Author: Nisha Shrestha

कैलाली – गेटा गाउँका किसान रामदिन रानाथारु चार दशकअघि स्वठ्यारी, राइमुनुवालगायतका रैथाने जातका धान खेती गरेको अहिले सम्झिरहनुहुन्छ । चार दशक अघिसम्म उहाँको खेतमा गरिने खाद्यान्न र तरकारी बाली रैथाने थिए । अहिले हाइब्रिड जातको बाली लगाउँदा कृषि उपजको कमाइ केही बढ्ने गरेको देखिए पनि खानमा स्वास्थ्यकर र पोषिलो हुने रैथाने खाद्यान्नको बीउ हराउँदा चिन्ता भने उहाँलाई चिन्ता लागेको छ । उमेरले ६५ वर्ष पुग्नुभएका रानाले भन्नुभयो, “अहिले आधुनिक खेती प्रणालीको नाममा माटो र वात।ावरण बिगार्ने काम मात्र भइरहेको छ ।” कञ्चनपुरका निरुप्रसाद चौधरी त्योबेला विषादी र रासायनिक मलको प्रयोग बिना खेती हुने रैथानेबाली अहिले हराइसकेको बताउनुहुन्छ । “रैथाने जातका…

Read More

डडेल्धुरा- डडेल्धुरामा लागुऔषध चरेस बिक्री वितरण गर्ने एकजना पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका–८ खनमडाका ६० वर्षीय करनराज पाण्डेय पक्राउ परेका हुन् । आफ्नो खुद्रा लागुऔषध चरेसको कारोेबार गर्ने गरेको छ भन्ने गोप्य सूचनाका अनुसार जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले पाण्डेयलाई शनिबार बेलुकी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। पक्राउ परेका पाण्डेयलाई जिल्ला प्रहरी कार्यालयले आइतबार पक्रार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको छ। घरमा लुकाइ–छिपाई राखेको अवस्थामा ७ सय ग्राम लागुऔषध चरेसजस्तो देखिने पर्दाथ बरामद गरिएको डीएसपी भट्टले बताए। उनका अनुसार पाण्डेयलाई नियन्त्रणमा लिई कानुन बमोजिम अनुसन्धान भइरहेको छ। लागुऔषध (नियन्त्रण्) ऐन, २०३३ बमोजिम ५ सय…

Read More

काठमाडौँ – सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको तयारी थालेको छ । अर्थ मन्त्रालयले बजेटसँग सम्बन्धित विषयमा सरकारसँग खुला सुझाव माग मागेको हो । मन्त्रालयले सरोकारवालाबाट १५ वैशाखसम्म आइपुग्ने गरी सुझाव माग गरेको छ । सङ्घसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आम सर्वसाधारणले अर्थमा बजेटसँग सम्बन्धित सुझावहरू पठाउन सक्ने भएका छन् । अर्थ मन्त्रालयले यति बेला विभागीय मन्त्रालयहरूबाट बजेट तथा कार्यक्रम माग गरेको छ । सोही अनुसार मन्त्रालयहरू नयाँ बजेटको निर्माणमा जुटेका छन् । मन्त्रालयले समेत बजेट लेखनका लागि समिति गठन गरेर काम गरिरहेको छ ।

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्। नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । खोटाङका पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुन् । राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिसकेका छन् ।

Read More

कैलाली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार (आज) धनगढी पुगे । उनी काठमाडौँबाट धनगढी बुद्ध एयरमा गएका थिए । उनी धनगढी पुगेर बुद्ध एयरबाट झर्दै गर्दा रातो कार्पेट बिछ्याएको छ । सर्वसाधारणसँगै धनगढी पुगेका प्रचण्डलाई बुद्ध एयरले रातो कार्पेट बिछ्याएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। धनगढी विमानस्थलका अनुसार उनलाई बुद्ध एयरले नै रातो कार्पेट बिच्छाएको हो ।

Read More

काठमाडौं – अन्नपूर्ण बेस क्याम्पबाट फर्किँदै गरेको हेलिकोप्टर दुर्घटनामा परेको छ । ९एन–ए एनबी कलसाइनको हेलिकोप्टर पोखराबाट अन्नपूर्ण बेस क्याम्पको लागि समान लिएर गएको थियो । सामान अनलोड गरेर फर्कने क्रममा अन्नपूर्ण बेस क्याम्पको पछिल्लो ढिस्कोमा ठोकिएर दुर्घटनामा परेको हो । दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते भएकी छन् । उनको उद्दारका लागि अर्काे हेलिकोप्टर पठाइएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । क्याप्टेनबाहेक अन्य कुनै पनि यात्रु नभएका कारण मानवीय क्षति नभएको भुलले जानकारी दिए ।

Read More

   काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार कैलालीको अत्तरियास्थित नेकपा एमालेका सचिव लेखराज भट्टको निवासमा पुगेका छन्। केहीबेर भट्ट निवासमा बिताएका प्रधानमन्त्री प्रचण्डले पत्रकारसँगको प्रतिक्रियामा भट्टको घरसँग ४० वर्षदेखिको सम्बन्ध रहेको बताए । ‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँमाथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो,’ उनले भने । उनले भट्टसँग समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको बताए । नेकपा माओवादीमा हुँदा प्रचण्ड र भट्ट एउटै पार्टीमा रहेर राजनीति गरेका थिए । उनी सुदूरपश्चिममा प्रचण्डका विश्वासपात्र मानिन्थे । तर, भट्ट तत्कालीन…

Read More

रुकुमपूर्व – रुकुमपूर्वमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो । यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो । एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशङ्कामा प्रहरीले शङ्कास्पद सात जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन् । दुवै जनाले लगाएको गहना लुटपाट भएकाले उनीहरूको हत्या गरिएको हुनसक्ने आशङ्का गरिएको छ । दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण…

Read More

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ । शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ । हिजो मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको सङ्ख्या ३५६ जना पुगेका छन् । काठमाडौँ उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन् ।…

Read More

काठमाडौँ – गण्डकी प्रदेशको राजधानी सहर पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नतिको निरीक्षणमा उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ । आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पोखरा महानगरका प्रमुख धनराज आचार्य, चिनियाँ राजदूत चेन सोङ्ग, भौतिक पूर्वाधार तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल लगायतको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको हो । सडक बिस्तार तथा स्तरोन्नतिको काममा ढिलाइ भएपछि उक्त टोलीले निरीक्षण गरेको हो । गत वर्षदेखि सुरु भएको आयोजनामा हालसम्म छ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । उच्चस्तरीय टोलीले आज…

Read More