Author: Nisha Shrestha

काठमाडौँ- राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाएका छन् । बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि सुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचारहरू विवरणहरू आए पनि सरकार गम्भीर नबनेको बताएका हुन् । उनले भने, ‘त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि सुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचारहरू विवरणहरू कान्तिपुर दैनिक लगायतका सञ्चारमाध्यमहरूमा निरन्तर आएका छन् । तर, सरकार त्रिभुवन विश्वविद्यालय सुधारमा गम्भीर छैन । उच्च शिक्षाको ८०/८५ विद्यार्थी अध्ययनरत यस विद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान हो ।…

Read More

जलेश्वर – चैतेदशैँको अवसरमा आज महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । प्रत्येक वर्ष असोज र चैतको दशैँमा मात्रै खोलिने गरेको यो मन्दिर आज चैत शुक्ल प्रतिपदाको अवसरमा देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए । मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । त्रिशूल धारण गरेकी त्रिशूली देवी भवानीको मन्दिर वर्षभरि खोलिँदैनन् भने उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैनन् । तर असोज र चैतको दशैँमा पुजारीले उनको विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताए…

Read More

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)द्वारा आज ललितपुरमा आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले सङ¬्घ, प्रदेश र स्थानीय तहले जनतासम्म आफ्ना सूचना पु¥याउन सामुदायिक रेडियोको संरक्षण गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ । सामुदायिक रेडियो प्रवद्र्धन गर्न नीतिगत व्यवस्थामा भएको समस्याको समाधान गर्नुपर्ने अवस्था छ । स्थानीय पालिकालाई सामुदायिक रेडियोसँग सहकार्य र साझेदारी गर्न मन्त्रालयबाट नीतिगत निर्देशन जारी गर्नेछु ।” उहाँले जनप्रतिनिधिका अनुकूलमा कर्मचारी पठाउँदा सुशासन कायम हुन नसक्ने…

Read More

बागलुङ – आजदेखि नवरात्र सुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादसैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ । असोजमा पर्ने नवरात्रमा जस्तै चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइने गरिन्छ । चैतेदशैँका अवसरमा कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ हिन्दू धर्मावलम्बीहरू मन्दिरमा पुग्ने गर्छन् । गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रूपमा रहेको बागलुङ कालिका मन्दिर दर्शन गर्दा मनले आँटेका सबै कुरा पूरा हुन्छ भन्ने विश्वासका साथ मन्दिर दर्शनार्थी आउने गरेको बागलुङ कालिका भगवती…

Read More

कञ्चनपुर – कञ्चनपुर क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका परिचित खेलाडी उत्पादनको हब भए पनि यहाँ खेल संरचनाको अवस्था भने दयनीय छ । नेपाली क्रिकेटका परिचित नाम विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरीदेखि भीम सार्कीको गृह जिल्ला कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म रहे पनि यहाँ खेल मैदानस्तरीय बनाउने विषय भने प्राथमिकतामा परेको छैन् । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा आधुनिक क्रिकेट मैदान निर्माण थालनी गरिए पनि सो कार्य अहिले अलपत्र छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालिएको थियो ।…

Read More

अफगानिस्तान – अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६.५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । अफगानिस्तानमा तीन र पाकिस्तानमा ९ जनाले ज्यान गुमाएका सम्बद्ध सरकारी अधिकारीहरूले बताएका छन् । जनस्वास्थ्य मन्त्रालयका लागि तालिवान सरकारका प्रवक्ता शराफत जमान अमरले दुई जनाको ज्यान गएको तथा अन्य २० जना घाइते भएका जनाएका छन् । भूकम्पको केन्द्रबिन्दु पाकिस्तान र ताजिकिस्तानको सिमाना नजिक अवस्थित अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ । भारतको राजधानी नयाँदिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । उत्तरपश्चिम पाकिस्तानका विभिन्न भागमा घरका छाना खस्दा नौ…

Read More

काठमाडौँ – वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकको सामाजिक सुरक्षा योजना लागू भएको छ । सामाजिक सुरक्षा कोषले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्यको प्रारम्भ गरेको हो । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको हो । इजरायलमा रहेकी मञ्जु थपलियाको पहिलो इनरोल रजिस्ट्रार गरिएको छ । प्रधानमन्त्री प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल सङ्ग्रौलालाई कोषमा आबद्ध भएको परिचयपत्र हस्तान्तरण गरे । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक…

Read More

काठमाडौँ- सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले घटेर आज छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । बुधबार तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको ५ रुपैयाँले घटेर बुधबार प्रतितोला १३ सय ३५ रुपैयाँ मूल्य कायम भएको महासङ्घले जनाएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित बानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङदेनले सो सुझाव दिएका हुन । गणतन्त्र र सङ्घीयता आएपछि सबैले बोल्न पाएको भन्ने प्रचण्ड सहभागी कार्यक्रममा मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भन्दै उनले प्रश्न गरेका छन् । उनले ट्वीटरमार्फत भनेका छन्, ‘‘हामीले गणतन्त्र ल्यायौँ, सङ्घीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौँ भन्नुहुने क.प्रचण्ड । हेर्नुहोस् त, हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो…

Read More

काठमाडौँ – संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको सुनुवाइ बुधवार(आज) पनि स्थगित भएको छ । सर्वोच्च अदालतले बुधवार पेशी सूची प्रकाशित गरी संवैधानिक पदाधिकारी नियुक्तीसम्बन्धी १५ वटा रिट निवेदनको सुनुवाइ स्थगित भएको जनाएको छ । ओली सरकारको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको रिट निवेदन २७ महिनादेखि सर्वोच्च अदालतमा विचाराधीन छ । संवैधानिक प्रावधानसँग बाझिने गरी अध्यादेश जारी गर्दै सबै सदस्यहरूलाई सूचना नदिई संवैधानिक परिषद्को बैठकबाट निर्णय भएको र संसदीय सुनुवाइविनै पदाधिकारी नियुक्त गरिएको भन्दै सर्वोच्चमा रिट निवेदन परेको थियो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले उक्त मुद्दाको सुनुवाइ अघि बढ्न नदिए पनि उनको निलम्बनपछिका दुई प्रधानन्यायाधीशहरुलेसमेत मुद्दाको सुनुवाइलाई कम प्राथमिकतामा राख्दा लम्बिँदै…

Read More