Author: Nisha Shrestha

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिमण्डल विस्तारको गृहकार्यमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलका नेताहरुसँग बुधवार यता दिनहुँ जसो छलफल गर्दै आएका छन् । बिहीबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान समाजवादीका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् । फागुन १२ पछि सत्ता समीकरण फेरिएसँगै कांग्रेस, एकीकृत समाजवादी, जसपालगायतलाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । एमाले, रास्वपा र राप्रपा…

Read More

काठमाडौँ – कोशी प्रदेश नाम खारेजी विरुद्धको आन्दोलनमा घाइते भएका पदम लिम्बू (लागेहाङ)को मृत्यु भएको छ । प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते भएका धरान-१५ का लिम्बूको आज(शुक्रबार) बिहान उपचारका क्रममा मृत्यु भएको हो । टाउकोमा चोट लागेर घाइते भएका उनलाई हिजो राति अचानक बेहोस भएपछि बिपी प्रतिष्ठानको आइसियुमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको उनको उपचारका क्रममा बिहान २ : ३० बजे नै मृत्यु भएको हो । यसैबीच प्रदेश नं १ को पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले लिम्बूलाई सहिद घोषणा गर्न माग गरेको छ…

Read More

काठमाडौँ- सातामा कारोबार हुने अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अंकले घटेर ३६१.०१ विन्दुमा पुगेको छ । बुधबार पनि सेयर बजार घटेको थियो । बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

Read More

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पर्यटकीय सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजना भएको नेपाल-इटाली चेम्बर अफ कमर्सको ९ औँ साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल इटालीबीचको सम्बन्धलाई नागरिक स्तरमा विस्तार गर्दै लैजानु पर्ने बताएका हुन् । उनले इटाली नेपालको भरपर्दो व्यापार साझेदार रहेको समेत बताए । हाल नेपाल र इटाली बीचको व्यापारमा नेपाललाई वार्षिक २ अर्बभन्दा धेरै घाटा रहेको र त्यो घाटा घटाउन पहल थालिनुपर्ने मन्त्री श्रेष्ठले बताए । उनले भने, ‘नेपालमा उत्पादित चिया कफी र कृषिजन्य वस्तु निर्यातको ठुलो सम्भावना छ । सिङ्गो युरोपमा नेपाली वस्तुको भ्यालु याड गर्ने सम्भावना छ…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले बिहीबार दिउँसो सिंहदरवारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘राजश्व छलि नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन्। ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्छ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस्। अवैध आयात नियन्त्रण गर्न राजश्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्नुस् । कच्चा पदार्थ र तयारी पदार्थ वा…

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् । राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा. दिनेश काफ्लेले जानकारी दिए । उनका अनुसार डा. निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो । उनले भने, ‘राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो । विभिन्न परीक्षण भएको छ ।’ त्यसै गरी राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरको बिपी कोइराला लायन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराएका छन् । प्रा. डा. सगुन जोशीले राष्ट्रपतिको आँखा परीक्षण गरेका थिए ।

Read More

काठमाडौँ – प्रतिनिधिसभा नियमावली, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा सभामुखका अधिकार कटौती गर्ने गरी सत्तापक्षका सांसद्हरुले संशोधन हालेका छन्। नियमावलीको नियम १३ मा एउटा उपनियम थप गरेर सभामुखका अधिकार कटौती हुने व्यवस्था थप्न उनीहरूले प्रस्ताव गरेका छन्। सभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट देवराज घिमिरे चुनिएका छन्। उनको अधिकार क्षेत्र कटौती गर्दै कार्य व्यवस्था परामर्श समितिलाई बलियो बनाउने तयारी सत्ता पक्षका दलहरूले गरेका छन्। नियमावलीको नियम १३ मा कार्य व्यवस्था परामर्श समितिका विषयमा उल्लेख छ। त्यसमै उपनियम ४ थप्ने प्रस्ताव छ। प्रस्तावमा भनिएको छ, ‘यस नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्य व्यवस्था परामर्श समितिको निर्णय अनुसार मात्र गर्नेछन्।’

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका छन्। आज सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेशागत र भौतिक सुरक्षाको प्रत्याभूति गरिने बताएका हुन् । उनले सञ्चारमाध्यम सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताए । उनले भने, ‘सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदङ्गा वा आतङ्कको बीमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ । सरकार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यक्त जनादेशका आधारमा राजनीतिक व्यवस्थापनको कामसहित विकास र समृद्धिको यात्रामा द्रुततर…

Read More

काठमाडौँ – भारतीय कांग्रेस आईका नेता राहुल गान्धीलाई अदालतले २ वर्षको जेल सजाय सुनाएको छ । बिहीबार गुजरातको सुरतस्थित अदालतले गान्धीलाई दुई वर्षको सजाय सुनाएको हो । यद्यपि उनी ३० दिनका लागि धरौटीमा रिहा भएका छन् । अदालतले दुई सालको सजाय गर्ने निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ । अर्थात् फैसला अनुसार गान्धी एक महिनासम्म पक्राउ पर्ने छैनन् । यो बीचमा उनले पुनरावेदन गर्न सक्नेछन् । सन् २०१९ मा गान्धीले कर्नाटकमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है रु’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका विरुद्ध भारतीय जनता पार्टीका विधायक…

Read More

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताए । प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहित स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले अबका पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्ने बताए । उनले राष्ट्र बनाउने सवालमा सरकारमा सामेल दलबीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा जोड दिए । उनले देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरी अघि बढ्न सत्तारुढ दललाई आग्रह गरे । उनले अस्थिरताले…

Read More