Author: Nisha Shrestha

काठमाडौँ- फरार सूचीमा रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझीको सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको हो । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न काठमाडौं र ललितपुरको प्रहरी टोलीले उनको घर छापा मारेको हो ।

Read More

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई अर्धसैनिक प्रहरीले इस्लामावाद उच्च अदालतबाहिरबाट पक्राउ गरेको हो । भ्रष्टाचारको अभियोग लागेका उनी अदालतमा उपस्थित हुन त्यहाँ पुगेका थिए । उनले आफूमाथिको अभियोग राजनीतिप्ररित रहेको बताउँदै आएका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बख्तरबन्द गाडीमा आएका प्रहरीले उनलाई पक्राउ गरेका हुन् । गत वर्षको अप्रिल महिनामा उनी प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसयता उनी मुलुकमा तत्काल निर्वाचन हुनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न नसकिने उल्लेख गर्दै भने, ‘त्यसमा पनि तपाईँहरूको हिजोको जस्तो साथ सहयोग आवश्यक छ। म तपाईँहरूसँग अपिल गर्न चाहन्छु।’ आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्त्व दिएको उनले बताए। ‘अन्यायमा परेकालाई न्याय चाहियो। समानता चाहियो। तिनीहरूलाई पनि अधिकार चाहियो। सामाजिक न्याय भनेको त्यही हो,’ प्रचण्डले भने,‘सुशासन भनेको हाम्रो देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ। जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न…

Read More

कैलाली- कैलालीको भजनीस्थित महुन्याल बहुमुखी क्याम्पसले विद्यार्थीको सङ्ख्या बढाउन र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई क्याम्पससम्म पहुँच पु¥याउन निःशुल्क भर्ना अभियान सुरु गरेको छ । भजनी नगरपालिकाले क्याम्पसलाई उपलब्ध गराउने अनुदानको रकमबाट मिलान हुनेगरी स्नातक तहको पहिलो वर्ष भर्ना हुन आउने विद्यार्थीलाई भर्नामा निःशुल्क गर्ने भएको हो । आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा हासिल गर्न वञ्चित भएका विद्यार्थीलाई क्याम्पसको पहुँचमा पु¥याउन निःशुल्क भर्ना अभियान सुरु गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष टङ्कप्रसाद जोशीले बताउनुभयो । उहाँकाअनुसार नगरपालिकाले क्यम्पसलाई दिने रु ३६ लाख अनुदानबाट १० प्रतिशत रकम छात्रवृत्तिका लागि क्याम्पसले छुट्याउने निर्णय गरिएको छ । त्यहीँ रकमले नयाँ भर्ना हुन आउने…

Read More

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एकअर्कासँग जोडिएको बताउनुभएको छ । तिसौँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा युनेस्कोसँगको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासङ्घ र त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले राजनीतिक स्वतन्त्रताविना प्रेस स्वतन्त्रता सम्भव नहुने उल्लेख गर्नुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिकको सुदृढीकरणबाट मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सम्भव छ, अहिलेको पुस्तालाई सुन्दा पनि कथाजस्ता लाग्छ, तर कुनै यस्तो जमाना थियो, जतिबेला लेख्ने बोल्ने स्वतन्त्रताकै लागि जनताले बलिदानपूर्ण सङ्घर्ष गर्नुपरेको थियो ।” लोकतान्त्रिक गणतन्त्रमा अधिकारको हनन गर्नु दण्डनीय भएकाले…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठिक ठाउँमा नआउने बताएका छन् । अर्थमन्त्री डा। प्रकाशशरण महतले पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि मङ्गलवार प्रतिनिधि सभामा यस्तो धारणा राखेका हुन् । लिङ्देनले सबैभन्दा अनुत्पादक क्षेत्र सङ्घीयता भएकोसमेत जिकिर गरे । ‘इमान्दारितापूर्वक भन्ने हो भने हाम्रो अनुत्पादक क्षेत्र भनेको हिजो आन्दोलनको रापतापमा ल्याएको प्रणाली हो । अहिलेको प्रणालीमा हामीले संशोधन नगरेसम्म यति ठूलो सङ्ख्याको जनप्रतिनिधिको संख्या कटौती नगरेसम्म, यो प्रदेश भन्ने खारेज नगरेसम्म हाम्रो अर्थतन्त्र ठिक ठाउँमा आउँदैन, अनुत्पादक क्षेत्र सबैभन्दा ठूलो यो क्षेत्र हो’ उनले भने ।

Read More

काठमाडौँ- नेपाल प्रहरीका १२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एसएसपीको आज काज सरुवा गरेको हो । सूची :

Read More

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयमा मङ्गलवार अपराह्न सचिवालय बैठक बसेको हो। २८ वैशाखदेखि ३० सम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डालगायत विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बसेको हो।

Read More

धनगढी – नेकपा एमालेका राजेन्द्र रावल नेतृत्वको सरकारमा एक महिनासम्म बिना विभागीय मन्त्री बनेका खगराज भट्ट यसपटक भने मन्त्री नबन्ने भएका छन् । माओवादी संसदीय दलका नेता समेत रहेका भट्टले भौतिक पूर्वाधार वा आर्थिक मामिला मन्त्रालय नपाउने अवस्था बनेपछि मुख्यमन्त्री कमल शाह नेतृत्वको सरकारमा नजाने स्रोतले बतायो । स्रोतकाअनुसार उनी साढे २ वर्षपछि मुख्यमन्त्री बन्ने समझदारीअनुसार अहिले अन्य प्रदेशसभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन् । माओवादीले भौतिक र आर्थिक मामिला मन्त्रालय नपाउने भएपछि तीन वटा मन्त्रालयमा दाबी गरेको छ । काठमाडौँमा रहेका मुख्यमन्त्री शाहले मन्त्रीपरिषद् विस्तारबारे शिर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । शाहले बुधबारसम्म मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरेका छन्।

Read More

टीकापुर- कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा प्रकोपको जोखिम रहेका स्थानमा सूचना प्रवाहका लागि साइरन जडान गर्न थालिएको छ । यी पालिकामा सबैखाले विपद् तथा प्रकोपका समयमा सहज सूचना प्रदान गर्नका लागि बहु–विपद पूर्व सचेतना उपकरण साइरन जडान गर्न थालिएको हो । जानकी गाउँपालिकाका तीन स्थानमा साइरन जडान गरिएको छ भने टीकापुरमा तीन स्थानमा जडान गर्ने तयारी छ । जानकी–४, ६ र ९ मा साइरन प्रणाली जडान भएको पालिकाले जानकारी दिएको छ । विपत तथा प्रकोपका बेला आइपर्ने सम्भावित जोखिमबाट बच्न तथा क्षति न्यूनीकरण गर्नका लागि स्थानीयवासीलाई सहज र छिटो सूचना दिन साइरन प्रणाली जडान गरिएको गाउँपालिकाका विपद् फोकल पर्सन…

Read More