Author: Nisha Shrestha

काठमाडौं – उत्तर कोरियाले परमाणु परीक्षण गरे त्यसको कडा जबाफ दिइने अमेरिका, दक्षिण कोरिया र जापानसहितका तीन देशले संयुक्तरूपमा चेतावनी दिएका छन् । अमेरिका , दक्षिण कोरिया र जापानले उत्तर कोरियाले अब परमाणु परीक्षण गरिए त्यसको ठुलो जबाफ फर्काउने बताएका हुन् । उत्तर कोरियाले आउने समयमा यस्तै परमाणु हातहतियारको परीक्षण गर्ने तयारी गरिरहेको विषयमा उनीहरूले यस्ता चेतावनी दिए । यी तीन वटै देशका उच्चस्तरीय प्रतिनिधिहरूको बैठक बिहीबार बस्यो । दक्षिण कोरियाको सुरक्षा सल्लाहकार किम सुङ हानले उत्तर कोरियाको अर्को परमाणु परीक्षणको तीनवटै देशले तत्काल जबाफ फर्काउने बताए । यो वर्ष सुरु भएयता ६ वटा परमाणु परीक्षण गरिसकेको छ । होनोलुलु…

Read More

चितवन – चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा आज बिहान माईक्रो बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् । घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । नारायणगढबाट काठमाण्डौ आउँदै गरेको बा ३ ख ४६ ५४ नम्बरको माइक्रो बस आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।

Read More

डोटी – डोटीको जोरायल गाउँपालिका-२ मिल चौराहास्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका-६ घर भएका २४ वर्षीय लोकेन्द्र साउदसहित १२ जना छन् । इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको टोलीले उनिहरुलाई गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जुवा खालबाट प्रहरीले १ लाख २२ हजार नगद र ३ बुक तास बरामद गरेको छ ।

Read More

काठमाडौं – नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै छ । लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको नोक्सानीका कारण दैनिक बिक्रीबाट सङ्कलन हुने रकम आइओसीलाई भुक्तानी गर्दा पनि बुधबारसम्म करिब २१ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ । आइओसीको बक्यौता रकम भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने विषय निगमको लागि चुनौतिपूर्ण रहेको प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ । सञ्चित बचत सकिएपछि पेट्रोलियम पदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारले गत असार अन्तिममा निगमलाई सात अर्ब ऋण उपलब्ध गराएको थियो । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन…

Read More

काठमाडौं – शुक्रबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर ९३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला ११ सय रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर ११ सय ५ रूपैयाँ कायम भएको छ ।

Read More

सुर्खेत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका छन् । उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास पनि भइरहेको जानकारी दिए । आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं ।’ केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको बताउँदै प्रचण्डले भने, ‘त्यहाँ घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइराख्या छ ।’

Read More

काठमाडौँ – दोल्ती पावर कम्पनीले साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने तयारी गरेको हो । स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८ कित्ता सेयर बिक्री खुलाउने स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको आईपीओ बिक्री खुलाउन अनुमति मागेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक तथा निष्कासकमा एनआईसी एसिया क्यापिटल रहेको छ । बोर्डले आईपीओ बिक्री गर्न अनुमति दिएलगत्तै पावरले बिक्री खुलाउनेछ ।

Read More

रामपुर – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-५ हिउँदेखोलामा निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा सो सडकखण्ड अवरुद्ध बनेको हो । गए राति नयाँ डाइभर्सन निर्माण गरे पनि सो ठाउँमा रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिहीबार दिउँसो सो ठाउँमा करिब ४० मिटर जमिनसहित सडक भासिँदा पूर्णरूपमा बन्द भएको थियो । राति केही समय एकतर्फी सञ्चालन भए पनि आज बिहान करिब ३ बजेदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । माथिबाट पहिरो खस्ने क्रम जारी छ । वर्षा नरोकिएकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको…

Read More

भोजपुर – एक समयमा नेपालभर आवश्यक पर्ने टक(डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व अब भने मेटिँदै गएको छ । खासगरी टक्सार बजारमा बसाइँसराइका कारण कलात्मक शैलीमा निर्माण गरिएका घर जीर्ण बनेका छन् भने कतिपय घर भत्किन थालेका छन् । टक्सारमा टक छाप्ने पेशा शाक्य वंशले गर्दै आएको स्थानीय जानकार बताउँछन् । यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक (डोली पैसा) राणा शासनमा प्रचलनमा थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यहाँ भित्र्याएका थिए । टक्सारमा नेपालकै पहिलो शाक्यमुनि बौद्ध…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २६९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ३५५७ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । नेपालमा पछिल्लो १ दिनमा २१५ जना कोरोनामुक्त भएका छन् । यससँगै मन्त्रालयका अनुसार नेपालमा अहिलेको अवसमा ३१५८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै गत २४ घण्टामा नेपालमा १ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २ पुगेको छ ।

Read More