Author: Nisha Shrestha

काठमाडौं – नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ बेलबारी नगरपालिका-९ घर भई काठमाडौं गौशाला बस्ने एभीआई फोटो स्टुडियोका संचालक ३० वर्षीय चबुरलाल चौधरी, सिन्धुली सुनकोशी गाउँपालिका-४ घर भई काठमाडौं बानेश्वर बस्ने एमए जेनरल फोटो स्टुडियोका संचालिका ४३ वर्षीया सुमित्रा कोईराला र सोलुखुम्बु दुधकुण्ड गाउँपालिका-४ घर भई काठमाडौं बानेश्वर बस्ने आरएन फोटो स्टुडियोका संचालक २४ वर्षीया फुल्हमु तामाङ रहेका छन् । काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीमा संचालित बिभिन्न फोटो स्टुडियोहरुले एसएलसी, प्लस टु उत्तिर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताइन्। बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भइ उनले यस्तो बताएकी हन्न्। उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताउनुभयो । उनले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाइसकेको उल्लेख गर्दै बिहिबार अतिथिहरु आउने क्रम जारी रहने बताइन् ।उनले कोरोना संक्रमण पुन: बढ्न थालेकोले महानगरले बोलाएका पाहुनाहरुमा कमी हुनसक्ने पनि बताउनुभयो। उले बोलाइएका पाहुनाहरु र देशबासीहरुसँग मिलेर महानगर इन्द्रजात्रा सम्पन्न गर्न सक्षम रहेको पनि बताउनुभयो । इन्द्रध्वजोत्थनमा सहभागी स्थानीयहरुले यस वर्ष पर्यटकलाई जात्रा हेर्न सहजीकरण हुने…

Read More

सुनसरी –   आगामी मङ्सिर ४ गते हुने निर्वाचन लागि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएका छन् । सोही क्षेत्रबाट उनी छपटक प्रतिनिधिसभा सदस्यमा विजयी भइसकेका छन् । यस्तै सुनसरी क्षेत्र- ३ बाट समानुपातिकतर्फ हरिप्रसाद सापकोटा, सप्पनकुमार दास, कपलेश्वर यादव, कल्पना चौधरी, समित्रा थरुनी, सीता भुसाल, सरिताकुमारी यादव र हेमलता चौधरीलाई सिफारिस भएको जनाएका छन् । यस्तै सुनसरी क्षेत्र नं ३ (क) बाट प्रत्यक्षमा ओम थापा, महेश बाँस्तोला, जितेन्द्र केसी, दीपक ढकाल, रोहित प्रसाईँ, रामरोहन चौधरीको नाम सिफारिस भएको छ भने समानुपातिकमा गोपालराज भण्डारी, हाजी महम्द अबदुल मियाँ, विष्णुबहादुर डाँगी, सुरज दास…

Read More

काठमाडौं – राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको छ । उपत्यका बाहिर रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्द फर्किएपछि उपलब्ध पदाधिकारी तथा बोर्ड सदस्यहरुको बैठक बसेर निर्णय गर्ने क्यानको तयारी छ । क्यान अध्यक्ष चतुर बहादुर चन्दका अनुसार आरोप लाग्नासाथ निलम्बन गर्ने वा दोषी प्रमाणित भएपछि मात्रै कारबाही गर्ने दुबै अभ्यास अन्तर्राष्ट्रिय स्तरमा देखिएको छ । अध्यक्ष चन्द भन्छन्, ‘आरोप लागिसकेपछि अनुसन्धानमा त सहयोग गर्नैपर्छ । तर जानीजानी सन्दीपलाई मर्का पर्ने गरी निर्णय पनि गर्नु…

Read More

काठमाडौं –  नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। आइतबारदेखि तीन दिनसम्म लगातार बढेको सुनको मूल्य आज(बुधबार) प्रतितोला एक हजार रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ११ सय २५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको…

Read More

काठमाडौं – नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आज मुस्ताङ जाने भएका छन्। पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न उनी आज मुस्ताङ जाने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ। मुक्तिनाथको दर्शन गरी आजै उनी पोखरा आउने कार्यक्रम रहेको छ। त्यहाँ उनले पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्नेछन्। भारीय स्थल सेनाध्यक्ष पाण्डेले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए।

Read More

काठमाडौं – नागरिकता विधेयक पुनर्विचार नगरी जस्ताको तस्तै संविधानत: बाध्यतात्मक अनुमोदनका लागि संसदले शीतल निवास पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सघन छलफल जारी राखेकी छन्। भोलि बिहीबार राष्ट्रपति भण्डारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अवकाशप्राप्त एआइजी र आइजिपी गरी १०० भन्दा बढीलाई परामर्शका लागि भोलि बिहीबार बोलाइएको राष्ट्रपति भवनस्रोतले जनायो। संसदका दुवै सदनले पहिलोपल्ट उक्त विधेयक पारित गरी शीतलनिवास पठाइएपछि राष्ट्रपति भण्डारीले सिलसिलाबद्ध छलफल पछि पुनर्विचारका लागि १५ बुँदे प्रश्नका साथ परिषदमा फिर्ता पठाए पनि संसदका दुवै सदनले कुनै पुनर्विचार या उनका सुझावलाई सम्बोधन नगरी जस्ताको तस्तै संविधानत: बाध्यात्मक अनुमोदनका लागि राष्ट्रपतिसमक्ष फिर्ता पठाएका थिए।  यसरी दोस्रो…

Read More

काठमाडौं –  निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ । नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ । सुरुमा निर्वाचन शिक्षाका लागि नमूना मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दुई दिनभित्र नमूना मतपत्र छपाइ सकेर समानुपातिकतर्फ मतपत्र छापिने उनले बताए । पहिलो चरणमा प्रदेश तहको र त्यसपछि संघ अन्तर्गतको मतपत्र छाप्ने आयोगको योजना छ । आगामी निर्वाचनमा करिब एक करोड ८० लाख मतदाता कायम…

Read More

कतिपय साइनोहरु जन्मजात स्वत बनेको हुन्छ अनि कतिपय सोचेर सम्झेर अनेकन हिसाब किताब गरेर बनाइन्छ त कतिपय यत्तिकै बन्न जान्छन् । अनि रोचक त के हुन्छ भने कतिपय यत्तिकै बनेका सम्बन्धहरु अरु दुईखाले सम्बन्धहरु भन्दा पनि प्रगाढ बन्छ । त्यसरी बनेको प्रगाढ सम्बन्धहरुमा एक अर्काको सुखमा खुशीमा अनि दु:खमा पनि अकल्पनीय हुँदो रहेछ भने वियोग त सहनै नसकिने । मेरो जीवनमा त्यस्तै अनायासै जोडिएका केही सम्बन्धहरु यति प्रगाढ भए कि त्यस्ता सम्बन्धहरु जीवनको अभिन्न अंग बनेका छन् । नेपाल प्रहरीका अवकाश प्राप्त अतिरिक्त महानिरिक्षक स्वर्गीय पंकज श्रेष्ठ दाईसंग मेरो त्यस्तै प्रगाढ सम्वन्ध बनेको थियो । आज यो लेख्दै गर्दा पंकज…

Read More

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ९ सय ८१ पिसिआर परीक्षणका क्रममा १ सय ७७ जना र २ हजार ६ सय ९ एन्टीजेन परीक्षणका क्रममा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा २ हजार ४ सय ५७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Read More