काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पर्यटकीय सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् ।
बिहीबार राजधानीमा आयोजना भएको नेपाल-इटाली चेम्बर अफ कमर्सको ९ औँ साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल इटालीबीचको सम्बन्धलाई नागरिक स्तरमा विस्तार गर्दै लैजानु पर्ने बताएका हुन् ।
उनले इटाली नेपालको भरपर्दो व्यापार साझेदार रहेको समेत बताए । हाल नेपाल र इटाली बीचको व्यापारमा नेपाललाई वार्षिक २ अर्बभन्दा धेरै घाटा रहेको र त्यो घाटा घटाउन पहल थालिनुपर्ने मन्त्री श्रेष्ठले बताए ।
उनले भने, ‘नेपालमा उत्पादित चिया कफी र कृषिजन्य वस्तु निर्यातको ठुलो सम्भावना छ । सिङ्गो युरोपमा नेपाली वस्तुको भ्यालु याड गर्ने सम्भावना छ ।’
Facebook Comments Box