Author: Nisha Shrestha

काठमाडौँ– गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए । घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएको उनले बताए । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएको पनि उनले जानकारी दिए । हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौँबाट तीनवटा हेलिकोप्टर पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ । मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि गएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिए । गोरखाको सामागाउँमा तीन…

Read More

काठमाडौं – कोरोना भाइरसपछि नेपालमा डेंगु महामारीको रुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ५१ जनामा डेंगुका संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो । अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण भएको छ ।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६२४ जनाको पीसीआर परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८२५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ७९९ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै देशभर १ हजार १७८ जना सक्रिय संक्रमित रहेका छन् । आज ८४ संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २-१७७औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउनुभयो । जिम्मेवारी निर्वाहका क्रममा विषम् परिस्थितिमा पनि धैर्यवान रही नेपाल प्रहरीले आफूलाई उत्कृष्ट सावित गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “गौरवमय इतिहास बोकेको संगठनका सदस्य हुनु पाउनु आफैंमा सम्मानको विषय हो ।…

Read More

एजेन्सी – दक्षिणपश्चिम पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । एक महिनाको अवधिमा यो दोस्रो हवाई दुर्घटना हो । अफगानिस्तान र इरानको सीमा जोडिएको बलुचिस्तान प्रान्तको सानो सहर खोस्ट नजिकै हेलिकप्टर खसेको थियो । ‘उडान मिसनमा रहेको हेलिकप्टर आइतबार राति ढिलो दुर्घटनामा परेको थियो । दुर्घटनामा सेनाका दुई मेजर (दुवै पाइलट) सहित छ जना कर्मचारीले शहादत प्राप्त गरेका छन्’ सेनाले एक विज्ञप्तिमा भनेका छन् । दुर्घटनाको बारेमा थप विवरण दिइएको छैन् । हेलिकोप्टर खसेको क्षेत्र बाढीबाट प्रभावित छैन । अगस्टमा बलुचिस्तानमा हेलिकोप्टर दुर्घटना हुँदा सेनाका उच्च कमान्डरसहित ६ जनाको मृत्यु भएको थियो ।

Read More

भैरहवा– गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले जीवनसँग संवेदनशील रहेको विषय नागरिकतामा प्रहार भएको बताएका छन् । रूपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जीवन मृत्युको आधारको रुपमा रहेको नागरिकता कुनै बहानामा हामीले रोक्यौ भने त्यो भन्दा ठूलो असम्यता केही नहुने बताए । ‘जीवनसँग संवेदनशील रहेको विषयमा पनि प्रहार भएको छ । सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी लगायत पार्टी एक ढिक्का हुँदा पनि असंवैधानिक कदम चालिएको छ,’ उनले भने । गठबन्धनलाई नेपाली कांग्रेसले बचाएन भने नेपालको संविधान, लोकतन्त्र, जनताको अधिकारमाथि प्रहार हुने भन्दै उनले आगामी निर्वाचनका लागि उम्मेदवार बन्नेको संख्या धेरै देखिनुले कांग्रेस संकटमा छैन भन्ने सन्देश रहेको बताए । ‘संविधानको पालना सबैले गर्नुपर्छ । सरकारले पनि…

Read More

काठमाडौँ – मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको छ । हिमपहिरोमा परी केही व्यक्ति सामान्य घाइते भएको भनिए पनि यकिन विवरण प्राप्त भएको छैन। सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर लिएर सामागाउँ पुगेको बताएका छन् । मनास्लु आरोहणका लागि सम्पर्क अधिकृत तोकिएकी यशोदाअर्यालले केही व्यक्तिको हताहती भएको खबर आए पनि पुष्टि नभएको बताइन् । आफू अहिले सामागाउँमै रहेको उनले जानकारी दिइन् । सामागाउँ उत्तरी गोरखाको अन्तिम गाउँ हो । अहिले मनास्लु आधार शिविरको मौसम सफा नभएको पनि उनले जानकारी दिइन् । अहिले हिमपहिरोमा फसेका व्यक्तिहरूको उद्धारका लागि काठमाडौंबाट…

Read More

काठमाडौँ – नेपाली काँग्रेसको डा. शेखर कोइराला पक्षले पार्टी कार्यालयमा धर्ना दिने भएको छ । सोमबार बसेको शेखर पक्षको बैठकले पर्सि १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ । १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।

Read More

काठमाडौं – आज साताको दोस्रो बार सुनको मूल्य स्थिर रहेको छ । निरन्तर घट्दै – बढ्दै गरेको सुनको मूल्य आज सोमबार स्थिर रहेको हो । आइतबार एक हजारले घटेको सुनको भाउ ९१ हजार ८ सय रुपैयाँनै कायम रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा पुगेको थियो । यस्तै, चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौँ – सशस्त्र प्रहरी बलले निश्चित रुटमा आफ्ना कर्मचारीलाई दसैँमा निःशुल्क बससेवा दिने भएको छ । १० देखि २३ असोजसम्म सञ्चालन हुने बससेवा सशस्त्र प्रहरीका परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी बलले समेत प्रयोग गर्न पाउने सशस्त्र प्रहरीको सूचनामा उल्लेख छ । पूर्वमा काठमाडौँदेखि काँकडभिट्टा तथा पश्चिममा काठमाडौँदेखि गड्डाचौकीसम्म निःशुल्क बससेवा सञ्चालन हुने भएको छ ।

Read More