धनगढी – नेकपा एमालेका राजेन्द्र रावल नेतृत्वको सरकारमा एक महिनासम्म बिना विभागीय मन्त्री बनेका खगराज भट्ट यसपटक भने मन्त्री नबन्ने भएका छन् । माओवादी संसदीय दलका नेता समेत रहेका भट्टले भौतिक पूर्वाधार वा आर्थिक मामिला मन्त्रालय नपाउने अवस्था बनेपछि मुख्यमन्त्री कमल शाह नेतृत्वको सरकारमा नजाने स्रोतले बतायो ।
स्रोतकाअनुसार उनी साढे २ वर्षपछि मुख्यमन्त्री बन्ने समझदारीअनुसार अहिले अन्य प्रदेशसभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन् । माओवादीले भौतिक र आर्थिक मामिला मन्त्रालय नपाउने भएपछि तीन वटा मन्त्रालयमा दाबी गरेको छ ।
काठमाडौँमा रहेका मुख्यमन्त्री शाहले मन्त्रीपरिषद् विस्तारबारे शिर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । शाहले बुधबारसम्म मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरेका छन्।
Facebook Comments Box