काठमाडौँ – सशस्त्र प्रहरी बलले निश्चित रुटमा आफ्ना कर्मचारीलाई दसैँमा निःशुल्क बससेवा दिने भएको छ ।
१० देखि २३ असोजसम्म सञ्चालन हुने बससेवा सशस्त्र प्रहरीका परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी बलले समेत प्रयोग गर्न पाउने सशस्त्र प्रहरीको सूचनामा उल्लेख छ ।
पूर्वमा काठमाडौँदेखि काँकडभिट्टा तथा पश्चिममा काठमाडौँदेखि गड्डाचौकीसम्म निःशुल्क बससेवा सञ्चालन हुने भएको छ ।
Facebook Comments Box