Author: Nisha Shrestha

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई नेपाली काँग्रेसले निर्देशन दिएको छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएको हो। सोमबार विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय काँग्रेसले गरेको छ । सत्तारुढ दलहरूको आन्तरिक छलफलपछि मन्त्रालय टुङ्गो लगाइने महतको भनाइ छ ।

Read More

काठमाडौँ – नेपाली काँग्रेसले सरकारमा जाने निर्णय गरेको छ । आज संघीय संसद भवनको शङ्कर हलमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको हो । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे काँग्रेसको संसदीय दलको बैठकले कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने छ ।

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठक सुरु भएको हो । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारको विषयमा छलफल हुने बताइएको छ।

Read More

राम धामी डडेल्धुरा – डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा बहुमुखी क्याम्पसमा आईतबार भईरहेको स्ववियु निर्वाचनका क्रममा मतदाता ओर्सान अमरगढी नगरपालिकाको सवारी साधन दुरुपयोग गरिएको छ । त्रिभुवन विश्वविद्यालयको आगिंक क्याम्पसका रुपमा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले मतदाता ओर्सान सरकारी सवारी साधनको दुरुपयोग गरिरहेको भन्दै चुनावी प्रतिष्प्रर्धामा रहेका विद्यार्थी संगठनहरुले आपत्ती जनाएका छन । नगरप्रमुख र उपप्रमुखसहित नेपाली काँग्रेसको बहुमत रहेको अमरगढी नगरपालिकाको स्वामित्वमा रहेको से.१.झ.२३९ नम्बरप्लेटको बोलेरो जीप दुरुपयोगगर्दै मतदाता ओसारेको संयुक्त प्यानलबाट स्ववियु सभापतिका उम्मेदवार मदनबहादुर बोहराले जानकारी दिए । चुनावी प्रतिष्प्रर्धामा रहेका विद्यार्थी संगठनहरु अनेरास्ववियु र अखिल क्रान्तीकारीले पनि नेपाल विद्यार्थी संघले सत्ताको दुरुपयोगगर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ग्रामिण आदर्श ब.क्याम्पसमा राप्रविसंलाई निर्विरोध घोषणा गर्न माग गरेको छ । निर्वाचनमा राप्रविसंको मात्र उम्मेदवारी पर्नाले निर्विरोध घोषणा गर्न माग गरेको हो । यद्यपी निर्वाचन समितिले मनोनयनपत्र दर्ता गर्न आनाकानी गरेको छ । आज आईतबार एक विज्ञप्ती जारी गर्दै राप्रविसंले निर्विरोध घोषणा गर्न माग गरेका हुन् । राप्रविसं ग्रामिण कलेजका अध्यक्ष किरण भट्टले निर्विरोध निर्वाचित भएको घोषणा नगरेमा राजनैतिक तथा कानुनी रुपमा प्रतिवाद गर्ने जनाएका छन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मनोनयन दर्ता गर्ने समय २०७९/११/२७ गते ठिक ११:०० बजे राप्रविसंले मनोनयन फाराम निर्वाचन आयोगमा बुझाएका हुन् भने निर्वाचन समितिले…

Read More

काठमाडौं– प्रि-ओपन सेसनमा आइतबार नेप्सेमा झिनो अंकले ओरालो लागेको छ । नेप्से सूचकमा ०.०८ अंकले ओरालो लागेर १९३३.२३ विन्दुमा आएको छ । यो सेसनमा ९ कम्पनीको कुल ४०२ कित्ता सेयर कारोबार हुँदा २ लाख ३ हजार ७८९ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ वटा कम्पनीको भाउ बढेको छ भने ५ वटैको मूल्य घटेको छ । यता १३ उपसुचकहरु मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ४ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ । यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ । ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका नौवटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन । गत तीन वर्षयता यहाँ एक हजार दुई सय ४६ सवारी दुर्घटना भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको देखिएको छ । उक्त सवारी दुर्घटनामा परेर यहाँ पाँच सय तीनको ज्यान गएको प्र्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल छन् । चालु आर्थिक वर्षको आठ…

Read More

काठमाडौँ – जनता समजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन् । पार्टीका केही शीर्ष नेताका साथ बानेश्वरस्थित सहकारी विभागको गेष्ट हाउसमा पुगेर उपराष्ट्रपति यादवलाई अध्यक्ष यादवले बधाई दिएका हुन् । उपराष्ट्रपति यादव हाल सहकारीको गेष्ट हाउसमा बसिरहेका छन् । बधाई दिने क्रममा अध्यक्ष यादवले संविधान, लोकतान्त्रिक गणतन्त्रको रक्षामा उपराष्ट्रपति यादवको महत्त्वपूर्ण भूमिका रहने विश्वास लिएको बताएका छन् । उनले जनताको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न समेत उपराष्ट्रपतिलाई सुझाव दिएका छन् । जसपाले यादवलाई उपराष्ट्रपतिमा सिफारिस गरेको थियो । उनी बारा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । यादव जसपाका कार्यकारिणी…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन् । मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताए । ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन’, उनले भने । गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो…

Read More

काठमाडौं – नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा भीम पडाल निर्विरोध निर्वाचित भएका छन् । शनिबार धनगढीमा सम्पन्न संघको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पडालको अध्यक्षतमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको साधारण सभा तथा अधिवेशनबाट पुस्तक तथा स्टेशनरी व्यवसायमा योग्दान पुर्याउँदै आएका व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मान हुनेमा जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक संयोजक खगराज भुषाल र पवन पुस्तक पसलका सञ्चालक वेदप्रकाश चुवाईलाई प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरिएको छ । साधारणसभामा भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय, धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष राजबहादुर ऐर, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ सुदूरपश्चिम…

Read More