका हुन्। बुद्ध एयरको नियमित उडानमार्फत आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड धनगढी आइपुगेका हुन्। प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी आएका हुन्। उनी आजै काठमाडौँ फर्किने कार्यतालिका रहेको छ ।

Read More

धनगढी – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका केन्द्रिय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ। आज (आइतवार) एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टको निवासमै उनीहरुबीच भेटवार्ता भएको हो। भेटवार्ता अहिले पनि जारी रहेकाले के कुरा भैरहेको छ भन्नेबारे खुल्न सकेको छैन। स्रोतका अनुसार प्रचण्ड लेखराजको निवासमा खाना खाएर केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्नेछन्। लेखराज पूर्व माओवादी नेता समेत हुन्। उनी नेकपा विभाजनका बेला एमालेमा समाहित भएका थिए। अहिले उनले प्रचण्डसंग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

Read More

काठमाडौँ- उत्तरी बुर्किना फासोमा बिहीबार भएका दुई आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ। एक अधिकारीले ४४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । दुई हमला नाइजरको सीमा नजिकै सहेल क्षेत्रको कोराकु र टोन्डोबी गाउँमा भएका थिए। कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन, तर यस क्षेत्रमा जिहादी हिंसा प्रायः हुने गर्दछ। अधिकारीहरूले यसको लागि ‘सशस्त्र आतंकवादी समूह’ लाई दोष दिएका छन्। चरमपन्थी संगठन अलकायदा र इस्लामिक स्टेटसँग जोडिएका चरमपन्थी समूहहरू यस क्षेत्रमा सक्रिय छन् । सहेल क्षेत्रका लेफ्टिनेन्ट गभर्नर रोडोल्फो सर्गोले घृणित र बर्बर आक्रमणका लागि जिम्मेवार आक्रमणकारीहरूलाई निष्पक्ष पारिएको बताए । यस हमलामा गाउँका धेरै मानिस घाइते…

Read More

बैतडी – भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको छ । यहाँका स्थानीय तहहरूको चासो नदिँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीको अध्यक्ष धर्मसिंह ऐर ९कपिल०ले स्थानीय तहलाई तथ्याङ्क सङ्कलन गरिदिन आग्रह गर्दा पनि चासो नदिएको बताउनुभयो । उहाँका अनुसार दश स्थानीय तहमध्ये हालसम्म पाँच पालिकाले मात्रै तथ्याङ्क सङ्कलन गरेका छन् । तथ्याङ्क सङ्कलन गर्नेमा पञ्चेश्वर, शिवनाथ र सुर्नया गाउँपालिका तथा पाटन र पुर्चौडी नगरपालिका मात्रै छन् । उहाँले भन्नुभयो, “सबै स्थानीय तहहरूलाई पत्रचार गरेको भए पनि तथ्याङ्क सङ्कलनको काम ढिलाइ भएको छ, यसले गर्दा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र…

Read More

गण्डकी – चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दैनिकीजस्तै बनेको छ । पर्यटकीय याम चलिरहेकाले यतिबेला पोखरामा आगन्तुकको चहलपहल छ । गायक नेपालीले यही मौका छोपेर देशी–विदेशीसामु आफ्नो कला–प्रतिभा पस्किरहेका छन् । बाहिरी मुलुकका पर्यटकलाई लक्ष्य गरी फेवाताल किनारमा पुगेर राष्ट्रगान सुनाउने गरेको उनी बताउँछन् । सधैँझैँ शुक्रबार पनि हल्लनचोक नजिकैको पैदलमार्गमा उनी पुगे। छेवैमा राष्ट्रिय झन्डा फहराइरहेको थियो । यन्त्र र ध्वनिको प्रबन्ध मिलाएपछि नेपाली राष्ट्रगानको धुन बज्यो । उनले राष्ट्रगान गाए । नेपालको राष्ट्रगानबाट सुरु भयो, उनको प्रस्तुतिको सिलसिला । सन्ध्यापख…

Read More

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको २३औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोकल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत एकद्वार प्रणालीअनुसार लैजान नीति बनाउन लागेको उल्लेख गरे । त्यसका लागि मन्त्रालयले आवश्यक प्रक्रिया थालेको उनको भनाइ छ । ‘सरकारले फजुल खर्च कटौती गर्न लागेको छ’, मन्त्री शर्माले भने । विज्ञापनको व्यवस्थापनले न्यूनतम पारिश्रमिक नपाउने समस्या हल हुने उहाँले विश्वास व्यक्त गरे । उनले भने, ‘जाजरकोटमा विज्ञापन खोल्नु छ, त्यहाँको बाटो बनाउने विज्ञापन काठमाडौँको पत्रिकामा छापिन्छ । त्यो…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देशको प्रमुख शक्तिको रूपमा रहेको दाबी गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला सङ्घको शनिबार काठमाडौँमा सुरु भएको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले एमाले मुलुकमा अरु पार्टी भन्दा बढी बलियो, व्यापक र अग्लो रहेको बताए । उनले भने, ‘दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमाले विरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरूले ढाल बनेर छेकेका छन् । अनमेसंघ र अरु सङ्गठनहरू सक्रिय छन ।’ एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरू लागे पनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै…

Read More

बान्नीगढी – जयगढ गाउँपालिकाका एसइई परीक्षार्थी बिद्यार्थीमाथी कुटपिट भएको छ । बस दुर्घटनामा परि आफन्तको मृत्यु भएपछि प्रदर्शनमा रहेका साँफेबगरका युवाहरूको जमातले बान्नीगढी जयगढ गाउँपालिकाका एसइई परीक्षा दिएर फर्किँदै गरेका परीक्षार्थी माथि कुटपिट गरेका हुन् । महेन्द्र माद्यामिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा दिएर घर फर्किँदै गरेका बिद्यार्थीमाथी प्रदर्शनकारीले गाली गलौचका साथै कुटपिट गरेको बिद्यार्थीहरुले बताएका छन् । बयालपाटा जयगढ सडक खण्डमा हिँड्दै गरेका बान्नीगढी जयगढ गाउँपालिकाका बिद्यार्थीहरुलाई बाईकमा आउँदै गरेका प्रदर्शनकारीले गालीगलौज गर्नुका साथै हातपात समेत गरेको बिद्यार्थीहरुको भनाई छ । प्रदर्शनकारीको कुटपिटबाट परीक्षार्थी लक्ष्मण लुहार घाइते भएका छन् । उनका अनुसार बाईकमा आउँदै गरेका उनलाई प्रदर्शनकारी बाइक रोक्न लगाएर…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन्। शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै उनले एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको बताउँदै पार्टी अवसरवादमा लिप्त भएको आरोपसमेत लगाए। उनले सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाए पनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरू मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गरे। उनले आफू अब नेकपा एमालेमा नै फर्किने बताएका छन् । उनले नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको बताएका छन् ।

Read More