डोटी : जिल्ला प्रहरी कार्यालय डोटी परिसरमा नवनिर्मित भवनहरूको उद्घाटन गरिएको छ।
मङ्गलवार प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, ब्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको उद्घाटन गरेका हुन्।
नवनिर्मित भवनहरूको निरीक्षण गर्दै कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउनेलाई प्रशंसा–पत्र प्रदान गरे । कुँवरले समाजमा देखा पर्ने चुनौती र त्यसले समग्र समाजको शान्ति सुरक्षामा पार्ने असर न्यूनीकरण प्रहरी तयार रहेको बताए।
उनले विपद्का घटनाबाट उत्पन्न हुन सक्ने प्रतिकूल परिस्थिति र परिणामको अध्ययन, विश्लेषण गरी उपयुक्त सुरक्षा योजना तयार गरी प्रहरी जनशक्ति हरदम तयारी रहेको समेत बताए।
Facebook Comments Box