काठमाडौं : जागिरको प्रलोभन देखाएर मान्छे ठग्दै हिँड्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सल्ल्यानको कालिमाटी गाउँपालिका–२ कट्विरका भोला पुनलाई ठगीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।
६ जनाबाट ३ लाख ठगेको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनलाई त्रिवेणी गाउँपालिका–६ लुहामबजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
भोलाले कालिमाटी–२ टाट्केका सुशिल कुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेश कुमार केसीलाई ृप्रहरी जवान र असईमा जागिर मिलाइदिने विश्वास दिलाएर प्रतिव्यक्ति ५० हजारका दरले ३ लाख असुली गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका उच्च पदस्थ अधिकारीसँग आफ्नो राम्रो सम्पर्क रहेको र पहिले पनि धेरै जनालाई जागिर लगाई सकेकाले शतप्रतिशत काम हुने विश्वासमा पारेर उनले पीडितहरूलाई आफ्नो घरको काममासमेत लगाउने गरेको पाइएको छ।