Author: Nisha Shrestha

राष्ट्रपति रामचन्द्र पौडेलको जन्म आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा भएको हो । उहाँका श्रीमती सविता पौडेल तथा चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) र एक छोरा (चिन्तन) हुनुहुन्छ । मध्यमवर्गीय किसान परिवारमा जन्मनुभएका पौडेलको स्थायी बसोबास तनहुँको व्यास–८ बेलथुम्की हो । हाल काठमाडौँ महानगरपालिका–१६ बोहोराटारमा बस्दै आउनुभएका पौडेलले शास्त्री (संस्कृत साहित्य, २०२४) र स्नातकोत्तर तह (नेपाली साहित्य २०२७) उत्तीर्ण गर्नुभएको छ । पौडेललाई अध्ययनशील, बौद्धिक, सादगी, जुझारु एवम् सङ्घर्षशील व्यक्तिका रूपमा लिइन्छ । विसं २०१६ मा पोखरामा हिमालयन छात्र सङ्घ स्थापना गर्नुभएका पौडेल पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दै गर्दा…

Read More

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर नगएको प्रतिक्रिया दिएका छन्। माओवादीनिकट शिक्षक सङ्गठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अब छिट्टै माओवादी घटकहरू एकै ठाउँमा आउने दाबी गरे। उनले भने, ‘विस्तृत शान्ति सम्झौता भन्दा बाहिर अध्यक्ष तथा प्रधानमन्त्रीमाथि नै केही होला कि भन्ने तरङ्ग र चिन्ता पैदा भयो। तर, म बिल्कुल चिन्तित थिइन्। मलाई यो हामीलाई सहयोग गर्ने कुरा नै भइरहेको छ भन्ने लागेको थियो। हामी विभाजित माओवादीहरूलाई एकै ठाउँमा आउँ भन्ने आदेश हो जस्तो बुझे मैले। हामीलाई एक ठाउँमा ल्याउन मद्दत नै गर्‍यो। छिटो भन्दा छिटो ऐन अगाडि…

Read More

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले पदभार ग्रहण गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका थिए। शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति लगायतको उपस्थिति थियो। पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। साथै नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको छ। साथै निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए। आजबाट…

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिएसंगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भएकी छन् । भण्डारी लगातार दुई कार्यकाल पूरा गरी आज शीतल निवासबाट बिदा भएकी हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल गाडीमै पुगेर बिदाइ गरेका छन् ।

Read More

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट उपराष्ट्रपति पदकी उम्मेदवार प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छन् । उपराष्ट्रपतिका लागि शनिबार उम्मेदवारी दर्ता गरेकी उनले साेमबार उम्मेदवारी फिर्ता लिएकी हुन्। यादवले आज एक विज्ञप्ति जारी गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन्। ‘प्रतिनिधिसभा सदस्य रामसहाय प्रसाद यादव नेपालको निरंकुश शासन प्रणालीकाविरुद्ध लोकतन्त्र स्थापनाका लागि त्याग र संघर्ष गर्नुभएको अग्रज नेता हुनुहुन्छ। उहाँ पराष्ट्रपति जस्तो गरिमामय पदका लागि सबैभन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ’, विज्ञप्तिमा उनले भनेकी छन्, ‘प्राविधिक रुपमा मेरो नाम उम्मेदवारको सूची रहन गएको भए ता पनि प्रतिवद्धताका साथ म उहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको…

Read More

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले शपथ लिएका हुन्। उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन्।

Read More

काठमाडौँ- विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा पिएनजीविरुद्धको खेलमा नेपालले कीर्तिमानी जित निकालेको छ। जितसँगै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउन अब एक जित मात्रै टाढा छ। नेपालले पिएनजीले दिएको ९६ रनको लक्ष्य १ विकेट गुमाएर २५४ बल बाँकी हुँदै पूरा गर्‍याे। पिएनजीविरुद्धको जारी सिरिजको अन्तिम खेलमा नेपालले ९ विकेटको जित निकालेको हो। यो नेपालले विकेट अन्तरमा निकालेको सर्वाधिक फराकिलो जित हो। यसअघि नेपालले १२ फेब्रअरी २०२० मा युएसएविरुद्ध ५.२ ओभरमा नै २ विकेट गुमाएर ३६ रनको लक्ष्य पूरा गरेको थियो। नेपालको जितमा आसिफ शेखले नवौँ एकदिवसीय अर्धशतक पूरा गरे। उनले २१ बलमा ५३ रनको अविजित इनिङ खेल्दा कुशल भुर्तेलले…

Read More

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह सुरु भएको छ । शीतलनिवासमा आयोजित समारोहमा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाउने छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, संवैधानिक आयोगका प्रमुखहरू, मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि लगायत सहभागी छन् ।

Read More

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथअघि नेपाली काँग्रेसबाट राजीनामा दिएका छन्। पौडेलले सोमबार दिउँसो कामु प्रधानन्यायाधीशबाट शपथ लिने कार्यक्रम रहेको छ। उनले आइतबार नै काँग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै काँग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यसमेतबाट अलग भएको जानकारी गराएका थिए। पौडेल काँग्रेसमा वरिष्ठ नेता, केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य, केन्द्रीय संसदीय बोर्ड सदस्य तथा गत मंसिरमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद थिए।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको बताएका छन्। सोमबार हीरक जयन्तीको अवसरमा काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको पनि उनले बताए।

Read More