काठमाडौँ – कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भएको आन्दोलनमा जनधनको क्षतिको छानबिनका लागि सरकारले समिति गठन गरेको छ ।
सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कोशी प्रदेश नामकरणको विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको मृत्यु भएको भएको थियो ।
Facebook Comments Box