Author: Nisha Shrestha

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ओलीको निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको एक पदाधिकारीले बताए । अन्य दलसँग तालमेलको कुरा टुंगिन बाँकी रहेकाले पनि थप छलफल गरेर मात्रै उम्मेदवारबारे निर्णय लिन नेताहरु सहमत भएका छन् । एमालेको जिल्ला र प्रदेशबाट ५६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवारमा एकल सिफारिस भएको छ । बाँकी निर्वाचन क्षेत्रमा एक भन्दा बढी आकांक्षीको नाम सिफारिस भएर आएको छ । बैठकले एकल सिफारिस भएर आएका नेताहरुबारे पनि निर्णय गरेन । ‘एकल…

Read More

काठमाडौँ – काठमाडौँको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंका प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको छ। दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए । अज्ञात समूहको गोलीबाट मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।

Read More

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालीहरुको महान चाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली, छठपर्व र नेपाल संवतको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ । उहाँले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट असोज १२ गते शुभकामना दिनुहुँदै स्वदेश तथा विदेशमा विभिन्न कार्यक्षेत्रमा परिचालित सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले राष्ट्र र जनताको सेवा र सुरक्षाका खातिर आफ्नो प्राणको आहुति दिएका अमर सशस्त्र प्रहरीको त्याग तथा योगदानको स्मरण गर्नुुहुँदै जिम्मेवारी निर्वाहको क्रममा घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्यलाभको…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार एक हजार ३०७ पीसीआर परीक्षणमा २५ जना र एक हजार ३७१ एन्टिजेन परीक्षणमा २० जना गरी ४५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार ०७७ जना रहेको छ ।

Read More

काठमाडौँ – गृह मन्त्रालयले पुराना फर्निचर, गाडीका स्पेयर पार्टस् र विद्युतीय सामाग्री लिलाम गर्न लागेको छ । रिवल्विङ कुर्सी, ल्यापटप, कम्प्युटर र टेबल कुर्सी लिलाम गर्न मन्त्रालयले गोरखापत्रमा सूचना प्रकाशन गरेको छ । १२ मा सूचना निकालेर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीहरूलाई आग्रह गरिएको गृहमन्त्री बालकृष्ण खाँणका प्रेत संयोजक मधुसूदन भट्टराइले बताए । जिन्सी निरीक्षण कमिटीले गरेको सिफारिस अनुसार मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाले लिलाम गर्ने तयारी गरिरहेको छ । पहिलो पटक सूचना प्रकाशन गरेको १५ दिनमा सामान खरिद गर्न कोही तयार नभएमा पुनः सूचना प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था छ । मन्त्रालयमा भएका पुराना सामान ३ लाख ९९ हजारमा लिलाम…

Read More

काठमाडौँ– अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत भएकी छन् । मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मङ्सिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन् । पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

Read More

काठमाडौँ – गठबन्धनले प्रतिनिधि सभातर्फको सिट बाँडफाँड लगभग अन्तिम चरणमा छ । लामो समयदेखी सिट बाँडफाँडमा रस्साकस्सी चलेपनि अन्ततः गठबन्धनले सहमति जुटाउन सफल भएको हो । सोही अनुरूप बैतडी नेकपा माओवादी केन्द्रले हात पार्न सफल भएको छ । संघीय सांसदका लागि माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कुँवर (विजय सुन्दर)ले टिकट पाउने निश्चित जस्तै छ । उनी यस अघि नै निर्विरोध केन्द्रका लागी सिफारिस भएका थिए । इमान्दार र प्रस्ट वक्ताको छवि बनाएका कुँवर २०६४ सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । बैतडी माओवादीको भागमा परेपनि काँग्रेसका नेताहरुले भने विरोध गरेका छन् । काँग्रेसले सङ्घको टिकट पाउनु पर्ने माग…

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिब सर्भिस निरन्तर रुपमा दिंदै आएको छ । सन् २०१६ देखि निगमले Ground Handling Safety सम्बन्धी Audit गराई आफ्नो सेवालाई अन्तर्राष्ट्रिय स्तरको सेवामा मापन गरेको छ । विगतमा निगमले ग्राउण्ड ह्याण्डलिब सेवाको Load Control (LOD), Passenger and Baggage Handling (PAB), Aircraft Handling and Loading (HDL), Organization and Management (ORM), Aircraft Ground Movement (AGM) df ISAGO Certified (IATA Safety Audit for Ground Operations) भएकोमा हाल Cargo Handling सहित Ground Handling का सबै क्षेत्रहरु मा df ISAGO Certified भएको छ । ISAGO Certificate, IATA (International Air Transport Association) ले आवधिक रुपमा समय–समयमा हुने…

Read More

धनुषा – मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई बर्दिवासस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले ३२औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । कार्यालय प्रमुख गोपालकुमार अधिकारीले प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेश गरेका हुन् । उक्त प्रतिवेदन मधेस प्रदेश प्रमुख मिश्रले सार्वजनिकसमेत गरे । उक्त प्रतिवेदनमा सबैभन्दा बढी मधेस प्रदेशमा २४ दशमलव २५ प्रतिशत उजुरी दर्ता भएको उल्लेख गरिएको छ । गत आवमा जम्मा नौ सय १५ वटा उजुरी दर्ता भएकामा सबैभन्दा बढी धनुषा जिल्लाको छ । गत वर्ष धनुषाबाट तीन सय ३९ उजुरी परेका थिए । आव २०७७/७८ बाट फछ्र्यौट गर्न बाँकी एक हजार एक सय ९६ र २०७८/७९…

Read More

काठमाडौँ – नेपाली काँग्रेसभित्र देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा लचक भएका छन् । सम्मानजनक भागबण्डाको माग गर्दै शेखर-गगन समूहले लगातार दबाब बढाउँदै लगेपछि चुनावमा सम्भावित जोखिम टार्न सभापति एवं प्रधानमन्त्री देउवा मिलाएर लैजाने मनस्थितिमा पुगेको बालुवाटार स्रोतले बताएको छ । यसका लागि समानुपातिक तथा प्रत्यक्षतर्फको टिकट बाँडफाँटमा शेखर-गगन समूहलाई कम्तीमा ३० प्रतिशत हिस्सा दिन देउवा तयार भएका छन् । इतर समूहले ४० प्रतिशतलाई टाइमलाइन बनाएको थियो । पार्टीभित्र सङ्घर्ष, त्याग तथा लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानका आधारमा कसैलाई अन्याय हुन नदिनेमा प्रधानमन्त्री प्रतिबद्ध रहेको सचिवालयका एक सदस्यले बताए । असोज ३ गते काँग्रेसले निर्वाचन आयोगमा पेस गरेको बन्दसूची एकपक्षीय…

Read More