दार्चुला : दार्चुलामा घरको छतबाट खसेर घाइते भएका एक जनाको ज्यान गएको छ ।
जिल्लाको दुहुँ गाउँपालिका वडा १ बिण बस्ने वर्ष ४५का रघुबिर सिह बोहरालाई उपचारका लागि धनगढी लैजाने बेला विच बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दुहुँ गाउँपालिका वडा १ बिण बस्ने बोहरा हाल महाकाली नगरपालिका वडा नं.४ आफनै घरबाट लडेर घाइते भएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा मालिकार्जुन गाउँपालिका वडा नं.१ मेलखेतमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए ।
आज दिउसो आफनै घरको छतमा खानेपानीको पाइप मिलाउने क्रममा उनी लडेर घाइते भएका थिए । बोहराको घरसंगै जोडिएको हरिना देबि बोहराको एकतले घरमा झरेर घाइते भएका बोहराको ज्यान गएपछि उनको गाउँशोकमा डुबेको छ । घाइते भएका बोहरालाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको थियो ।