Author: Nisha Shrestha

महेन्द्रनगर – सुदूरपश्चिममा प्रभाव राख्ने जिल्लामा डोटी पनि पर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला भएका कारण डडेल्धुराको चर्चा धेरै हुने भए पनि राजधानी र पहिलेको मुख्य प्रशासनिक केन्द्र भएका कारण डोटी पनि चर्चित ठाउँ हो । डोटीमा यसपटकको चुनावी भिडन्त रोचक हुने देखिएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्वमन्त्री प्रेम आले र वीरबहादुर बलायर यतिबेला टिकटको लागि रस्साकस्सी गरिरहेका छन् । भट्ट माओवादीबाट, आले नेकपा एकीकृत समाजवादी र बलायर कांग्रेसबाट लगभग एक्ला उम्मेदवार जस्तै हुन् । तर संयोग, तीनै जना हेवीवेट नेताहरु सत्ता गठबन्धनका हुन् । एउटै निर्वाचन क्षेत्र डोटीमा ती नेताको भिडन्तमा कसले बाजी मार्छ भन्ने चासो र…

Read More

काठमाडौं – काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएपछि शुक्रबार विरोध प्रदर्शन भएको हो । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँको दरले मूल्य बढाएको छ । भारतबाट मूल्य घटेर आउँदा नघटाएको निगमले बढेर आएलगत्तै मूल्यवृद्धि गरेपछि यसको विरोधमा अखिल क्रान्तिकारीसहितले टेकुस्थित आयल निगम अगाडि विरोध प्रदर्शन गरेका हुन् । भारतबाट हरेक १५ दिनमा आउने मूल्य सूचीअनुसार नेपालले पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले आसन्न चुनावको लागि १३ वटै जिल्लाका सबै सङ्घ र प्रदेश निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट गरेर पठाउन पालिका, संघरप्रदेश निर्वाचन क्षेत्र र जिल्लाहरूलाई निर्देशन दिएको छ। बागमती प्रदेश कमिटीको विस्तारित बैठकले यस्तो निर्देशन दिएको प्रदेशका सचिव इन्द्रबहादुर थिङले जानकारी दिए। बैठकका निर्णय कार्यान्वयन गर्न भन्दै जारी गरेको सर्कुलरमा उम्मेदवार सकेसम्म सर्वसम्मत छनोट गर्न भनिएको छ। नाम सिफारिस गर्दा पहिलो प्राथमिकता पार्टी प्रतिबद्धता, अनुशासन र सङ्गठनात्मक लगाव भएका र चुनाव जित्ने सम्भावना भएका तर यसअघि निर्वाचित नभएकाहरूलाई दिनुपर्ने सर्कुलरमा उल्लेख छ। त्यस्तै अत्यन्तै विशिष्ट स्थिति बाहेक एक पटक समानुपातिकमा संसद…

Read More

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले विपद् व्यवस्थापनका सन्दर्भमा छुटाइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्ने बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँणले आर्थिक पद्धति र प्रक्रिया तथा प्रचलित कानुनअनुसार रकम खर्च गर्नुपर्ने बताएका हुन्। विपद् व्यवस्थापनका लागि रकमको अभाव हुने र भएका रकम पनि समयमा नै खर्च गर्न नसक्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने उनले बताए। उनले गत वर्ष विभिन्न भूभागमा बाढी र पहिरोले क्षति गरेको र यस वर्ष पनि केही भूभागमा क्षति पुगेकाले केन्द्रले नै समन्वयन गर्नुपर्ने धारणा राखे। सरकारको व्यवस्थापन कोष भए पनि स्थानीय तहमा प्राविधिक जनशक्ति व्यवस्थापन भई नसकेकाले अन्य निकायसँग समन्वय गर्नुपर्ने अवस्था…

Read More

तनहुँ– व्यास नगरपालिकाले अतिविपन्न, अभिभावकविहीनलगायतका त्रिचालिस बालबालिकालाई आवाससहितको शिक्षा प्रदान गर्दै आएको छ । व्यास–७ शेषमटार नरङ्गामा ‘व्यास नगर समता’ विद्यालय स्थापना गरी यही भदौदेखि पठनपाठन सञ्चालनमा ल्याएको हो । विद्यालयमा अध्ययनरत ती बालबालिकालाई निशुल्क रूपमा खाना र आवासको व्यवस्था गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । विद्यालयमा पठनपाठन सुरु गरे पनि विधिवत्रुपमा उद्घाटन गर्ने कार्यक्रम बाँकी रहेको उनले बताए । नगरपालिकाभित्र शिक्षा विभागबाट काटिएको प्राविको ५३ दरबन्दीलाई परिपूर्ति गर्न स्वयम्सेवक शिक्षक भर्ना प्रक्रिया अघि बढाइएको छ । वडा नं १० बैरेनीले जग्गा विकास योजना सम्पन्न गर्दा गण्डकी प्रदेश सरकार र नगर विकास कोषसँग स्रोत साझेदारीका लागि कार्य अघि बढाएको छ । नगरपालिकाअन्तर्गतका योजनालाई व्यवस्थित र चुस्तदुरुस्त गर्न डिजिटलाइजेसन प्रविधि ल्याइएको छ । …

