काठमाडौं : ललितपुरको बालकुमारीमा मन्त्रीको गाडी आगजनी गरेको घटनामा प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार दिउँसो बालकुमारी सडक खण्डमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको हो।
इपिएसका परीक्षार्थीहरूले मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।
एसपी कार्कीका अनुसार प्रहरीले अझै पनि घटनामा संलग्नको खोजी गरिरहेको छ। प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास र गोलीसमेत चलाएको थियो।
बल प्रयोग गर्दा घाइते भएका एक जनाको इमाडोलस्थित किष्ट अस्पतालमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
Facebook Comments Box