Author: Nisha Shrestha

लमजुङ – चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ४०-५० जना पर्यटक आउने गरेका छन् । “यस पदमार्गमा यतिबेला कम कम नै पर्यटक आइरहेका छन्, विश्वमा देखा पर्दै गएको आर्थिकमन्दीका कारण हुनसक्छ”, गुरुङले भने । कोरोना सङ्क्रमणपछि विगतमा आएकोझै पर्यटक हालसम्म आएका छैनन् । पर्यटकको कमीले पदमार्गका पर्यटन व्यवसायी चिन्तित छन् । जुर्मुराउँदै गरेको पर्यटन व्यवसाय कोरोना सङ्क्रमणले लामो समय ठप्प भयो, सङ्क्रमण हटेयता…

Read More

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९ का सवा दुई सय विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराइएको छ । इस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज हरिवनले खानेपानीको व्यवस्था गरेको हो । वडा १ को मस्लिम, पोखरीया तक्मा, बैद्यनाथपुर र शङ्करगञ्जका ७५, ३ को भक्तिपुर, खड्का र तीनघरे मगरटोलका ७५ र ९ को खुसीपुर, कुरैनियाँ, रामनगर र खोरियाटोलका ७५ विपन्न तथा गरिब घरपरिवारलाई चापाकलमार्फत शुद्ध पिउने पानीको व्यवस्था गरिएको उत्थानशील समुदाय निर्माण परियोजनाका परियोजना प्रमुख चिरञ्जीवी महतोले जानकारी दिए । जम्मा १५ वटा चापाकलमार्फत पिउने पानीको व्यवस्था गरिएको हो । नगरका यी तीन वडावासीले प्रयोग गर्दै आएको पिउने…

Read More

काठमाडौँ – एन आई सी एशिया बैंक लिमिटेडको कार्डसम्बन्धी सम्पूर्ण कारोबार २ दिनका लागि अवरुद्ध हुने भएको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार शुक्रबार राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो । ‘यस बैंकको कार्ड सेवा (डेबिट, क्रेडिट प्रिपेड) को स्विच अपग्रेशन र माइग्रेसन गर्न पर्ने भएकोले शुक्रबार राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटिएम र पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने छ,’ बैङ्कद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

Read More

कैलाली – कैलालीको टीकापुरस्थित मानव मलमूत्र व्यवस्थापन केन्द्रमा करिब एक वर्षमा ४५ ट्याङ्कर मलमूत्र पु¥याइएको छ । विसं २०७८ मा सुरु भएको केन्द्रमा एक वर्षमा उक्त परिमाणमा मलमूत्र व्यवस्थापनलाई ल्याइएपछि एकपटक पनि प्रशोधन गरिएको छैन । प्रशोधन प्रक्रिया सुरु हुन आवश्यक मलमूत्र नआएपछि प्रशोधन प्रक्रियाबाट मलमूत्र छान्ने काम अलपत्र परेको छ । केन्द्र अलपत्र पर्न थालेपछि यतिखेर परामर्शदाताका कर्मचारीले नगरपालिका र निजी सङ्कलक ट्याङ्कर चालकसँग छलफल थालेका छन् । सञ्चालन भएको दुई वर्षसम्म निर्माण कम्पनीले सञ्चालन गर्नुपर्ने शर्त छ । तर, सञ्चालन भएर नगरपालिकालाई हस्तान्तरण गर्ने अवधि एक बाँकी रहँदा केन्द्र सञ्चालन हुन नसकेपछि चिन्ताको विषय भएको छ । केन्द्र…

Read More

काठमाडौँ – प्रहरी महानिरीक्षकमा वसन्त कुँवर नियुक्त भएका छन् । शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजी बसन्तबहादुर कुँवरलाई आइजिपी नियुक्त गरेको हो । सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए ।

Read More

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। शुक्रवारको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । शुक्रबार प्रदेशसभामा ९१ जना सांसदहरू उपस्थित रहँदा मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ। मत दिन्न भन्ने पक्षमा ७ मत परेको छ ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ। संसदीय दल नेता हरिबहादुर चुमानले सरकारबाट बाहिरिने निर्णय भएको बताए । माओवादीले आज संसदीय दल बैठक राखेर सरकारबाट फिर्ता हुने औपचारिक निर्णय गरेको छ । गण्डकीमा माओवादीबाट २ जना मन्त्री छन्। उनीहरूले आजै राजीनामा बुझाउने तयारी गरेका छन्।

Read More

धनगढी-  कैलाली बहुमुखी क्याम्पसको स्ववियु सदस्यमा सर्वाधिक मत लियर गौरी सिंह विजयी भएकी छन् । कैलाली बहुमुखी क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचनको अन्तीम मतपरिणाम अनुसार नेपाल विद्यार्थी संघबाट सिंहले सर्वाधिक मत ल्याएर विजयी भएकी हुन् । सम्पन्न भएको स्ववियु निर्वाचनमा उनले प्रत्यक्ष तर्फका ३७ उम्मेदवार मध्ये सबैभन्दा बढी अर्थात् ८ सय ६८ मत ल्याएर बिजयी भएकी हुन्।

Read More

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातामा आभार प्रकट गर्नुभएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै उहाँले निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्ने गठबन्धन आबद्ध राजनीतिक दलका नेता, सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यप्रति आभार व्यक्त गर्नुभएको हो । उहाँले आफूलाई बाराबाट प्रतिनिधिसभा सदस्य विजयी गराउने मतदाता र सहयोगी मित्रमा धन्यवाद ज्ञापन गर्नुभएको छ । उपराष्ट्रपति यादवले राजनीतिक परिवर्तनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, नागरिक स्वतन्त्रता र मौलिक अधिकारका साथै अग्रगामी परिवर्तनको लक्ष्यप्राप्तिका लागि तथा शोषण, उत्पीडन, विभेद र असमानताका विरुद्ध भएको जनआन्दोलन, जनसङ्घर्ष, सशस्त्र सङ्घर्ष, ऐतिहासिक मधेस…

Read More

धनगढी – बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीकोे मृत्यु भएको हो। शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो। पुनर्वास नगरपालिका–१० मदनटोलकी सार्की गाउँकै स्थानीयसंग मेलापातका लागि नेशनल पार्क गएकी थिइन्। मेलापातका लागि गएका बेला बाघले आक्रमण गरेर महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए। अहिले भारतीय सुरक्षाकर्मीसंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सवडिभिजन वन कार्यालय पचगडियाका प्रतिनिधि घटनास्थलमा पुगेका छन्।

Read More