काठमाडौं : लोकसेवा आयोगबाट सञ्चालित परीक्षामा अनियमित कार्य गर्ने दुई जना कारबाहीमा परेका छन्।
आगामी एक वर्षसम्म लोकसेवाले लिने कुनैपनि परीक्षामा सामेल हुन नपाउने गरी उनीहरुलाई कारबाही गरिएको हो।
सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी सचिन पटेल र लक्षिमा खड्काले आफ्नो उत्तरपुस्तिका च्यातेको पाइएकोले कारबाही गरिएको आयोगले जनाएको छ।
लोकसेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) खण्ड (क) बमोजिमको कसुरमा आयोगले उनीहरुलाई कारबाही गरेको बताएको छ।
Facebook Comments Box