काठमाडौं : प्रहरी नायब महानिरीक्षक एवम् कथाकार रवीन्द्र केसीको कथाकृति ‘सम्बन्धको दोबाटो’ सार्वजनिक भएको छ। शनिबार एक समारोहबीच प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर लगायतले कथाकृति लोकार्पण गरे।
कृति सार्वजनिक गर्दै महानिरीक्षक कुँवरले प्रहरीमा सेवारत थुप्रै सहकर्मीहरूले साहित्यमा ख्याति कमाएको स्मरण गर्दै सहकर्मीहरूबाट यसरी कृति आउनु खुसीको विषय भएको बताए।
कथाकार केसीले जीवनका विविध आयामहरू आफ्ना कथाहरूमा समेटिएको उल्लेख गरे।
कार्यक्रममा डा. धु्रवचन्द्र गौतम, हरि अधिकारी, ज्ञानु अधिकारी, राजकुमार वानियालगायतले पनि बोलेका थिए। पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो।
Facebook Comments Box