Read More

काठमाडौं – फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको छ । राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । ‘फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर, श्रम गर्नेहरुको सम्मान गर, सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्वान्वयन गर, श्रमजीवी वर्ग जिन्दावाद, बिनाविकल्प हामीलाई धोका दिन पाइँदैन, रोजगारीको ग्यारेन्टी गर, सडकमा काम गर्ने हाम्रो रहर होइन बाध्यता हो, संविधानमा लेखिएको मौलिक हकको कार्यान्वयन गर, फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर’ जस्ता नारा र प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । संघर्ष समितिले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई…

Read More

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । आगामी वैशाखसम्म केन्द्रले यस्तो मेसिनको निर्माण सक्ने गरी काम भएको र त्यसका लागि सरकारले पनि सघाउने भएको हो । मेसिनको आवश्यक प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि काम गर्ने गरी लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्र बीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीमा प्रवर्द्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे । समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपैयाँ यो आर्थिक वर्षका लागि प्राप्त हुनेछ । सम्झौता पछि आफूहरू उत्साहित…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्र गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ। दुई निर्वाचन क्षेत्र र प्रदेशतर्फ चार निर्वाचन क्षेत्र रहेको जिल्लामा माओवादीले प्रस्तावित उम्मेदवारको नाम टुङ्गो लगाएर सिफारिस गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिए। उनका अनुसार प्रत्यक्षतर्फ क्षेत्र १ मा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’सहित केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) र नेत्री सुशीला सिङ्खडाको नाम सिफारिस गर्ने निर्णय गरेको हो। त्यस्तै, प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा, अमरबहादुर गुरुङ र पर्शुराम रम्तेलको नाम…

Read More

काठमाडौं — नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वर्किङ भिसामा अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगी गर्ने राप्ती प्लेसमेन्ट सर्भिसका सञ्चालक रविन अधिकारीलाई बिहीबार बसुन्धराबाट पक्राउ गरेको हो । चितवन स्थायी घर भएका अधिकारी टीका विश्वकर्मालाई वर्किङ भिसामा अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगेर फरार भएका थिए । उनले पीडितलाई वर्किङ भिषामै अफगानिस्तान जाने र १ लाख बढी तलब हुने बताउँदै आएका थिए । पीडितको उजुरीपछि वैदेशिक रोजगार विभागले कार्यालयलाई पत्राचार गरेको आधारमा अभियुक्तलाई पक्राउ गरेको कार्यालयले जनाएको छ । अभियुक्तलाई…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयमा रहेको समस्यालाई तालाबन्दी र हड्तालले समाधान गर्न नसकिने बताएका छन्। यसका लागि सम्बद्ध पक्षबीच संवाद र छलफल गर्नु पर्ने धारणा राखेका छन् । ६९औं वाणिज्य दिवसको अवसरमा शंकरदेव क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले उक्त धारणा राखेका हुन्। ‘हाम्रा विश्वविद्यालयहरू तालाबन्दीबाट गुज्रेका छन्। यसलाई पदाधिकारी, प्राध्यापक, विद्यार्थी सबै मिलेर संवाद सहकार्यको माध्यमबाट सम्बोधन गरेर अघि बढ्नु पर्दछ। तालाबन्दी गर्ने, हड्ताल गर्ने, अध्ययन–अध्यापनमा अनावश्यक कार्यले विश्वविद्यालयको समस्या समाधन हुँदैनन्,।’ प्रधानमन्त्री देउवाले भने, ‘यसका लागि सम्बद्ध पक्षबीच छलफल र संवाद गरी समाधान पहिल्याउनु पर्छ। राजनीतिक आग्रह र पूर्वागह्र भन्दामाथि उठेर विश्वविद्यालयको समस्यालाई रचनात्मक रुपमा हल…

Read More