काठमाडौँ – गायक शिव परियारले बलात्कारको विषय र समयसामयिक घटनालाई लक्षित गर्दै आक्रामक प्रतिक्रिया दिएका छन्।
उनले ‘देशको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ’ भन्ने प्रश्न गर्दै नेपाल सरकारलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।
बलात्कारलाई व्यवसाय बनाउनेहरूको समयमै उपचार नगरे नेपाल बलात्कारीहरूको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर नलाग्ने भन्दै समयमै अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘कृपया यतिबेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरूले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु।’ हालै नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ।
२२ वर्षीया कप्तान लामिछानेमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको हो। मंगलबार प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जाहेरी परेको थियो। लामिछाने भने यतिबेला लिगका लागि क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।
यसअघि नाबालिगविरुद्ध यौन दुर्व्यवहार गरेको आरोपमा यसअघि नायक पल शाहविरुद्ध पनि उजुरी परेको थियो। नवलपरासी र तनहुँ गरी दुई ठाउँमा जाहेरी परेका पल शाहले सन्दीपमाथि उजुरी परेकै दिन अर्थात् हिजो मात्रै सफाइ पाएका हुन्।
बलात्कारको मुद्दामा सफाइ पाएको भए पनि पलमाथि बाल यौन दुर्व्यवहारको मुद्दामा दुई वर्ष ६ महिना कैद सजाय र दश लाख रुपैयाँ जरिवाना जिल्ला अदालत नवलपरासीले फैसला गरेको छ।
गायक परिवारको सो प्रतिक्रिया पनि यसै प्रसंगसँग जोडेर सामाजिक सञ्जालमा यतिबेला टिकाटिप्णी चलेको छ।
बलात्कारजस्तो जघन्य अपराधको विषयमा गायक परिवारको सो अभिव्यक्तिप्रति चर्को विरोधसमेत भइरहेको छ।