Author: Nisha Shrestha

दार्चुला– भदौ पहिलो साताबाट जिल्लामा डेङ्गुका बिरामी ह्वात्तै बढेका छन् । डेङ्गुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् ।  जिल्ला अस्पतालका डा आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेङ्गुका बिरामी पुगेका छन् । जेठमा दुई जनामा डेङ्गु देखिएको थियो । साउनमा तीन जनामा देखिएको डेङ्गु अहिले आएर अस्पतालका शय्या भरिएका छन् । अहिले अस्पतालमा आउने अधिकांशमा डेङ्गुको लक्षण देखिएको छ । डेङ्गुका बिरामीका कारण अस्पताल आउने अन्य बिरामी भर्ना गर्न नसकिने अवस्था आएको डा लिम्बूले बताए । ‘अरु बिरामी कहाँ राख्ने भन्ने समस्या भएको छ’, उनले भने, ‘अहिले डेङ्गुको जाँचका लागि किटको समस्या नभए पनि शय्याको समस्या…

Read More

कास्की- पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुई वटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य, वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो । महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने काम जारी रहने जनाएको छ । महानगरका यी दुई भवन ४० वर्षअघि निर्माण गरिएका हुन् । भवनका तला–तलामा ३० सटर महानगरले…

Read More

बुटवल – नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सचिव एवं पूर्व मन्त्री रामकुमारी झाँक्रीले चुनावअघि नै मोलमोलाइ गरेर उम्मेदवार चयन हुने गरेको बताएकी छिन् । बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले राजनीतिक दलले मोलमोलाइ गरी उम्मेदवार चयन गर्दा इमान्दार, सक्षम र निष्ठावान नेता कार्यकर्तालाई मार पर्ने बताएकी हुन् । स्थानीय स्तरमा जनताले अनुभूति गर्ने गरी काम गर्ने उम्मेदवार उठाउनुपर्ने उनको भनाइ छ । आफू गुल्मी क्षेत्र नम्बर २ बाटै उठ्ने बताउँदै उनले भनिन्, ‘स्थानीय स्तरका जनतामा नैरश्यता, अशिक्षा, गरिबीलगायतका थुप्रै समस्या लामो समयदेखि रहँदै आएका छन् । जति पटक निर्वाचन जिते पनि जनस्तरसम्म काम गर्ने नेता नपाउनु र पटक पटक जिताएको अनुहारलाई…

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबिच सिट बाँडफाँटको विषयमा चाँडै टुङ्गो लाग्ने बताएका छन् । उनले बिहीबार पनि छलफल जारी रहेको र बिहीबार साँझसम्म त्यसबारे टुङ्गो लाग्न सक्ने बताएका हुन् । बिहीबार बिहान वाग्मती प्रदेशका काँग्रेसका जिल्ला सभापतिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले गठबन्धनमा सिटको बाँडफाँट गर्दा सबै दललाई न्याय हुने कुरामा जोड दिने बताए । भेटमा प्रधानमन्त्री देउवाले बिहीबार साँझसम्म सिट बाँडफाँटको टुङ्गो लाग्न सक्ने बताएको दोलखाका जिल्ला सभापति बर्मा लामाले बताए । ‘हामीले प्रदेश क्षेत्रका जिल्लाको विषयमा कुरा राख्यौँ । उहाँले सिट बाँडफाँट गर्दा ती विषयलाई सम्बोधन गर्ने प्रयास गर्छु भन्नुभएको छ,’लामाले ई कान्तिपुरसँग भने, ‘सिट बाँडफाँट चाँडोभन्दा…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीले दिएको उपमहासचिव पद अस्वीकार गरेका छन्। उनी महासचिव पद नपाएर असंतुष्ट थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित रहेको पार्टी निकट विद्यार्थी संगठनको कार्यक्रममा उनले नेतृत्वको चर्को आलोचना गरे। नेतृत्व स्वार्थी समूहको जालमा फसेको आरोप लगाए। नेता शर्माले पद अस्वीकार गरेपछि आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मुखमा माओवादी पार्टी विवादको भुमरीमा परेको छ। नेता शर्माले पद अस्वीकार गरेसँगै पार्टीभित्रको विवाद छताछुल्ल भएको हो। ‘म उपमहासचिवको हैसियतले होइन। पार्टीको संगठन विभागको प्रमुखको हैसियतले सम्बोधन गर्दैछु’, नेता शर्माले अध्यक्ष दाहाललाई पार्टीले दिएको पद अस्वीकार गर्दै भने, ‘म प्रचण्डको आलोचक हुँ। आलोचना गर्छु। आलोचनाले नेतृत्वको…

Read More

काठमाडौँ – गायक शिव परियारले बलात्कारको विषय र समयसामयिक घटनालाई लक्षित गर्दै आक्रामक प्रतिक्रिया दिएका छन्। उनले ‘देशको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ’ भन्ने प्रश्न गर्दै नेपाल सरकारलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्। बलात्कारलाई व्यवसाय बनाउनेहरूको समयमै उपचार नगरे नेपाल बलात्कारीहरूको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर नलाग्ने भन्दै समयमै अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘कृपया यतिबेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरूले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु।’ हालै नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ।…

Read More

काठमाडौं – बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य बिहीबार भने प्रतितोला आठ सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला…

Read More

काठमाडौं – नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफुमाथी जबरजस्ती करणीको आरोप लागेपछि नेपाल क्रिकेट सङ्घ (क्यान)लाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेस्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भनेको छ’ क्यान सचिव प्रशान्त विक्रम मल्लले भने । एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् । सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुर बहादुर चन्द बुधबार बेलुका काठमाडौँ आइपुगेपछि क्यानका पदाधिकारीबिच छलफल भएको थियो ।…

Read More

काठमाडौं – सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्न बाटो खोलिदिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र संचालन नियमावली २०६४ संशोधन गरेको छ। धितोपत्र बोर्ड हुँदै अर्थमन्त्रालय पुगेको संशोधन प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरिदिएपछि नयाँ स्टक एक्सचेन्ज खोल्न बाटो खुलेको हो। बोर्डले मन्त्रिपरिषद्को निर्णय पाएलगतै नयाँ स्टक एक्सचेन्ज अनुमति दिने प्रक्रिया अगाडि बढाउनेछ। स्रोतका अनुसार चुनाब अघिनै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिइनेछ। निजी क्षेत्रको स्टक एक्सचेन्जका लागि धेरै अगाडिदेखि चर्चा चलेपनि कार्यान्वयनमा भने आउन सकेको छैन। बोर्डले गरेको अध्ययनमा समेत नयाँ स्टक एक्सचेन्ज चाहिने उल्लेख छ। रेवतबहादुर कार्की बोर्ड अध्यक्ष भएका बेला नयाँ स्टक एक्सचेन्जको अनुमति दिने तयारी गरेका थिए। तर व्यवसायिक घरानाबीचको…

Read More

काठमाडौं – प्रहरी प्रधान कार्यालयले एकै पटक २८८४ जना प्रहरी जवानको सरुवा गरेको छ । उनीहरूले असोजदेखि तलब, भत्ता र सेवा सुविधा पाउनेगरि उनीहरुकाे सरुवा गरिएकाे हो । सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोला

Read More