Author: Nisha Shrestha

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्र श्राद्धको बाहुन जस्तो भएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्री बनेपछि ठुलाठुला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने सोचे पनि कामको चाप बढी हुने गरेको अनुभव सुनाए । मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिँड्ने सोह्र श्राद्धको बाहुन जस्तो भएको बताउँदै उनले माफीसमेत मागे । उनले भने, ‘म सांसद हुँदा सानो सानो काममा हिँड्थेँ । मान्छेहरूको बसको टिकटको समस्या हुँदा पनि पुग्थेँ । लाग्थ्यो कि मन्त्री भएँ भने फुर्सद हुन्छ होला ।ठुलोठुलो काममात्रै गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ,’ उनले…

Read More

काठमाडौं – नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवाका लागि सिफारिस गरिएको छ। आज बिहान बसेको बढुवा समितिले डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

Read More

काठमाडौँ – सिटी होटलले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गर्ने भएको छ। यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई २०८० वैशाख २५ गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई यही चैत २१ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको हो। होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १०५ ले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। जसअनुसार प्रति सेयर १ सय अङ्कित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गर्न लागेको हो। सोमध्ये १०५ अर्थात् १ लाख ६७ हजार ४ सय सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गर्न लागेको छ। जारी पुँजीको ४५…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ। समसामयिक राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद् बिस्तारलगायत विषयमा उनीहरूबीच कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन अझै सकेका छैनन् ।

Read More

काठमाडौँ – प्रि-ओपन सेसनमा सोमबार सेयर बजार ०.१४ प्रतिशतले घटेको छ । नेप्से परिसुचकमा २.६५ अंकले घटेर १८८५.६५ विन्दुमा आएको छ । यससँगै १७ कम्पनीको ८२२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ३९ हजार ३०५ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ। १३ उपसुचकहरु मध्ये हाईडोपावर कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

Read More

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरुले देखाएको बाटोमा वर्तमान कांग्रेस नेताहरु हिँड्नुपर्ने बताएका छन् । सोमबार बिहान काठमाडौँमा पूर्वमन्त्री स्व.नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले मूल्य मान्यता र आदर्शको राजनीतिमा नेताहरु हिँड्न आवश्यक रहेको बताएका हुन् । २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरुले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरुले देखाएको बाटोमा कांग्रेस नेताहरु कत्तिको हिँडेका छौँ भन्ने कुराको मनन गर्न आवश्यक रहेको उनले बताए ।

Read More

काठमाडौँ- सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरि बोलाएको हो । बैठकमा वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनबारे छलफल हुने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । साथै केही समय पछि हुने केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने उनले बताए ।

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन्। सोमबार बिहान स्वर्गीय नवीन्द्रराज जोशीको शालिक अनावरण गर्दै पौडेलले जनतासँगको निरन्तर सान्निध्यसँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताए। उनले भने, ‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ’ ‘जनतासँगको निरन्तर सान्निध्यसँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ।’ राष्ट्रपति पौडेलले जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने व्यक्तित्वको रूपमा आफूले स्व। जोशीलाई चिनेको बताए। उनले स्व। जोशीको व्यक्तित्व राष्ट्रिय रूपमा बनाएको उचाइ र छवि वर्तमान नेपाली…

Read More

-राम धामी डडेल्धुरा- डडेल्धुराका किसानहरुले पालेका पशु चौपायामा ‘लुम्पी स्किन डिजिज भाइरल’ रोगको प्रकोप देखिएको छ । जिल्लाको अमरगढी नगरपालिका, भागेश्वर, आलिताल गाउँपालिका तथा परशुराम नगरपालिकाका अधिकांश ठाउँमा किसानले पालेका पशु चौपायामा लम्पी स्कीन रोगको प्रकोप देखिएको हो । जिल्लाको गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा भने फाट्टफुट्ट रुपमा मात्रै लम्पी स्कीन रोगको प्रकोप देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डडेल्धुराले जनाएको छ ।पशु चौपायामा लम्पी स्कीन रोग देखा परेपछि किसानहरु चिन्तित भएका छन । यँहाका किसानहरुले पालेको गाई, गोरु, भैंसीमा लुम्पी स्किन डिजिज भाइरल रोगको रोग देखा परेको आलितालका किसान जानकी भट्टले बताइन । लुम्पी स्किन डिजिज भाइरल रोगका…

Read More