Author: Nisha Shrestha

काठमाडौँ – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज दर्ज्यानी चिह्न लगाएका छन् । आइतबार उनलाई गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आईजीपीको दर्ज्यानी चिह्न लगाइ दिएका हुन् । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

Read More

काठमाडौँ – नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन भएका छन् । चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उनको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी सहित अन्य छ उपाध्यक्षमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा चयन भएका छन् । महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भएका छन् । सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भएका छन् । यस्तै सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तिनुङ चयन भएकी छन् ।…

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका छन्। गोरखा दरबार क्षेत्रको भ्रमण तथा गोरखकाली दर्शनलगायतका लागि राष्ट्रपति पौडेल आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत गोरखा पुगेका हुन्। राष्ट्रपति पौडेलले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजाआजासमेत गरेका छन्। पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गरेका छन्। उनले आज गोरखा बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रमसमेत रहेको छ।

Read More

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रालयको संख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पारेका छन् । गठबन्धनमा रहेका दलहरूसँग परामर्श गरेर उनले प्रारम्भिक प्रस्ताव तयार पारेका हुन् । प्रस्तावमा आज गठबन्धन दलसँग सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । शनिबार बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आज गठबन्धनको बैठक राख्ने र प्रारम्भिक प्रस्ताव पेस हुने बताएका छन् । गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूसँगको छलफलका आधारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यसहित आठ, माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक राज्यमन्त्रीसहित तीन, एकीकृत समाजवादीलाई एक राज्यमन्त्रीसहित तीन, जसपालाई दुई, जनमत, लोसपा र नागरिक उन्मुक्तिलाई एक–एक र स्वतन्त्र दुई सांसदमध्येबाट…

Read More

काठमाडौँ – निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय आइतबारसम्म रहेको जनाएको छ। आयाेगले दल दर्ताको समय चैत ८ गतेदेखि आजसम्म निर्धारण गरेकाे थियाे। उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ। आयोगका अनुसार नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्दछ। आयोगले चैत १६ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ। यसैगरी, आयोगले चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्नेछ। चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुन लागेको हाे। चितवन-…

Read More

काठमाडौँ – कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भएको आन्दोलनमा जनधनको क्षतिको छानबिनका लागि सरकारले समिति गठन गरेको छ । सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कोशी प्रदेश नामकरणको विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको मृत्यु भएको भएको थियो ।

Read More

बुटवल – नेकपा एमालेका नेता विष्णु पौडेलले नेपालमा राजश्व सङ्कलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताएका छन् । शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अहिलेको राजश्वले साधारण खर्च समेत धान्न नसक्ने बताएका हुन् । उनले भने, ‘यस्तो निराशाजनक अवस्था केही वर्ष यता थिएन । २०२४/२५ सालमा अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व सङ्कलन भएको इतिहास छ, सोही घटना चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’ पौडेलले मुलुकको आर्थिक अवस्था जटिल र सङ्कटपूर्ण रहेको बताउँदै अब सबै मिलेर समाधान खोज्नुपर्ने बताए । उनले मुलुकको सङ्कटपूर्ण आर्थिक अवस्थालाई मध्यनजर गरेर जिम्मेवार दलहरू सत्ता पक्ष र प्रतिपक्षको हिसाबले नभई सङ्कट समाधानका…

Read More

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रुसतर्फ चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए । “चीनले अहिलेसम्म रुसलाई हतियार उपलब्ध गराएको छैन भन्नेमा म विश्वस्त छु” क्यानडा भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलनमा भने । साथै उनले चीन र रुसबीचको सम्बन्धलाई सामान्य रुपमा नलिएको बताउँदै पछिल्लो समय सार्वजनिक भएका समाचारमा बढाइचढाइ भएको बताए । राष्ट्रपति बाइडेनले प्रजातन्त्रवादी पश्चिमा मुलुकबीचको सुदृढ सम्बन्धमा जोड दिँदै पारस्परिक एकता र सहयोग अपरिहार्य भएको बताए । उनले प्रशान्त क्षेत्रमा विद्यमान अमेरिकी गठबन्धन ‘क्वाड’ र अष्ट्रेलिया,…

Read More

   काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरूलाई सही रूपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् । शनिबार काठमाडौँमा रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले विभिन्न समस्याले बिदेसिन बाध्य भएका युवाहरूलाई नेपाल फर्किएपछि सहज रूपमा उत्पादन लगायतका क्षेत्रमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्थाका साथै स्थानीय समस्या पनि समाधान हुने बताए । स्वदेश फर्किएका नागरिकले देश विदेशमा हासिल गरेका अनुभवहरूलाई स्वदेशमा नै परिपक्व ढङ्गले सदुपयोग गर्नुपर्ने उनले बताए । ओलीले नेपालमा साम्प्रदायिकताको ठाउँ नरहेको र यसको नारा लगाएर समस्याको समाधान नहुने भन्दै मुलुकका सबै ठाउँमा एकताबद्ध भएर सामूहिक ढङ्गले…

Read More

काठमाडौँ- भारतले ‘खालिस्तान’ नामक अलग्गै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंका गरेको छ । पछिल्लो समय लन्डन र सन फ्रान्सिसकोसहित भारतमै पनि खलिस्तान पक्षधरको प्रदर्शन सुरु भएपछि भारतीय प्रहरीको खोजीमा रहेका अमृतपाल सिंह नेपाल पस्ने आशंकमा नेपाल भारत सीमामा सुरक्षा अलर्ट गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन । वारिस पञ्जाब दे नामक संगठनका प्रमुख सिंह उत्तराखण्ड पुगेको खबर सार्वजनिक भएपछि भारतीय सुरक्षा निकायले उनी सोही क्षेत्रबाट नेपाल पस्ने सक्ने आशंकमा पश्चिम नेपालतर्फका सिमानामा उच्च सतर्कता अपनाएको बताइएको छ । भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएअनुसार सिंह उत्तराखण्डबाट नेपाल पस्नसक्ने आशंकामा नेपाल–भारत सीमामा अलर्ट जारी…

Read More