Author: Nisha Shrestha

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् । बिहीवार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन् । उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता रहेको बताए । उनले भने, ‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस् । तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ । एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ ।’ महामन्त्री…

Read More

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन बिहीबार सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसअघि बुधबार प्रतितोला २ हजार रुपैयाँ घटेको सुनको मूल्य बिहीबार बढेको हो। बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार २५ रुपैयाँले बढेर चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार…

Read More

काठमाडौं- प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचकमा ०.१८ अङ्कले वृद्धि भई १९३३.११ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको २१९ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ३०३ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । यता, १३ उपसूचकहरु मध्ये माइक्रोफाईनान्स कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

Read More

भक्तपुर – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ परेका छन्। उनीहरुको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए। पक्राउ परेकाहरुमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढीका-३९ वर्षीय दिलिप गिरीले सञ्चालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरुमध्ये दुईजना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ ।

Read More

पोखरा – नेपाली सेना पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना भएको भूतपूर्व सैनिक सम्मेलन सुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले यहाँस्थित फूलबारी ब्यारेकमा आज उद्घाटन गरेको सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने तीन हजार आठ सय ९४ भूपू सैनिकको सहभागीता छ । नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएसँगै निरन्तररुपमा विभिन्न क्षेत्रमा सेनाले भूपू सैनिक सम्मेलन गर्दैआएको छ । हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या…

Read More

महेन्द्रनगर – जिल्ला अस्पताल डोटीले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको छ । अस्पतालमा सुत्केरी हुन नसकेर जिल्ला बाहिर लैजानस परेमा एम्बुलेन्स सेवा निःशुल्क गरेको जिल्ला अस्पतालका अध्यक्ष धनबहादुर नेपालीले बताए । “आयस्तर कम भएका, सुत्केरी हुन नसकेर उच्च जोखिममा भएकालाई राहतस्वरुप अस्पतालले एम्बुलेन्स सेवा निःशुल्क गरेको हो”, उनले भने । स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यक दोहोरो प्रेषण प्रणालीको कार्यान्वयन भइरहेको उनले बताए । जिल्लाका जुनसुकै ठाउँबाट भए पनि स्वास्थ्य संस्था, स्थानीय तह वा स्वयं व्यक्तिको आग्रहमा जिल्ला अस्पतालकै…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन् । ओली आज दिउँसो १ बजे भद्रपुर हुँदै दमक पुग्ने भएका हुन् । एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार ओली आज दमकस्थित आफ्नै निवासमा बस्ने भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी भोलि नै नेकपा एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माओवादीका अयोग्य लडाकुलाई राहतको नाममा रकम वितरण गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । अयोग्य लडाकुको नाममा ठूलो रकम वितरण गर्ने सरकारी निर्णय आर्थिक अराजकताको पराकाष्ठा रहेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् । माओवादी लडाकुको नाममा यसअघि निकासा भएको अर्बौं रकम हिनामिना भएको आरोप खेपिरहेका माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अयोग्य लडाकुलाई जनही २ लाख राहत दिन कार्यविधि बनाउने निर्णय गरेको थियो । जसको चौतर्फी आलोचना भइरहेका बेला राप्रपाले पनि विरोध जनाउँदै सरकारको आर्थिक अराजकताको पराकाष्ठा रहेको टिप्पणी गरेको हो ।…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाज, कर्मचारीतन्त्र र सुरक्षा संयन्त्रमा दलितलाई न्याय दिनुपर्छ भन्ने सोचको विकास हुन नसकेको बताएका छन् । राष्ट्रियसभामा बुधबार जातीय भेदभाव, छुवाछूत, बलात्कार, हत्या, दमन, र शोषणजस्ता उत्पीडनविरुद्धको सङ्कल्प प्रस्तावमाथिको छलफलमा उठेका सवालहरूमा सरकारको तर्फबाट जवाफ दिँदै प्रधानमन्त्रीले दलित अधिकार र दलित मुक्ति आन्दोलनमा आफ्नो सरकारले ऐतिहासिक कार्य गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले दलित समुदायमाथिको अपमान र विभेदको अन्त्य गर्नकालागि कानुनलाई अझ कडा प्रबन्ध गर्ने र तिनको कार्यान्वयनका लागि सरकारले विशेष भूमिका निभाउने बताए । उनले भने, ‘दलितहरूमाथि हुने अत्याचार अन्त्य गर्नका लागि मैले विगतमा प्रधानमन्त्री कार्यालयको मातहतमै संरचना बनाएर काम गर्ने प्रयास…

Read More

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । समितिका सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन ०७८/७९’ पेस गर्नुभएको हो । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए । त्यस्तै उनले सभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यको नाम मनोनयन गरिएको बेहोरासमेत सदनलाई जानकारी गराएका थिए । शोक प्रस्ताव पारितबैठकले संविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । संविधानसभा सदस्य विमलीको यही चैत ७ मा ७४ वर्षको उमेरमा निधन भएको…

Read More