काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा मन्त्रीको गाडी घेराबन्दी भएपछि गोली चलेको बताएका छन्।
सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा ईपीएस कार्यालयका प्रतिनिधिको गैरजिम्मेवार प्रवृत्ति उपयुक्त नभएको बताए।
मन्त्रीको गाडी त्यहाँ आइसकेपछि उनी बाहिर निस्केर सवाल जवाफमा लागेपछि धकेलाधकेल भएको बताउँदै उनले आर्मीले मन्त्रीलाई पार्टी बैठक स्थलमा पुर्याएको जिकिर गरे।
उनले भौतिक योजना मन्त्रीको प्रदर्शनकारीबाट घेराबन्दीमा परेपछि फिल्ड कमान्डर त्यो दिशातिर जान खोजेको र गोली प्रहार भएको बताए।
साथै उनले संसदीय समितिको बैठकमा घटनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा त्रुटि भएको आफूहरुको प्रारम्भिक बुझाइ रहेको बताए।
सो क्रममा अछाम र दैलेखका दुई जना युवाको मृत्यु भएको थियो।