Author: Nisha Shrestha

काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली आफूले उलङ्घन गरेको स्वीकार गर्दै माफी मागेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउँदै सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि सत्तापक्षका माननीयबाट त्यसको उलङ्घन गर्ने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गराए लगत्तै उपसभापति खड्काले त्यसलाई स्वीकार गर्दै माफी मागेका हुन्।

Read More

काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रतिनिधिसभा नियमावली कहिले पास हुन्छ भनेर सभामुखलाई प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद डाँगीले प्रतिनिधिसभा नियमावलीको अभावमा संसदीय समिति गठन हुन नसकेको तथा संसद्ले प्रभावकारी रूपमा कार्यसंचालन गर्न नसकेको भन्दै सभामुखलाई प्रश्न गरेकी हुन् । राजनीतिक दलहरूले गर्ने शक्तिका खेलबाट संसद् प्रभावित हुन नहुने रास्वपा सांसद डाँगीले सभामुख र सबै सांसदले भूमिका निर्वाह गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘चार महिना भयो निर्वाचन सम्पन्न भएको तर देश र जनताको पक्षमा यो सदनप्रति जनताले जुन अपेक्षा राखेका थिए, त्यसमा हामी खडा हुन नसकेको स्पष्ट रूपमा आभास हुन थालिसकेको छ । सभामुख महोदय, राजनीतिले…

Read More

गोरखा – राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका छन् । आइतबार गोरखा दरबारको अवलोकन र गोरखकालीमा पूजापाठपछि गोरखा सङ्ग्रहालय परिसरमा जिल्लाका सरोकारवालासँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले भने, ‘सवारी शब्दको रूढ मिनिङ हुन्छ, यसलाई सामन्तवादको प्रतीकको रूपमा लिइन्छ । त्यसैले अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरे पनि भ्रमणको सन्दर्भमा सवारी शब्द प्रयोग नगरौँ । गोरखा आएर मैले राम शाहको न्यायको कुरा पनि सम्झेको छु, बिसे नगर्चीको कर्तव्य बोध पनि सम्झेको छु, मलाई गोरखामा स्वागत गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु ।’ सवारी शब्दको ठाउँमा आवागमन शब्द प्रयोग गर्न उनले सुझाए । गणतन्त्र र…

Read More

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कालापानी क्षेत्रमा जनगणना नगरिएकोबारे सरकारलाई प्रश्न सोधेका छन्। नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना किन नगरेको भन्दै उनले प्रश्न उठाएका हुन। प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै कुँवरले जनगणना नभएको कुरा के हो? भनेर प्रश्न गरे। ‘जनगणनाको तथ्यांक सार्वजनिक भएको छ। त्यो जनगणना गर्दा कालापानी, लिपुलेक र लिम्पियाधुराको जनगणना नभएको भन्ने जानकारी आयो। के यो साँचो हो? हाम्रो देशको सबैभन्दा धेरै चर्चा भएको ठाउँको जनगणना किन भएन? २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन हुन सकेन? सम्बन्धित निकायले जवाफ देओस्,’ उनले भने।

Read More

बैतडी- बैतडीको पाटन नगरपालिका–४ बत्थीका ५० वर्षीय जगदीश सिंह महराको भिरबाट लडेर मृत्यु भएको छ। आज (आइतबार) दिउँसो १ बजेतिर गाउँकै बग्गीचोर भिरबाट लडेर गम्भीर घाइते भएका महराको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका महरालाई उपचारका लागि पाटनस्थित स्वास्थ्य केन्द्रमा पु-याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

Read More

धनगढी – धनगढीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल मोनि विक २०२३ को अवसरम राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले उक्त कार्यक्रम गरेको थियो। धनगढीको शारदा माध्यमिक विद्यालय वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकका प्रादेशिक कार्यालयका कर्मचारी राजेन्द्र विष्टले जानकारी दिए। उनका अनुसार मीन बहादुर चौधरी र राजेन्द्र बहादुर बिष्टले कार्यक्रम सहजीकरण गरेका थिए। कार्यक्रममा डिजिटल बैंकिङ, ईन्टरनेट बैंकिङ, र मोबाईल बैंकिङको सेवाहरुका बारेमा प्रशिक्षण दिइएको थियो।

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरूको समस्या संसदमा उठाएका छन् । प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा झापा १ का सांसद शर्माले भूमिहीन र अव्यवस्थित नागरिकको समस्या समाधान गर्न ४ बुँदे आग्रह गरेका छन् । नापी नभएको ठाउँमा अविलम्ब नापी सुरु गर्न, जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाउन, कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाउन र अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गर्ने अन्तिम मितिको घोषणा गर्न शर्माले सरकारसँग आग्रह गरेका छन् । झापा बुद्ध शान्ति गाउँपालिकाकी ८० बर्षिया जसमाया केरुङ्गले आफ्नो हातमा लालपुर्जा नभएको गुनासो आफू समक्ष गरिरहेको शर्माले सदनमा सुनाए ।…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरू हतास मनस्थितिमा देखिएको, कर तिर्नेहरू निराश रहेको, व्यापारिक सहरहरू उजाड देखिएको भन्दै मुलुक गम्भीर बिरामी भएको बताएका हुन् । उनले भने, ‘मैले कर तिर्ने वर्ग निराश भएको पाएँ, यहीँ उद्यम गरेर टिक्न खोज्नेहरू हतास मनस्थितिमा रहनु हाम्रो राष्ट्र सिकिस्त बिरामी भएको अवस्था हो । सबैको व्यापार घटेको छ । व्यापार घटेपछि उद्योगको उत्पादन घट्नु सामान्य हो । व्यापारिक सहर उजाड हुँदै छन् । भर्खरै प्राप्त जनगणना अनुसार काम गर्ने उमेरका एक तिहाइ नेपाली केही पनि आर्थिक उपार्जन गर्दैनन्…

Read More

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बसिरहेको छ । बैठक सुरु भएलगत्तै सांसद अशोक राईले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । पहिचान माग्नु जनताको नैसर्गिक अधिकार रहेको भन्दै उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरी दमनबाट नागरिकको मृत्यु भएको बताए । आन्दोलनमा जनता मारिनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने भन्दै उनले कोशी प्रदेशमा भइरहेको आन्दोलनको माग सम्बोधन गर्न माग गरे ।

Read More

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिएका छन् । लुम्बिनी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना र जनमतका एक जना मन्त्रीले राजीनामा दिएका छन् । एमालेका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी तथा जनमत पार्टीका सीके गुप्ताले आइतबार मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका छन् ।

Read More