Author: Nisha Shrestha

काठमाडौं –  पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दु:ख व्यक्त गरेका छन्। शाहले महारानी एलिजाबेथको नेपालको राजकीय भ्रमण र उनीसँग जोडिएका आफ्ना अनुभव अभिव्यक गर्दै शालिन र उच्च राजकीय भूमिका निर्वाह गर्नसक्ने रानी गुमाएको भन्दै दुस्ख व्यक्त गरेका हुन्। शुक्रबार निर्वालनिवासले शोक सन्देश जारी गर्दै नेपालप्रति महारानीको सधै अघाद आत्मिएता भएको उल्लेख गर्दै उनी प्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवार,बेलायत सरकार र बेलायती जनताप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। शोक सन्देशमा लेखिएको छ,’ सयुक्त अधिराज्यकी महारानी एलिजाबेथको निधनको खबर सुनेर हामीलाई दुस्ख लागेको छ। स्वर्गीय महारानी राजगददीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन…

Read More

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको जानकारी दिएका छन् ।पोखरामा शुक्रबार अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी तालमेल गर्न आफूले खोजेको बताएका हुन् । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति बनाउनुपर्ने प्रचण्डको भनाइ छ । ‘हाम्रो लक्ष्य के छ भने प्रदेश र संघको निर्वाचनमा जाँदा गठबन्धनमा तालमेल पनि यसरी होस् कि माओवादी केन्द्र देशको पहिलो वामपन्थी कम्युनिष्ट पार्टी बनोस् । र देशकै निर्णायक…

Read More

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन पुगेका छन् । नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन पुगेका हुन् । बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनी चितवन पुगेका छन् । प्रधानमान्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै छन् । यससँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उनी काठमाडौँ फर्कने कार्यक्रम छ । उनीसँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन पुगेका छन् ।

Read More

काठमाडौं – बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् । ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी थिए । उनी कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वत: राजा बनेका हुन् । बिहीबार एलिजाबेथको स्वास्थ्यकाबारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए। पछि बकिंघम दरबारले रानीको निधन भएको पुष्टि गरेको थियो। उनको निधनपछि उनका जेठा छोरा पूर्व प्रिन्स अफ वेल्स चार्ल्सले बेलायतको नयाँ राजा र १४…

Read More

काठमाडौं – आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९३ हजार ९०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम भएको छ ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनभित्र सिट बाँडफाँटमा कुनै समस्या नभएको दावी गरेका छन् । अध्यक्ष दाहालले सिट बाँडफाँट आजै टुंग्याउने बताएका छन् । त्यसका लागि आज अपराह्न ३ बजेदेखि शीर्ष नेताहरुले छलफल गर्ने उनले जानकारी दिए । पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘तीन बजेदेखि टुंगाउने गरि आज छलफल गर्दैछौं ।’ सिट बाँडफाँटको सहमति नजिक पुगेको उनको भनाइ छ । ‘नेताहरुको अरु तिर कार्यक्रम नभएको भए हिजै टुंगिने अवस्था बनिसक्या थियो । तालमेलका लागि जलि समस्या भएको केही पनि छैन । तालमेलमा हामीले समझदारी बनाएर नै जान्छौं,’ उनले भने । आगामी…

Read More

काठमाडौं – बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्। ९६ वर्षीया एलिजाबेथको बिहीबार स्कटल्यान्डको वालमोरलमा निधन भएको थियो।प्रधानमन्त्री देउवाले रानी एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको बताएका छन्। प्रधानमन्त्री देउवाले बेलायती महारानी सन् १९६१ र सन् १९८६ मा नेपालको राजकीय भ्रमणलाई चर्चा गर्दै श्रद्धाञ्जली दिएका छन्। एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन् १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्। बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनसँगै संसारभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं…

Read More

काठमाडौँ – श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतको सामना गर्ने भएको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ । समूह (बी) मा रहेको नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेको छ । ३ अंक जोडेको नेपाल समूहको दोस्रो र भारत शीर्ष स्थानमा रहेको छ ।

Read More

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ । नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा बिहीबार उनीहरुबीच छलफल भएको हो ।अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार मनऋषि धितालका अनुसार सो अवसरमा मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए उनले भने, ‘निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।’ नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने मन्त्री शर्माको भनाइ थियो । उनले जलवायु परिवर्तनमा…

Read More

धादिङ – जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् । लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए। “दैनिक १०–१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन्”, उनले भने। बिहीबारसम्म धादिङ अस्पतालमा नौ डेङ्गुका बिरामी भर्ना भएका छन् । सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको विकले जानकारी दिए। सरकारी अस्पतालले मात्रै साउनयता एक सय ४८ जनामा डेङ्गु पुष्टि गरेको छ । निजी अस्पताल…

Read More